मिथिला चित्रकला व्यवसायको प्रबद्र्धन, व्यावसायी तथा मिथिला कला सँस्कृतिलाई पेन्टिङको माध्यमले विश्वमै स्थापित गराउने उद्देश्यका साथ असोज २६ गतेदेखि जनकपुरमा विधिवत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालनमा आएको छ ।
जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमबीच जनकपुर उपमहानगरपालिकाका उपमेयर रीता मिश्रले रिवन काटेर विधिवतरुपमा ग्यालरीको उद्घाटन गर्नुभयो । मिथिला चित्रकलामा राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका सुनैना ठाकुरले सञ्चालनमा ल्याएको ग्यालरीले पर्यटन व्यवसायीमा सहयोग पुर्याउने उपमेयर मिश्रले बताउनुभयो ।
बेरोजगार महिलाहरुले मिथिला पेन्टिङ गरेर आय आर्जन गर्न सक्नुका साथै सबल हुनेमा आफू विश्वस्त रहेको बताउँदै मिश्रले जनकपुरमा यस्ता ग्यालरीहरु अझै खुल्नु पर्ने धारणा राख्नुभयो । जानकी मन्दिरका छोटा महन्थ रामरोषण दासको अध्यक्षतामा भएको सो कार्यक्रममा मिनापका अध्यक्ष प्रमेश झा, हाँस्यकलाकार रामनारायण ठाकुर, रंगकर्मी बि एन पटेल, गायिका स्मृति मिश्रा लगायत सर्वसाधारणको उपस्थिती थियो ।

No comments: