
जनकपुर असोज ९ गते । एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधन प्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विहान आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुस्मीता दासको उपचार र मृतकको राहत स्वरुप बेटी बचाउ बेटी पढाउ योजना बाट सो रकम दिने घोषणा गर्नु भएको हो ।
उहाँले एसिड आक्रमणबाट गम्भीर दिदी बहिनीको उपचारको लागि यस अघि नै प्रदेश सरकारले १ लाख दिने निर्णय गरि सकेको जनाउदै सम्झना जीवन रक्षा गर्न नसकिए प्रति दुःख समेत व्यक्त गर्नु भएको हो ।
साथै उपचारत १५ वर्षीया सुस्मीता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत जनाउनु भएको हो ।
यसैबीच मुख्यमन्त्री राउतले सो एसिड आक्रमणको छानवीन गरी दोषी उपर कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरीन नदिन आवश्यक उपाय तथा कानूनी राय सहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
चन्द्रनिगाहपुर बजारटोलकी १८ वर्षीया सम्झना दास र उहाँका १५ वर्षीया वहिनी सुस्मिता दासलाई भदौ २६ गते राती करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेका थिए ।
उहाँहरुको उपचारका काठमाडौमा भइरहेको थियो । त्यसमध्ये सम्झनाको निधन हिजो भयो भने अर्काको उपचार जारी रहेको छ ।
No comments: