» » मुख्यमन्त्री ज्यु तपाईंको राज्यमा यो के भइरहेको छ ?

काठमाडौ कात्तिक २ गते । समाजिक अभिन्ता सरोज रायले प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले सहिद परिवारका दुईजनालाई अाफ्नो निवासमा काममा लगाएको प्रति मुख्यमन्त्री लालबाबु राउतमाथि प्रश्न उठाउनु भएको छ ।

उहाँले तलबमा शहीद परिवारका दुईजनासंग काम गराउने मन्त्रिलाई के भन्नु हुन्छ ? भनि प्रश्न मुख्य मन्त्री राउतसँग प्रश्न गर्नु भएको छ ।

राज्य मन्त्रीले घरको निजी काममा लगाएको भन्दै उहाँले भन्नुु भयो, शहीदले आफ्नो बलीदानी यसै कारण दिए कि भोली गएर उसको परिवार कुनै मन्त्रीको भाडा माजोस । यो शहीदको अपमान हो, शहीद परिवारले पाएको सम्मानको अपमान हो ।"

शहीद परिवारको हैसियत सबै मन्त्री भन्दा माथी रहेको उल्लेख गर्दै उहाँले सहिद परिवारसँग मन्त्रीले माफी माग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, लाज गुमाएर शहीद परीवारलाई अपमान र तलब खाने सम्बन्धित मन्त्रिले चुपचाप शहीद परिवार संग माफी मागी दुवैजनालाई सम्मानजनक नोकरी दिनुपर्छ होइन भन्ने उक्त मन्त्रीको मन्त्री पद बर्खास्त हुनुपर्छ ।"

मन्त्री शर्माको यस कार्यले जनता र पुरै देशमा नराम्रो सन्देश गईराखेको उहाँले यसवारे विचार गरि  प्रदेश न. २ को सरकार र राजपा पार्टीले तुरन्त संज्ञान लिन पर्नेे बताउनु भयो । उहाँले प्रदेश सरकारले तत्काल कुनै निर्णय नलिए ठुूलो मूल्य चुुुुुुुकाउनु पर्ने चेतावनी दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..