» » बलात्कारीका लागि काडा कानुन (सम्पादकीय)


देशमा बलात्कार घटनाले यस्तो रुप लिइरहेको छ कि अब चेलिबेटी जोगाउन गाह्रो हुने भयो । दैनिक जस्तो बलात्कारका घटनाहरु बाहिर आइरहेका छन् यसले लाग्छ देश बलात्कारको उल्झनमा अल्झेको छ यो देश । कञ्चनपुरमा भएको एउटा बलात्कार घटनाले देशलाई झकझकाई दिएको छ । त्यो बलात्कार घटनाले गर्दा भएको आन्दोलनमा एकजना बालकको ज्यान प्रहरीको गोलीले गएको छ ।

यसले राजनीतिक रुपमा लिएको छ । यो घटनाको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं पहल लिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः त्यसको छानविन भइरहेको छ । शुन्यबाट छानविन शुरु गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले बलात्कारीबाट हत्या गरिएका १३ वर्षीया निर्मला पन्तलाई १० लाख र आन्दोलनमा मारिएका बालकलाई पनि १० लाख दिएको छ ।

तर, यो १० लाख रुपियाँले तत्काल राहत दिनसक्छ यो समाधान होइन । यसका लागि काडा कानुन बनाएर नै समाधान निकाल्नु पर्छ । नेपालको कानुनले बलात्कारीलाई छुट दिएको जस्तो लाग्छ । यो जघन्य अपराधका लागि झ्यालखाना होइन, त्यो भन्दा पनि ठूलो सजायको व्यवस्था राज्यले गर्नुपर्छ । सानोतिनो सजायले यो बलात्कारीलाई कुनै भय छैन ।

मुलुकी ऐन २०२० कसैले कुनै महिलाको मञ्जूरीबिना करणी गरेमा बलात्कार गरेको ठहर्छ । त्यस्तै वा १६ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई करणी गरे त्यो पनि बलात्कार गरेको ठहर हुने प्रावधान छ । १० वर्षभन्दा मुनिकी बालिकालाई बलात्कार गरेमा १० देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा ८ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । चौध वर्षभन्दा माथि १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा ६ वर्षदेखि १० वर्षसम्म कैद हुनेछ ।

१६ वर्षभन्दा बढी बीस वर्षभन्दा कम उमेरकी महिला भए पाँच वर्षदेखि आठ वर्ष, २९ वर्षभन्दा माथिकी महिलालाई बलात्कार गरेमा ५ देखि ७ वर्षसम्म कैद हुनेसम्म कैद हुने मुलुकी ऐनमा उल्लेख छ । महिलालाई सामूहिक रूपमा बलात्कार गर्ने, अशक्त वा अपाङ्ग महिलालाई बलात्कार गर्नेलाई माथि उल्लेख गरिएभन्दा पाँच वर्ष कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

ऐनमा उल्लेख भएको यो सजायले बलात्कारको घटना कम हुनेछैन । यसका लागि कुनै कडा कानुनको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
बलात्कारीलाई फाँसी दिनुपर्ने कुरा पनि उठिरहेको छ यसका लागि पनि सरकारले विचार गर्नुपर्ने देखिन्छ ।

पछिल्लो बलात्कारका घटनालाई हेर्दा सबै कम उमेरका महिलाहरु मात्र परेका छन् । १६–१७ वर्ष भन्दा मुनीका मात्र बलात्कारको घटनामा परेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७२÷०७३ को तथ्याङ्कमात्रै हेर्ने हो भनेपनि १० वर्षमुनिका २१३ जना बालिका बलात्कारको शिकार भएका छन् । १५ देखि १६ वर्षमुनीका ३५० बालिका बलात्कृत हुँदा १९ देखि २५ वर्षमुनिका ११८ जना, २६ देखि ३५ वर्षमुनिका १३१ र ३६ देखि ४५ वर्षमुनिका ६९ जना बलात्कृत भएको तथ्यांकमा उल्लेख छ । 

यो तथ्यांक छ मुद्दाको रुपमा दर्ता भएका घटना मात्र हुन् । यस्ता थुप्र्रै बलात्कारका घटनाहरु छन् जो समाजका डरले बाहिर आउँदैनन् । कतिपय घटना समाजमा करकापमा मिलाउने गरेको भेटिन्छ । जसले गर्दा बलात्कारीको मनोबल बढ्ने गरेको देखिन्छ । यसलाई समाजभन्दा बाहिर ल्याउनुपर्ने आवश्यकता छ । समाजमा बालात्कार घटना लुकाइएको कारण घटनामा वृद्धि भएको देखिन्छ । त्यसैगरि, समाजको
भड्किलोपन र यौनजन्य सामाग्री तथा फिल्मलाई सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि देखिन्छ ।

कम्तिमा २१ वर्ष पुरा नभएकालाई एडल्ट फिल्म र पोर्न साइट हेर्नमा रोक लगाउनुपर्छ । अहिलेको यो प्राविधिक युगामा बच्चा बच्चाको हातमा ट्याब र मोबाइल खेल्नका लागि दिएका हुन्छन् जुन निकै घातक छ । त्यसैगरि, मेडिया सञ्चालनका लागि अर्थात पत्रिका बेच्नका लागि यौन समाचारलाई राम्रो स्थान दिएको हुन्छ । जुन बलात्कार घटनाका कारक बनेको छ । यौन मानिसको आधारभूत आवश्यकता भएकोमा कसैको दुईमत छैन ।

तर यसको स्वभाविक उपलब्धता हाम्रो समाजमा छैन । मानिसले यौन आवेगलाई स्वभाविक विसर्जन गर्न नपाउँदा धेरै बलात्कार भएका छन् । त्यसको एउटा विकल्प यौन व्यवसायको वैधानिकीकरण गर्ने पनि हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..