» » चिनी बेच्न सांसद यादवद्धारा निर्देशन

वीरगञ्ज असोज २७ गते । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जमा सञ्चालित सस्तो बजारमा चिनी विक्रि गर्न निर्देशन दिनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघमा शुरु भएको सस्तो बजारको अनुगमनमा जानु भएका सांसदले त्यहाँ चिनी विक्रि वितरण नभएको थाह पाएर बेच्न निर्देश दिनुभएको हो ।


सांसद चिनीको विषयमा छानविन गर्न संसदको लेखा समितिले गठन गरेको उप समितिको सदस्य हुनुहुन्छ ।
चिनीमा कालोवजारी र मूल्यवृद्धिका कारण उपभोक्ताले महँगोमा चिनी खरिद गर्न बाध्य भएको छ ।

 लेखा समितिले ६५ रुपियाँ प्रतिकेजी भन्दा बढीमा चिनी विक्रि नगर्न सरकारलाई निर्देशन दिएको छ भने चिनीमा देखिएको अनियमितताको बारेमा छानविन गर्न आख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन पनि दिएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..