सिरहा/लहान कात्तिक ६ गते । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधि सभा सदस्य सरिता गिरीले लाउडिस्पिकरमा बज्ने मुस्लिम समुदायको नवाज (प्रार्थना) रोक्न स्थानीय प्रशासनलाई आग्रह गर्नु भएकप छ ।
लाउडिस्पिकरमा ठूला ठूला आवाजमा अल्लाह हो अकबर भनिरहँदा आफ्नो निद्रा डिस्टर्ब भएको उहाँले गुनासो गर्नु भयो ।
उहाँले आज आफ्नो फेसबुकमा यस्तो लेख्नु भएको छ, "मैले अाज निंद्रामा नै हुंदा अहिलेसम्म दुई पटक ठुलाे लाउडस्पीकरमा अल्ला हाे अकबर ......सुनी रहेकाे छु । मैले याे किन सुन्नु परेकाे छ। प्रशासनले याे तुरन्त बंद गराउनु परयाे ।"
रौतहटमा मुस्लिम-हिन्दुको विवाद र प्रदेश २ मा मदर्सा बोर्ड गठनको विवाद चलिरहेको बेला सांसद गिरीको यस्तो अभिव्यक्ति आउँदा मुस्लिम समुदाय आक्रोशित भएका छन् ।
गाउँ देहातमा मस्जिदमा मात्र होइन मन्दिरहरूमा पनि लाउडिस्पिकरमा भजन बजिरहेको हुन्छ । मन्दिरको त्यो भजन र घण्टी, शंखको आवाज सांसद गिरीको कानमा किन पुगेन भन्दै कतिपय मुस्लमानले सांसद गिरी देशमा हिन्दु मुस्लमानको दंगा गराउन खोजेको आरोप पनि लगाउनु भएको छ ।
सांसद गिरी भारतिय हुनुहुन्छ । भारतमा मुस्लिम र हिन्दुको राम्रो सम्बन्ध नरहेको अवस्थामा नेपालमा यस्तो अभिव्यक्ति दिनुलाई मुस्लिम समुदायले यसलाई सहज रूप लिएको छैन । उहाँहरू भन्नुहुन्छ, हाम्रो धर्म र आस्थामा ठेस पुर्याउने काम भएको छ ।"
कलिम खानले त भारतको गुजरातको इशारामा नेपालमा दंगा गराउन खोजेको आरोप लगाउनु भएको छ ।
जसिम यमिन मियाँले धर्मको नाममा राजनितिक नगर्न सुझाव दिदै आफूले पनि थुप्रै भजन किर्तन सुनेको तर आजसम्म गुनासो नगेरेको बताउनु भयो ।
ए एच खानले सरिता गिरीको अभिव्यक्तिलाई आरएसएसबाट प्रायोजित रहेको आरोप लगाएका छन् ।
अर्जुन बिकले भन्नुभएको छ, "विनम्रतापूर्वक अनुरोध गर्छु म्याडम यो तपाईको जन्मभूमि भारत जस्तो देश होइन जहाँ धर्मको नाममा देश टुक्राउने, झगडा गर्ने, हुल दंगा गर्ने । यो हाम्रो देश नेपाल हो । मुस्लिम बहुल नेपालगंजमा बस्छु दिनहु नमाज सुन्छु । त्यत्तिकै ठुलो आवाजमा मन्दिर गुंजयमान भजन पनि सुन्छु तर मेरो निन्द्रा कहिले खराब भएको छैन बरु धन्यवाद दिनुस कमसेकम छिटो उठ्न मद्दत मिल्छ । यस्ता धर्मका कुरा अब नगर्नुहोला नत्र जनताले सधैका लागि सुताइदेलान ।"
त्यस्तै मोहम्मद अजिज अलिले भन्नुभएको छ, "नेपालमा पनि भारतकै जस्तो रोग निम्त्याउने र साम्प्रदायिक दंगा गराएर राजनैतिक रोटि सेक्ने प्रयास हुदैछ । भर्खर तराईका केहि भागमा यस्तै प्रयास भईहेका छन् । यसैबीच एउटा जिम्मेवार राजनीति गर्ने व्यक्तिबाट यस्ता खाले स्ट्याटस आउनु कतै सुनियोजित त हैन भन्ने शंका उब्जाएको छ l कुनै धर्म र आस्थाका बारेमा आफ्ना धारणा राख्दै गर्दा उक्त धर्मका आस्थावानमा कस्तो खाले असर पर्छ भनेर सोच्नु जरुरी छ किनकि नेता सबै समुदायका हुन्छन एउटा धर्म समुदाय र जाति बिशेष हुदैनन भन्ने बुझ्नु पर्छ अजान किन र माइकमै दिनु पर्ने बारे एकपटक बुझ्नु भएको भए यसरी हल्का टिप्पनि आउने थिएन । एउटाले अर्को धर्मको आवाजलाई ध्वनि प्रदुषण मान्दै जाने हो भने ९९ प्रतिशत धर्म कर्ममा आस्था राख्ने मुलुकमा अजान घन्टी शंख सबैको अपमान हुन्छ l"
यो अभिव्यक्तिको चौतर्फि विरोध हुन थालेपछि सांसद गिरीले यस्तो स्पष्टीकरण दिनुभएको छ, "म कुनै पनि धर्मकाे नाममा हल्ला हुलदंगाकाे पक्षधर हाेईन । धर्म नीजि अास्था र अभ्यासकाे विषय हाे ।हल्ला हुलदंगा त धर्मकाे नाममा राजनीति गर्ने मानिसहरूकाे अाविष्कार हाे ।"

No comments: