» » राजपा नेपालका विद्यार्थी संघले भारतको पञ्जावमा फुटबल खेलायो

काठमाडौ असोज १४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका भातृ संगठन राष्ट्रिय विद्यार्थी संघले पञ्चाजमा फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

संघका पञ्जाव युनिटले आयोजना गरेको फुटबल प्रतियोगितामा पञ्जावका विभिन्न क्याम्पसका आठवटा टीमले भाग लिएको थियो ।

शनिवारको पहिलो सेमीफाइनल खेलामा सुखमनी क्याम्पसले आफ्नो जित सुनश्चित गरेको थियो । आइतवार भएको खेलमा युनिभर्सल कलेजले र एसआरएम ग्लोबल कलेजलाई हराएर फाइनलमा गएको थियो ।

सोही दिन भएको फाइनल खेलमा युनिभर्सल र सुखमनीबीच खेल भएको थियो । दुवै टीमको बीचमा भएको खेलमा युनिभर्सल कलेज प्रतियोगित जित्न सफल भयो ।

प्रतियोगिताको प्रमुख अतिथि रत्नेश्वर झा, विशेष अतिथी बलवीर सिंघ र पञ्जाव युनिटका अध्यक्ष रामबाबु साहद्धारा प्रतियोगितमा विजय टीम तथा खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।

यो प्रतियोगिताले नेपाल र भारतबीचको सम्बन्धलाई अझै बलियो बनाएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..