काठमाडौ असोज ३ गते । संघीय समाजवादी फोरम नेपालले सविधान दिवसको विरोधमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।
फोरम नेपाल (मधेश प्रदेश) प्रदेश २ समितिले कालो दिवस मनाउने भनि निर्णय गरी भदौं ३१ गते विज्ञप्ति जारी गरेको थियो ।
सविधान दिवसमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिँदै प्रदेश २ का संयोजक रेणु यादवले कालो दिवस मनाउन निर्देशन दिनुभएको थियो ।
त्यसपछि फोरम नेपाल केन्द्रीय कार्यालयबाट विज्ञप्ति जारी गरी कालो दिवस नमनाउन निर्देशन दियो र त्यस्तो कार्यक्रम सहभागी नहुन निर्देशन दिएको थियो ।
फोरम नेपालका उपाध्यक्ष रेणु यादवसहित प्रदेश २ का फोरम नेपालका कार्यकर्ताहरु समेत कालो दिवसमा मनाउनु भएको छ । केन्द्रीय कार्यालयले दिएको निर्देशन उल्लघंन गरेपछि के उहाँहरुलाई कारवाही हुन्छ त भनि प्रश्न उठ्न थालेको छ ।
फोरम नेपालका प्रदेश सांसददेखि लिएर विभिन्न जिम्मेवारी पदमा रहेका नेता तथा कार्यकर्ताहरु कालो दिवस मनाएका छन् । हेर्नुस् तस्विरमा ।
No comments: