» » उपप्रधानमन्त्री उपेन्द्र यादव के गर्दै हुनुहुन्छ दिल्लीमा ?

काठमाडौं, भदौ १९ गते । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डब्ल्यूएचओको दक्षिण पूर्वी एशिया क्षेत्रको ७१ औँ बैठकमा सहभागिताका लागि भारतको नयाँ दिल्ली जानु भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा शुरु भएको बैठकमा उपप्रधानमन्त्री यादव नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको हो । मन्त्री यादव भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

डब्ल्यूएचओ ‘सेरो’ को ७१औँ क्षेत्रीय कमिटीको उद्घाटन समारोहमा मन्त्री यादवले सहध्यक्षता गर्नुभएको थियो ।

डब्ल्यूएचओ दक्षिण पूर्वीएशिया क्षेत्रको ७१औँ क्षेत्रीय समितिको बैठकमा नेपालसहित ११ देशहरू सदस्य छन् ।

सम्मेलनले क्षेत्रीय निर्देशक चयन गर्नेछ । उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादवले निर्देशक चयन गर्ने सत्रको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

बैठकमाऔषधि, उपचारका विभिन्न उपकरण र नदान सहित आपातकालीन चिकित्सा उत्पादनमा पहुँचका विषयमा छलफल र घोषणा हुनेछ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..