बारा असोज १२ गते । प्रदेश २ का सरकारले हरित प्रदेश अभियानको आज विधिवत सुभारम्भ गरेको छ ।
प्रदेश को ८ जिल्ला प्रदेश मन्त्रीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालयको आयोजनामा भव्य कार्यक्रमको बिचमा ५० हजार बृक्षारोपन भएको छ ।
बाराको फेटा गापा १ को खैराती माइ सामुदायिक वन को एक हेक्टर जमिनमा १६०० बिरुवा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा रोपाई सम्पन्न भयो ।
भव्य समाहरोको बिचमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले वन विनास, जीवन समाप्त हुने भएकोले वन लगाउ, जीवन जोगाउ भन्नु भएको छ ।
खानाबिना मान्छे केही दिन बाच्न सक्छ तर नाक बन्द गरेर तीन मिनेट पनि बाच्न नसक्ने भएकोले बाँच्नका लागि शुद्ध हावा सफा वातावरणको लागि वन अपरिहार्य रहेकोले वन लगाइ जीवन जोगाउन सर्वसाधारणलाई मन्त्री सोनल आग्रह गर्नु भयो ।
मदन साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रमेश कुर्मी, बारा जिल्ला समन्वय समितिको संयोजक नवल किसोर सिंह, प्रमुख जिल्ला अधिकरी गणेश भट्टराई, जिल्ल प्रहरी कार्यालय प्रमुख मीरा चौधरी, परवानिपुर गापाको अध्यक्ष हरिनारायण साह, फेटा गापाको अध्यक्ष अमिरिलाल साह, प्रसौनी गापाको उपाध्यक्ष गिता साह, शस्त्र प्रहरी बारा प्रमुख, सेनाको बारा जिल्लाको प्रमुख, जिल्ला वन डिभिजन कार्यालय बाराको प्रमुख तोएनाथ पौडेल लगायत हजारौंको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

No comments: