» » ‘बोर्डर’ को काँडेतारमा अल्झेको इपीजीको प्रतिवेदन

नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन दुई देशले नबुझ्दै विवादमा तानिएको छ । प्रतिवेदनमा रहेका कतिपय प्रावधानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चित्त नबुझेपछि प्रतिवेदन बुझ्न उहाँ तयार हुनुभएको छैन । भारतको तर्फबाट इपीजीका सदस्य भगतसिंह कोसियारी प्रधानमन्त्री मोदीसँग समय मागेको मागै हुनुहुन्छ तर उहाँले समय दिइरहनु भएको छैन ।

 गत आसर १६ गते सम्पन्न इपीजीको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको थियो तर हालसम्म भारतीय प्रधानमन्त्री मोदीले समय उपलब्ध नगराएको कारण त्यो त्यतिकै थन्किएको छ ।


प्रतिवेदन बाहिर नआउँदै नेपाल भारको सीमालाई लिएर विवादहरु उत्पन्न भएको छ । कसैले बोर्डर सील गर्नुपर्छ भन्छने, भने कसैले परिचयपत्र लागु गर्नुपर्छ भनेका छन् भने कसैले पासपोर्ट नै लगाउनु पर्छ भनिरहेका छन् । कतिपयले त अनुगमन र नियमलाई कडा गर्नुपर्छ तर सीमा खुल्ला नै रहनु पर्छ ।

र, यी सब कुरा अहिले नै आउनुको मुख्य कारण इपीजीले तयार पारेको प्रतिवेदनले नै हो । सीमामा पासपोर्ट वा परिचयपत्र लागु गर्नुपर्छ भनि प्रतिवेदनमा उल्लेख कुरा बाहिर लिक भएपछि नेपाल भारतको सीमामा निकै चहल पहल बढेको छ । नेपाल भारतको थिंक ट्यांकहरुको सम्मेलनमा इपीजीका सदस्य राजन भट्टराईले सीमा पासपोर्ट वा परिचयपत्र लागु गर्नुपर्ने भनेपछि त्यो दिनदेखि यो कुरा बहसमा आएको हो ।

अहिले सीमालाई लिएर विभिन्न बहसहरु शुरु भएको छ । यहाँसम्म कि राजपा नेपालका नेताहरु राजिव झा, राजेन्द्र महतो, अनिल महासेठहरुको अगुवाईमा सीमावर्ती क्षेत्रमा संवाद कार्यक्रम नै शुरु गरिएको थियो । तर, भारतीय दूतावासले आयोजकलाई गाली गरेपछि त्यो संवाद कार्यक्रम हाललाई बन्द भएको छ ।

सरकारको तर्फबाट पनि एउटा कार्यदल बनाएर त्यसको बारेमा अध्ययन गर्न पठाएको छ भने विभिन्न संगठनहरु पनि कार्यक्रमहरु शुरु गरेको छ । यसले गर्दा भारत तनावमा आएको छ ।

 भारत त्यतिकै पनि सीमाका कारण जतिखेर तनावमा हुन्छ । नेपाल भारतको खुल्ला सीमाका कारण अपराधीहरुको घुसपैठ भएर भारतमा विभिन्न गतिविधि हुने गरेको भन्दै भारतले त्यसबाट सचेत रहन चाहेको छ तर बेलाबेलामा नेपालकै तर्फबाट सीमाको विषयमा कुरा ल्याइ दिएर विवाद खडा गरेको छ जो भारतले चाहेको छैन ।

दुतावासका एक अधिकारले भन्नुभयो, अहिले इपीजीको प्रतिवेदन सार्वजनिक भएको छैन, तर त्यसको हावाला दिएर बोर्डरमा विभिन्न गतिविधिहरु शुरु भएको छ जो राम्रो होइन । पहिला इपीजीको प्रतिवेदन सार्वजनिक होस्, त्यसमा के लेखिएको छ त्यो कुरा बाहिर आयोस् अनि के गर्नुपर्छ गरौंला तर अहिले प्रतिवेदन बुझ्ने कि नबुझ्ने, बुझेपछि त्यो लागु हुन्छ कि हुँदैन, सार्वजनिक हुन्छ कि हुँदैन ठेगान नभएको बेला यसरी सीमालाई विवादमा ल्याउनु उचित होइन ।’

भारतले सीमामा पासपोर्ट वा परिचयपत्र अथवा काँडेतार लगाउने पक्षमा छैन ।

भारत पनि खुल्ला सीमाकै पक्षमा रहेको छ तर त्यसको नियमन हुनुपर्छ भने पक्षमा रहेको छ । सीमा क्षेत्रमा अधिकाँश मधेशी समुदाय बसेका छन् ।

 र, खुल्ला सीमाका कारण भारतसँग उनीहरुको विशेष सम्बन्ध रहेको छ । भारतीय सीमामा बसेकाहरुका पनि नेपालसँग विशेष सम्बन्ध रहेको छ । यसले गर्दा एक अर्काको देशको व्यवसायीहरु पनि चलेको छ । तर काँडेतार लगाएर भारतले यो सम्बन्धलाई तोड्ने पक्षमा छैन ।

तर नेपालको तर्फबाट इपीजीमा रहेका कतिपय सदस्यहरुले विशेष जोड दिएर सीमामा कडाई गर्नुपर्ने धारणा राखेको छ । यहाँसम्म कि पासपोर्ट वा परिचयपत्र नै लागु गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गराउनु भएको जो भारतलाई चित्त नबुझेको स्रोतले जनाएको छ । र, यही कारणले प्रतिवेदन बुझ्नमा ढिलाई भइरहेको स्रोतको दावी छ ।

सो प्रतिवेदनको बारेमा इपीजीका सदस्य जयन्त प्रसादले आफ्नो असहमति जनाएको छ । प्रतिवेदनमा उल्लेख कतिपय कुरा र भारतको तर्फबाट इपीजीका संयोजक भगतसिंह कोसियारी प्रति चित्त नबुझेपछि दिल्लीमा असहमति जनाउनु भएको छ ।

 प्रतिवेदनको बारेमा जानकारी दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजा र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्दा उहाँले त्यहाँ आफ्ना लिखित असहमति पेस गर्नुभएको स्रोतले जनाएको छ । भारतको तर्फबाट इपीजीको नेतृत्व गर्नुभएका भगतसिंह कोसियारीको काम सन्तोषजनक नरहेको भन्दै भारतभन्दा नेपालको पक्षमा उहाँले विशेष भूमिका खेलेको आरोप छ ।

 इपिजीले नयाँ सन्धिबाट सन् १९५० को असमान सन्धि प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएको । तर त्यसमा भारतभन्दा नेपालप्रति बढी झुकाव राखेको जयप्रसाद सिंहको दावी छ ।

स्रोतका अनुसार नेपालमा बस्ने भारतीयलाई दिइने सुविधाको बारेमा खासै केही बोलेको छैन भने भारतमा बस्ने नेपालीका लागि सुविधाहरुको बारेमा चर्चा गरिएको छ । एक अर्काको देशमा लामो समय बस्ने नेपाली तथा भारतीयलाई सन्धी अनुसार के के सुविधा दिने विषयमा पनि छलफल भएको रहेछ तर त्यसमा कोसियारीले भारतको पक्षमा खासै केही नबोलेको आरोप छ ।

त्यस्तै नेपाल भारतको बोर्डरलाई नियमन तथा अनुगमन गर्नेमा भारत तयार छ तर नेपालले परिचयपत्र अथवा पासपोर्ट नै लागु गर्नुपर्ने भनेको छ । बोर्डरमा पासपोर्ट वा परिचयपत्र लागु गर्नुपर्ने कुरामा भगतसिंह कोसियारी पनि राजी हुनु भएको स्रोतले जनाएको छ । उहाँले पनि नेपालीको पक्षमा आफ्नो मत हालेको स्रोतको दावी छ । यिनै कुराहरुमा चित्त नबुझेपछि जयन्तप्रसादले नोट अफ डिसेन्ट लेखेका छन् ।

नेपाल र भारतबीच पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध स्थापित गर्न सन् १९५० को शान्ति तथा मैत्रीसन्धी बाधक देखिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जनाएको छ । नेपालमा कायम रहेको विवादलाई सदाका लागि मत्थर पार्न सन् १९५० को सन्धि पुनरावलोकन मात्रै नभई प्रतिस्थापन गर्नुपर्ने नेपाली पक्षको प्रस्तावलाई इपिजीमा रहेका कोसियारीले पनि स्वीकार गर्नुभएको छ ।

नेपाल भारतबीच भएको कुटनीतिक सम्बन्धको ६९ वर्षपछि पहिलो पटक नेपाल र भारत विज्ञ समुह गठन भएको थियो । नेपालले सन् १९४७ जुन १३ का दिन भारतसँग कूटनीतिक सम्बन्ध जोडेको थियो । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि नेपालभित्र सधैं विवादित रह्यो । प्रमुख राजनीतिक दलले यसलाई राजनीति गर्ने बलियो हतियारको रूपमा प्रयोग गरे ।

 विपक्षमा हुँदा सधैं १९५० को सन्धि खारेज गर्नुपर्ने अडान राख्ने, सरकारमा गएपछि तैं चुप मै चुप तर प्रधानमन्त्री केपी शर्मा अ‍ोली २०७२ फागुन ७ गते भारत भ्रमणमा निस्कनुअघि २०७२ माघ १४ गते प्रबुद्ध व्यक्ति समूह गठन गरेको थियो ।

मोदी जनकपुर आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएको छ । नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउन लागेको बताइएको छ । प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने पनि बताइएको छ । भारतबाट उनी बराती (जन्ती) भएर आउने भएको छ ।

 विवाहपञ्चमीको दिन भारतबाट थुप्रै साधुहरु जन्तीको रुपमा विगतदेखि नै जनकपुर आउने गरेका छन् । यसपटक ती साधुहरुका साथमा मोदी पनि आउने भएका छन् ।


दिल्लीदेखि जनकपुरसम्म आउँदा बाटोमा उनले नौ ठाउँमा सभा गर्ने तयारी रहेको भारतीय जनता पार्टीका एक नेताले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..