![]() |
सरोज राय |
संयोग, लापरवाही कि षडयन्त्र ..!
अहिले राममनोहर यादवको पार्थिव शरीर महाराजगंज स्थित टिचींग अस्पतालमा राखिएको छ । पोस्टमार्टम भएको छैन । विदेशी रोजगारमा मलेसियामा कार्यरत यादवको दाजु काठमाण्डौ आई पुगेका छन् । पोस्टमार्टमको लागि काठमाण्डौमा जाहिरी दिंदा लिन मानेन् । वांकेमा जाहिरी दिनु पर्ने भएकोले त्यसको तयारी भइराखेको छ ।
पोस्टमार्टमको रिपोर्ट आउन अगावै गृहमन्त्रालयबाट यादवको मृत्यु सम्बन्धमा विज्ञप्ति आएको छ । यता पिडीत परिवारले गृहमन्त्रालयको विज्ञप्ति मनगढन्त भएको बताएका छन् ।
निश्पक्ष छानविनको लागि हिजै हामी तराई मधेश राष्ट्रिय परिषद परिवार र नागरिक समाज संयुक्तरूपमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थियौं, फलस्वरूप आयोगबाट प्रेस विज्ञप्ति जारी भएको छ जसमा आयोगले छानविनको सुरूवात गरेको उल्लेख गरिएको छ । आशा गरौं चांडै नै आयोगले निश्पक्ष छानविन गरि प्रतिवेदन सार्वजनिक गर्नेछ ।
यता विभीन्न संघसंस्था, राजनितीकर्मी, मानव अधिकारकरमी, नागरिक समाजका अगुवा, पत्र-पत्रिका र सर्व सधारण आ-आफ्नै किसीमले यस घटनाको चिरफार गर्नमा जुटेका छन् । कतिले विना सत्य-तथ्य बुझी र छानविनको निश्कर्ष अगावै उपप्रम तथा स्वास्थ मन्त्री उपेन्द्र यादवलाई नै दोषी करार दिनमा जुटेका छन् । मधेशमा उंहा प्रति एक किसीमको नकारात्मक सेन्टिमेन्ट तयार पारिदैछ ।
मधेशको प्रतिनिधीत्व गर्दै माननीय उपेन्द्र यादव आजको दिनसम्म आईपुग्दा उंहा पुरा देशमा नै एउटा शक्तिशाली व्यक्तित्वको रूपमा आफुलाई स्थापित गर्न सफल भएका छन् । जसले कुनै काम नै गर्दैन उसको प्रशंसा वा आलोचनाको सवाल नै पैदा हुंदैन । कोई पनि पूर्णरूपले निपूण हुंदैन । उपेन्द्र ज्युबाट पनि विगतमा गल्ति भएको होला तर उंहा दिनु भएको योगदान पनि विर्सिनु हुंदैन । उंहाको शक्तिशाली व्यक्तिवको कारण आज राज्यलाई पनि चिसो पसेको हुनुपर्छ ।
राममनोहर स्वतन्त्र मधेश गठबन्धनको सक्रिय कार्यकर्ता थिए । कयौं पटक उंहा पक्राउ परे र छुटे । यंहासम्म कि राममनोहरले आफ्नो ज्यान माथी खतरा रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई लिखीत ध्यानाकर्षण समेत गराई सकेका थिए ।
थर्ड एलाइन्सले पनि प्रेस विज्ञप्ति निकालेका छन् जसमा उसको निश्कर्ष रहेको छ कि प्रहरीको लापरवाही र ढिलासुस्तीको कारण राममनोहर यादवको मृत्यु भएको छ ।
अब प्रश्न उठ्छ के यो घटना संयोग मात्र हो कि कुनै प्रायोजित?
ससफोको पार्टी कार्यकर्ता भेलामा पार्टी अध्यक्ष समेत रहनु भएका उपप्रम र स्वास्थ मन्त्रीलाई हुलहुज्जत गर्छ कि वा कालो झण्डा देखांउछ कि आंशकामा प्रहरी द्वारा १२ जना पक्राउ परेका थिए जसमा आठ जनालाई केहि घण्टा भित्र नै रिहा गरिन्छ र राममनोहर लगायत अन्य चार जनामाथि अनुसन्धानको लागि सात दिनको म्याद थपिन्छ । वाकिलाई छोडी ४ जनालाई मात्र हिरासतमा राख्नुमा पनि षड्यन्त्र भएको देखिन्छ ।
यो कुनै सधारण घटना होइन, एउटा देशको नागरिकको मृत्यु/हत्या को सवाल छ । केहि प्रश्नको जवाब हरेक पक्षले दिनुपर्छ:
१. वर्दियामा उपेन्द्र यादवलाई कालो झण्डा वा विरोध गर्न खोज्ने गठबन्धनका कार्यकर्ता प्रम ओली जनकपुर आएको बेला उनलाई कालो झण्डा वा विरोध किन गरिएन ?
