» » जगत यादवले भन्नुभयो, मैले मुस्लिम समुदायको होइन, मुख्यमन्त्रीको विरोध गरेको हुँ (हेर्नुस् भिडियो)

काठमाडौ असोज २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं प्रदेश २ का प्रदेश सांसद जगत यादवले आफूले मुस्लिम समुदायको विरुद्धमा कुनै पनि अभिव्यक्ति नदिएको स्पष्ट पार्नुृभएको छ ।

प्रदेश सरकारले मदरसा बोर्ड सम्बन्धी ल्याएको विधेयकमाथिा संसदमा बोल्दा सांसद जगत यादवले मुख्यमन्त्रीले कतै आतंकवादी संस्था ‘आईएस’ को इशारामा मदरसा शिक्षा बोर्ड ल्याएका हैनन् भनेको आरोप आफूमाथि लागेको छ जुन सरासर गलत रहेको नेता यादवले स्पष्ट पानुृभएको छ ।

मुसलमान समुदाय पनि यही देशका नागरिक हुन्, सो समुदायलाई म सम्मान गर्छु, नेता यादवले भन्नुभयो, मुस्लिम समुदायको बारेमा गलत कुरा बोल्ने विषयमा मेलै सोच्न पनि सक्दैन ।

यो देशको आन्दोलनमा जति योगदान अरु समुदायको छ त्यति योगदान मुस्लिम समुदायको पनि रहेको छ त्यसैल म मुस्लिम समुदायका हक अधिकारका लागि लड्ने मान्छे सो समुदायलाई कसरी आतकंवादी भन्नसक्छु ।’

आफ्नो आपत्ति मुस्लिम समुदायमाथि नभएर प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतमाथि रहेको बताउँदै उहाँले मदरसा बोर्ड आउनु सही हो आउनुपर्छ तर त्यो बोर्ड अधिकार सम्पन्न हुनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

मदरसा बोर्ड गठन गरेर मात्र हुँदैन त्यसको व्यवस्थापनको जिम्मा पनि प्रदेश सरकारले लिनुपर्छ, उहाँले भन्नुभयो, २० लाख रुपियाँले मात्र आठवटा जिल्लाको मदरसा स्कूल सञ्चालन हुनसक्दैन, यसमा सरकारको ठोस योजनासहित लगानीको व्यवस्था हुनुपर्ने कुरामा आफ्नो चासो छ ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..