» » रोता साडीमा भएको बेला राजपा नेपालको नेताले आफूमाथि हिंसा गरेको उपमेयर झाको आरोप

जनकपुर असोज १४ गते । स्थानीय तहका उप–मेयर, महिला वडा सदस्यहरु जनप्रतिनिधिबाटै हिंसामा परेको उप–मेयर रीता मिश्रले दावी गर्नुभयो ।

जनप्रतिनिधि विकास निर्माण र अनुगमनको क्रममा पुरुषहरुले महिला सदस्यलाई अपहेलना गरी निर्णय लादेर हस्ताक्षर मात्र गर्न लगाएर हिंसा गरेको मिश्रले आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा डब्लू डब्लू जेले सोमवार आयोजना गरेको कार्यक्रमा बोल्नु हुँदै जनकपुरधामका उप–मेयर मिश्रले आफ्नै पार्टीका नेताबाट हिंसामा परेको दावी गर्नुभयो ।

जीतिया पर्वको अवसरमा रातो साड़ी लगाएर गएको बेला राजपा नेपालका एक नेताले हिंशा गरेको हो तर नाम सार्वजनिक नग़री दिनु हुन मिश्रले आग्रह गर्नुहुभयो ।
डब्लुडब्लुजेका धनुषा अध्यक्ष रिंकू मिश्रको अध्यक्षता महिला हिंसा न्यूनिकरणमा सञ्चारकर्मीको भुमिका विषयक अन्तरसंवाद कार्यक्रमो आयोजना गरिएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..