» » महँगी नियन्त्रण गर (सम्पादकीय)

चाडवाड शुरुभएसँगै महँगी र कालावजारीको पनि चर्चा शुरु भएको छ । यो चर्चा यसपटक मात्र भएको छैन । प्रत्येक वर्ष यो समयमा यस्तो चर्चा हुने गरेको छ ।

 तर महँगी चाडवाडमा मात्र भएको हो वा हुने गरेको छ भने होइन । महँगी नियन्त्रण सरकारभन्दा जहिले पनि बाहिर छ । काठमाडौका जनता अर्थात देशका विभिन्न ठूला शहरका जनता महँगीको मारमा जहिले पनि पर्दै आएका हुन्छन् तर त्यतिबेला त्यसमा खासै ध्यान दिएको हुँदैन तर अहिले चाडपर्वमा बढी किनमेल तथा कारोवार हुने भएको हुनाले बढी चर्चा हुने गरेको छ ।

र, अनुगमनको विषय लिएर पनि अलि बढी नै चर्चा भएको छ । दशैं तिहारको बेला मात्र अनुगमनलाई तिब्रता दिनुले जनमानसमा एक प्रकारको आशंकाहरु उब्जिएका छन् नै यद्यपी त्यसलाई निराकरण गर्ने काम कही कतैबाट भएको छैन । अनुगमन गर्ने केही दिन ताला मारेर राख्ने पछि भनसुन अथवा शुभलाभको आधारमा त्यसलाई पुनः सञ्चालन गर्न दिने रवैया देखिदै आएको छ ।

न्युरोडस्थित पिनटस सपिङ्ग सेन्टरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले असोज २५ गते छापा मारी त्यसलाई सिल गरेको छ तर ठिक एक वर्षअघि यही बेला त्यसरी नै छापा मारी सिल गरिएको थियो । पछि के के कुरा मिलाएर त्यो खोल्यो ।

अर्थात किन छापा मारियो फेरि के भनेर खोल्न दियो । पछि अहिले आएर किन पुनः छापा मार्यो र सिल गर्यो त्यसको औचित्य पुष्टि भएको छैन । जब कि पहिलो चोटी छापा मारेपछि पनि उपभोक्ता त्यो पसलमा गएकै हो तर मूल्यमा कुनै हेरफेर थिएन । पहिला जसरी पाइरहेको थियो । त्यसरी नै पाइरहेकोे थियो ।

होला पिन्टस सपिगं सेन्टरको समान ३०० प्रतिशत महँगो । तर, के सील खुलेपछि त्यसमा सुधार आउँछ त । त्यसको अनुगमन फेरि गर्न आउँछ त । कि फेरि आउँदो दशैंतिहारमा मात्र देखाउनका लागि आउँछ । उपभोक्तामा अहम प्रश्न उब्जिएको छ । यो चाडवाडमा महँगी मात्र देखिएको होइन । महँगी पहिला पनि थियो । अहिले चिनीको निकै चर्चा भइरहेको छ ।

चिनी पहिला पनि ६५ देखि ७० रुपियाँ केजीमा बजारमा पाउँथ्यो त्यतिबेला कसैले आवाज उठाएन । खाद्यन्न तथा तरकारी पनि पहिला पनि महँगोमा विक्रि भइरहेको थियो तर त्यसबेला न अनुगमन हुन्थ्यो न कुनै समिति बन्थ्यो ।

 अहिले चाँडवाडको समयमा देखाउनका लागि चारैतिर हल्ला भएको छ । शुरुदेखि यसलाई नियन्त्रण गर्यो भने यो सधैका लागि नियन्त्रण हुन्छ । नभए मौसम अनुसार अनुगमनको कुनै तुक हुँदैन । सरकारले ७० रुपियाँ भन्दा बढीमा चिनी विक्रि वितरण गर्न पाउँदैन भनिरहेका छन् भने संसदकै लेखा समितिले ६५ रुपियाँ भन्दा बढीमा चिनी विक्रि वितरण गर्न पाइदैन ।

फेरि, उता चिनीका उद्योगपतिहरुले आफूहरुले चिनी महँगो गरेको होइन भन्छन् । उनीहरु भन्छन्, हामी अझै पनि प्रतिकेजी ७ रुपियाँ घाटामा चिनी बेचिरहेका छौं । सरकारले ७० भन्दा बाढीमा नबेच भन्छ । संसदको लेखा समितिले ६५ रुपियाँ भन्दा बढीमा नबेच भन्छ ।

