» » प्रदेस २ का अर्थामन्त्री विजय यादवले भन्नुभयो, संघीय सरकारबाट संघीयता खतरामा

सिरहा/औरही कात्तिक ४ गते । संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष एवं प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले यो देशमा ७६१ वटा सरकार रहेको बताउँदै स्थानीय सरकारसम्म सिहदरवार नपुगेको बताउनु भयो ।

स्थानीय सरकारले सहकार्य नगरेको बताउँदै आफै यसै गाउँ पालिकाका भएपनि कुनै सहकार्य नभएको बताउनु भयो ।

आफ्नो बारेमा गलत अफवाह फैलाएको दावी गर्दै उहाँले शान्ति सुरक्षा र भयमुक्त समाज निर्माण गर्नका लागि आफूले पहल गरेको र धेरै हदसम्म पूरा भएको बताउनु भयो ।


आफूले यो क्षेत्रको नदी नियन्त्रण गर्न निकै प्रयास गरेको बताउँदै उहाँले भन्नुभयो, कमला नदीमा गलत बाँध बाँधि रहेको थियो र मेलै तत्कालीन स्थानीय विकास मन्त्री रामचन्द्र झालाई भनेर रोकेको थिए ।" गागन नदी नियन्त्रणका लागि पनि आफूले विभिन्न दलसँग आफूले पहल गरेको तैपनि आफुलाई बदनाम गराउने कार्य गरेको उहाँले दावी गर्नुभयो ।

सडक र स्वास्थका लागि पनि यो गाउँ पालिकामा बजेट दिएको दावी गर्दै औरही स्वास्थ चौकीको स्तर उन्नतिका लागि आफूले पहल गरेको तथा स्टाफको क्वाटर बनाउन एक करोड रुपियाँ दिएको बताउनु भयो ।


जहाँ विकासको सम्भावना छ तर त्यही विकास गर्ने बताउदै उहाँले औरही स्कूलको विकासका लागि हेडमास्टरसँग योजना मागेको तर आफुलाई आजसम्म योजना नदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, हेडमास्टरले योजना नदिएपनि मैले ५० हजार वजेट दिएको छु । अब केही दिनमा काम शुरु हुनेछ । मैले दहिपौरीदेखि जमुवा हुँदै नहरको बाटो औरहीसम्म बाटो ल्याउनका लागि बजेट छुट्याइएको छ छ"

प्रदेश र स्थानीय सरकार बनेपनि ७० प्रतिशत बजेट संघीय सरकारले राखेको आरोप लगाउँदै उहाँले ७० प्रतिशत बजेट प्रदेश र स्थानीय सरकारलाई दिनु पर्ने विषयमा आफूहरू संघर्ष गरिरहेको बताउनु भयो ।

उहाँले संघीयता समाप्त गर्ने खेल केन्द्रबाट नै भइरहेको आरोप लगाउँदै काँग्रेस र नेकपाले संघीयता नचाहेको आरोप लगाउनुभयो ।


मलाई फोन गरेर यही गाउँका मानिस जो अन्य पार्टीमा छन् उनले फोन गरेर भन्छन् कि विजय तिमीले के गरियौ तर म ती व्यक्तिलाई सोध्न चाहन्छु कि तिम्रा पार्टीका नेताले के गर्न सक्यो त्यो सोध्ने प्रयास गर न । अहिले पनि गुलामी मानसिकता त्यागेको छैन" उहाँले भन्नुभयो, बेटी बचाउ बेटी पढाउ अभियानका लागि २९ करोड रुपिया छुट्याइएको छु भने प्रत्येक जिल्लामा एउटा कोल्डस्टोर निर्माण गर्ने निर्णय गरेको छु ।"


मधेसमा अहिले पनि दलितमाथि विभेद भइरहेको छ त्यसको अन्त्यका लागि प्रत्येक जिल्लामा दलित विद्यार्थीका लागि छात्रावासको व्यावस्था गरिएको बताउदै उहाँले महिलाको शिक्षाका लागि पनि बजेटको व्यवस्था गरिएको बताउनु भयो ।


औरही गाउँ पालिका फोरम नेपालले आइतवार आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले रामराजाप्रसाद सिंहले गणतन्त्रको आवाज उठाएर अमर भएको बताउनि भयो ।

अहिले थुप्रै नेताहरू छन् तर ती सबै भाडाका नेता रहेको बताउँदै उहाँले क्षेत्रमा रहेको समस्याको बारेमा कुरा उठाउन सकेन भने त्यो के को नेता त्यो नेता भाडाको नेता रहेको पुष्टि भएको टिप्पणी गर्नु भयो ।

त्यस्तै फोरम नेपाल सिरहा जिल्ला ईन्चार्ज अशेश्वर यादवले कम्युनिस्ट र काँग्रेसमा रहेका मधेसीहरु भाडाको घरमा बसेको जस्तो भएको छ त्यो भाडाको घर छाडेर अाउन आग्रह गर्नुभयो ।

भाडाको घर अर्थात काँग्रेस र कम्युनिस्ट छाडेर फोरममा आउन आग्रह गर्दै उहाँले फोरम नेपालले मधेसीको अधिकारका लागि फोरम नेपाल रणनीतिक लडाईमा रहेको बताउनु भयो ।

मधेसीको अधिकारका लागि रणनीतिक लडाईका लागि सरकारमा सहभागी भएको उहाँले दावी गर्नुभयो । काँग्रेस र कम्युनिस्टका नेताले मधेसी जनताको लागि केही गर्दैन बरू आफ्नो व्यक्ति स्वार्थ पूरा गर्ने गरेको आरोप उहाँले लगाउनु भयो ।

कार्यक्रम गाउँपालिका फोरम नेपालका अध्यक्ष शिवजी यादवको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेश गरकालाई मन्त्री यादवले माला अवीर लगाएर स्वागत गर्नु भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..