» » राज्यमन्त्री मण्डलले गर्नुभयो धनुषाधामको अवलोकन

जनकपुर असोज १५ गते । उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले धार्मिक तथा पर्यावरणीय पर्यटन विकासको प्रचुर सम्भावना रहेको एेतिहासिक धार्मिक स्थल धनुषाधामको अवलोकन गर्नुभएको छ ।

सोमवार करिव दुई घण्टा सो वनको भ्रमण गर्नुभएका राज्यमन्त्री मण्डलले स्थानिय सरकार तथा केन्द्रिय सरकारको चेपुवामा परेको विकासलाई प्रदेश सरकारले फुकाउने प्रतिवद्धता जनाउनुभयो ।
वन पर्यटन, उद्मोग तथा वतावरणीय विकासको लागि प्रदेश सरकारले प्रदेश वन नीति ल्याउन लागेको र प्रदेश सुहाउदो विकासको अवधारणा र कार्यक्रम सहित अगाडी बढने योजना बनाएको समेत जानकारी गराउनुभयो ।
प्रदेश २ मा २७.४९ प्रतिशत र नेपालको ४.३६ प्रतिशत वन यस क्षेत्रमा वनको क्षेत्रफल बढाउनका लागि हरित प्रदेश अभियान जस्ता कार्यक्रमहरु सुरुवात गरिसकेको र सो हकमा यस वनले थप टेवा पुग्ने कुरा उहाँले बताउनुभयो ।

प्राचिन किवंदन्तीअनुसार दशरथ पुत्र रामले स्वयंमवरको बेला तोडेको धनुषको विचको भाग यस भुमिमा वज्रिन पुगेको र त्यसबाट गहिरो खाल्डो हुन गएको तथ्य भेटिन्छ ।

धनुषाधाम मन्दिरका पुजारीका अनुसार “ खाल्डोमा रहेको पानीको मात्राले यस धर्तीमा हुने क्षती, अतिवृष्टि, अनावृष्टि लगायत पोहोर साल आएको बाढी जस्ता विध्ंवस खाल्डोमा भएको पानीको सतहले सहजै अनुमान लगाउन सकिन्छ ।

अर्को कुरा ठुलो पिपलको बोटमुनी रहेको लामो खस्रो ढुङ्ग आकारको बस्तु बर्षैैपिच्छे  आफै बढ्ने गरेको छ । तर त्यो वस्तु न फलाम, न ढुङ्गा, न त माटो न त चट्टान नै नरहेको छ ।

यो तथ्य बैज्ञानिकहरुका लागि पनि चुनौति बनेको छ ।

मन्दिरको पुजाअर्चनाको कार्यक्रम पश्चात मन्त्री मण्डलले धनुषाधाम सरंक्षित वनको अवलोकन गर्नुभयो ।

 तीन सय पचास हेक्टरमा फैलिएको धनुषाधाम संरक्षित वनको बारेमा जिल्ला वन अधिकृत अशोक कुमार झाले विगतमा  यो वन संरक्षण चुनौतीको रुपमा रहेपनि स्थानीयवासीको सार्थक सहयोगले वर्तमानमा यसको रुप फेरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,  हाल यस वनभित्र रहेको रुख कटान तथा चरणमा पुर्ण रुपले निषेध गरिएको छ ।”

यसैगरी वन तथा पर्यावरणकै क्षेत्रमा लामो समयसम्म कृयाशिल  मिथिला वाइल्ड लाइफ ट्रष्टका पर्यावरणीय अभियन्ता देव नरायण मण्डलले प्रदेश २ मा यस वनले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने बताउनुभयो ।


वन भित्र, निल गाई, कछुवा, किङ्ग कोव्रा जस्ता प्रणीहरुको संरक्षण केन्द्र भित्र विस्तार भइरहेको उल्लेख गर्दै उहाँले धार्मिक दृष्टिकोणले आउने पर्यटक दशदेखि वाह्र मिनट मात्र यस ठाउँमा विताउनाले विकासको खासै सम्भावना नरहेने र सो बसाईलाई लम्ब्याउन सुझाव दिनुभयो ।
\
यस वनभित्र जुलोजिकल पार्क निमाणको कार्य आवश्यक रहेको समेत बताउनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..