 यता, उद्योगीहरु भन्छन्, हामी ६४ रुपियाँमा चिनी बेच्न तयार छौ बरु सरकारले नै चिनी खरिद गरेर उपभोक्ताको हातबाट बेच्दा हुन्छ । यसरी दुवैतिरको कुरा सुन्दा कतै नकतै ल्याप्स भइरहेको छ । जसलाई नियन्त्रण गर्न एकदमै जरुरी छ ।

नेपालको बजार त्यतिकै पनि अव्यवस्थित छ । जहाँ मन लाग्यो त्यहाँ पसल खोल्यो, जे मन लाग्यो त्यो बेच्यो त्यसको कसैले कुनै सोधखोज र नियमन गर्दैनन् । काठमाडौको गल्लीगल्लीमा पसलहरु खुलेका छन् । ठूला ठूला अपार्टमेन्टहरु खुलिरहेका छन् ।

र, ती गल्लीका एपार्टमेन्ट र पसलहरु मनपर्दी जनतासँग असुल गरिरहेका छन् । जति महँगो भएपनि आमउपभोक्ता खरिद गर्न बाध्य हुन्छ । कालिमाटी बजारमा पाउने ६० रुपियाँ केजीको मुल्य स्थानीय गल्ली र चौकको पसलमा १६० रुपियाँ केजीमा विक्रि वितरण भइरहेको हुन्छ । त्यसको बारेमा कसैले सोध खोज गरेको देखिदैन । थोक बजारबाट ५५ रुपियाँ केजीमा ल्याएको चिनी खुद्रा पसलमा ७० देखि ८० रुपियाँमा विक्रि भइरहेको हुन्छ । अर्थात उपभोक्ता अव्यवस्थित बजारका कारण मारमा परेका छन् ।

मूल्य कसरी अनियन्त्रित छ भने कुरा थाह पाउन धेरै टाढा जानै पर्दैन । विहान विक्रि हुने तरकारीको मूल्य कालीमाटीमा एउटा हुन्छ भने त्यही नजिकको बल्खु तरकारी बजारमा फरक हुन्छ । टुकुचाको तरकारी बजारमा एउटा मूल्य हुन्छ भने बानेश्वरको तरकारी वजारमा अर्को मूल्य हुन्छ । पेप्सीकोला जानु भयो भने अर्को मूल्य पाउनुहुन्छ । अर्थात उपत्यकामा नै मूल्यमा एकरुपता छैन ।

यो सब अव्यवस्थित बजारका कारणले भएको छ । अहिले दशैंको बेला न्युरोडको वजारमा सबभन्दा बढी अनुगमन गर्ने अवस्था रहेको छ । सडकमा बेचिरहेको समानको ३०० रुपियाँ परेको छ भने त्यही समान पसलमा खरिद गर्न गयो भने ७०० रुपियाँ भन्छ । मूल्यमा कही कतै एकरुपता छैन ।

सरकारको अदुरदर्शिताका कारण उपभोक्ता मारमा परेका छन् । सस्तोमा पाउने समान यतिबेला महँगोमा किन बाध्य भएका छन् । दशैंमा राजधानी छाडेर घर जानेको सँख्या करिब २५ लाख रहेका छन् । यो सँगै अर्थतन्त्र पनि शहरबाट गाउँतर्फ चलायमान हुने गरेको छ ।

दशैं यस्तो पर्व हो, जसले समग्र अर्थतन्त्र चलायमान मात्र बनाउँदैन, त्यसलाई गाउँतिर पनि लग्छ । उपभोग्य सामग्रीको व्यापक प्रयोगका कारण यस अवधिमा अर्थतन्त्र पनि उपभोगमा आधारित हुन्छ । दशैंमा मात्र अरुबेलाको तुलनामा २० प्रतिशत बढी खरिद विक्रि हुन्छ ।

 अर्थात दशैं र तिहारमा मात्र करिब चार खर्ब ३२ अर्ब रुपैयाँ बराबरको उपभोग हुनेगर्छ । आर्थिक सर्वेक्षण ०७३÷७४ अनुसार नेपालको वाषिर्क कुल राष्ट्रिय उपभोग २१ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको रहेको छ । करिब दुई करोड ८७ लाख जनसंख्यामध्ये दशैं, तिहारमा प्रतिव्यक्ति औसत खर्च १५ हजार रुपैयाँ हुन्छ । यस हिसाबले चार खर्ब ३० अर्ब ५० करोड रुपैयाँ दशैं र तिहारमा बजारमा पुग्ने अनुमान गर्न सकिन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..