२. कुनै पनि पार्टीको आन्तरिक कार्यकर्ता भेटघाट कार्यक्रममा जांहा चाहे भन्ने मेडिया समेतलाई प्रतिवन्ध लगाउन सकिन्छ त्यंहा गएर विरोध गर्न खोज्नु कतिको सैंधान्तिक हो? बाहिर कहीं पनि सार्वजनिक स्थलमा विरोध गर्न सक्थिएन ? ल मान्ने विरोधले कुनै प्रोटोकोल मान्दैन तर गठबन्धनको सबैभन्दा ठुलो शत्रु राज्यसत्ता हो कि मधेशी नेता?
३. मधेशी समुदाय कै युवाहरू द्वारा मधेशी समुदायको नेतालाई विरोध गर्नु, प्रहरी हिरासत मै रहेको बेला मृत्यु हुनु । यसबाट उतपन्न गराइएको एक खालका सेन्टिमेन्टले कसलाई फायदा पुगिरहेको छ ? कमजोर को बनिरहेको छ ?
यंहा कसैको विरोध वा पक्ष लिइएको छैन । जे यथार्त छ र जे म बुझे त्यो विचार राखेको छु । विगतमा पनि उपेन्द्र यादव ज्यु चुनावमा जांदा उंहा संग भेटी तत्काल चुनावमा नजान दवाब बनाएका थियौं र पछि उंहा चुनावमा जांदा सार्वजनिक रूपमा उंहाको सैंधान्तिक आलोचना गरेका थियौं । संधियतालाई संस्थागत गर्न चुनावमा जानु पर्छ भनेर उंहाको तर्क थियो भने संविधान संसोधन गराएर चुनावमा मात्र जानु पर्छ भनेर हाम्रो #TMNC को धारणा थियो ।
विचार मिलेन नभने गाली नै गर्नुपर्छ भनेर कुनै सिधान्तले भन्दैन । मौकाको फाइदा उठाई आ-आफ्नो रोटी सेक्नु राजनितीकमा विरोधीहरूको अचुक शस्त्र हुन्छ । मधेशको हितमा दिनरात कठ्नेहरू यस्ता मौका फरोस्तबाट सावधान हुन जरूरी छ ।
यस घटना प्रति उपेन्द्र यादव ज्युको पनि विचार सार्वजनिक हुनु आवश्यक देखिएको छ साथै उंहाले पनि राममनोहरको निश्पक्ष छानविनको लागि राज्यलाई दवाब दिनु पर्छ ।
राममनोहर यसै देशको नागरिक थिए, उसको आवद्धता वा संग्लता जो संग भएपनि उंहासंग ठुलो अन्याय भएको छ । यस्ता अन्यायको विरूद्ध हामी सदैव लडी रहने छौं तर साथ-साथ हामी सबैले मधेशको हितमा सोच्नु पर्छ त्यो पनि आपसा फुट् गरि होइन एकता कायम गरि राज्यसत्ताले गरेको विभेदको विरूद्धमा । शासकवर्गको प्रकृति हुन्छ फुट् डालेर राज्य गर्ने, यसबाट सबै शोषित र उपेक्षित वर्ग सावधान हुनु आवश्यक छ ।
(सरोज रायले आफ्नो फेसबुकमा लेख्नुभएको छ । त्यसलाई यहाँ सभार गरिएको छ)
Promod Blogs
ReplyDelete
ReplyDeleteइतिहास के तारीख में दर्ज़ हैं की आप के हर आंदोलन के आह्वान पर मधेशीयों का लहू नेपाली पुलिस के द्वारा पानी की तरह बहाया गया हैं | क्या आप को नहीं लगता की आप उस लहू का ब्यापार कर के काठमांडू के रंगीनियों में खुद को डूबा लिया हैं ?
मधेशी नेतागण के नाम एक खुल्ला पत्र
http://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.himalini.com%2F%25e0%25a4%2587%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%25b8-%25e0%25a4%2595%25e0%25a5%2587-%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25b8%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b2-%25e0%25a4%2596%25e0%25a4%2582%25e0%25a4%25a1-%25e0%25a4%25ae%25e0%25a5%2587%25e0%25a4%2582.html&h=AT13yUdj2Mzs_bGl_nBpAulFkh2XAbrg8BbSPB-kgCj5FHjiwHgKhxZa-SJ8W-uyNvskNYsXPGhGXWwxQst7KQXuqWpoGYXyK0LBB9fG_Z2taTUTFk8uqkjVHRQWsKQOLuU