» » प्रदेश सरकारले देख्यो केन्द्रबाटै सघीयतामाथि खतरा

जनकपुर, असोज १५ गते । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगको कारण प्रदेश सरकार विकास निर्माणको कार्यलाई गति दिन नसकेको बताउनु भएको छ ।

जनकपुरमा सोमवार जलस्रोत तथा सिचाई डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले भन्नु भयो,‘ यो कार्यलय ६ महिना पहिले उद्घाटन गर्नु पर्ने थियो, तर संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण ढिलो भयो । प्रदेश सरकारलाई काम गर्नै समस्या भयो ।

उहाँले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरि रहेको आरोप लगाउनु भयो ।

एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्नु हुँदै उहाँले त्यो मानसिकतामा परिवर्तन ल्याउन आग्रह समेत गर्नु भयो ।

संघीय सरकारको अवरोध कायम रहेपनि कर्मचारी अभावमा प्रदेश सरकारको काम काज अवरुद्ध अव नहुने बताउनु हुँदै उहाँले भन्नु भयो,‘प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा लगि सकेको छ । संघीय सरकारले एक महिना भित्र आवश्यक कर्मचारी नपठाए आफै कर्मचारी भर्ना गर्ने बताउनु भयो ।

विकास निर्माणको कार्यमा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिदै  उहाँले भन्नु भयो,‘ हामी विकास निर्माणको कार्यमा न ढिला सुस्ती वर्दास्त गर्छौ , नत अनियमितता नै , चाहे त्यो कर्मचारीवाट होस वा राजनीतिक कर्मीबाट ।’

डिभिजन प्रमुख भगवान झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि संघीय सरकारको असहयोगका कारण प्रदेश सरकार निकै पछाडी परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, केन्द्र सरकारको रवैया हेर्दा उनीहरुले संघीयता मास्न चाहन्छन् तर हामीले संघीयतालाई कुनै पनि हालतमा मास्न दिनेछैनौ ।’

केन्द्र सरकारले सहयोग गरेको भए अहिलेसम्म प्रदेशमा थुप्रै काम अगाडि बढि सकेको हुन्थ्यो तर अहिले बल्ल एउटा डिभिजन कार्यालय स्थापना गर्न पाएको उनले बताए । उनले भने, प्रदेश सरकार अन्तर्गत कार्यालय स्थापना हुनु भनेको संघीयता कार्यान्वयन हुनु हो । यसबाट मधेशी जनतासँग गरेको प्रतिवद्धता केही हदसम्म पुरा भएको मान्न सकिन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..