» » बम र खुकुरीसहित दुईजना पक्राउ

सिरहा असोज ५ गते । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीले शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले बताउनुभयो । पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..