» » कसको इशारामा लाग्दैछ बोर्डरमा काँडेतार ?

अहिले नेपाल–भारतको सीमामा परिचयपत्र लागु गरेर काँडेतार लगाउनुपर्ने चर्चा सबैतिर शुरु भएको छ । सीमाको विषयमा दिनहुँ जस्तो छलफल हुने गरेको छ । नेपाल–भारतको खुल्ला सीमा बन्द नै गर्नुपर्छ भन्नेहरुको बहुमत देखिन्छ भने तराई मधेशमा बसोबास गर्नेहरुले बन्द गर्न नहुने पक्षमा देखिएको छ ।

नेपाल–भारतका सीमा खुल्ला रहेका कारणले दुवै देशमा अपराधको घटना बढेको दावी गर्दै सीमामा काँडेतारसम्म लगाउनु पर्ने भनिरहेको छ भने अर्कोतिर रोजगार, व्यवसायी, बेटी रोटीको सम्बन्धलाई लिएर यसलाई खुल्ला नै राख्नुपर्ने तर्क दिइरहेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २१ गतेदेखि २४ गतेसम्म भारत भ्रमणमा गएको बेला त्यहाँ पनि यस विषमया कुराकानी भएको हो ।

अध्यक्ष प्रचण्डले शुरुमा भारतका गृहमन्त्री राजनाथ सिंहसँग सीमामा हुने आपराधिक गतिविधिको बारेमा कुरा गर्नुभयो भने पछि उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्नुभयो । खुल्ला बोर्डरका कारण दुवै देशका लागि सुरक्षा चुनौति बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको धारणा राख्नु भएको स्रोतले जनाएको छ । त्यसपछि प्रधानमन्त्री मोदीले प्रवुद्ध समूहले बुझाएको प्रतिवेदनको बारेमा जिकिर गर्नुभएको थियो । नेपाल–भारतको प्रबुद्ध समूहको बैठकले प्रतिवेदन तयार गरेपछि यो विषयमा अहिले निकै बहस शुरु भएको छ ।

र, यही सीमा विवादका कारण प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन सरकारले भारत सरकारले बुझ्ना मानेको छैन । समूहले प्रधानमन्त्रीसँग पटक पटक समय माग गरेको छ तर व्यस्तताका कारण देखाउँदै टार्दै आएको छ ।

कुटनीति विज्ञहरुको दावी अनुसार त्यो प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनमा नेपाल–भारत सीमा बन्द गर्नुपर्ने उल्लेख गरेको गरेको छ । यद्यपी हालसम्म त्यो प्रतिवेदन कुनै सरकारलाई बुझाएको छैन । प्रवुद्ध समूहले पहिला भारतलाई बुझाउने अनि त्यसपछि मात्र नेपाललाई बुझाउने निर्णय गरेको छ । प्रतिवेदन तयारी अवस्थामा छ तर भारत सरकारले बुझ्न मानेको छैन ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले भदौ २० गते आयोजना गरेको खुल्ला सीमानः अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठले प्रबुद्ध समूहका प्रतिवेदन अनुसार नेपाल–भारत सीमालाई नियमन गरी खुल्ला सीमालाई बन्द गरी राहदानी अथवा परिचयपत्रको व्यवस्था गर्नुपर्ने सिफारिश गरेको दावी गर्नुभयो ।

प्रबुद्ध समुहको पाँचौ बैठकमा भारतपक्षका भिसी उप्रेतीले खुल्ला सीमा राख्नु हुँदैन भनि प्रस्ताव गर्नुभएको थियो । नेपाल–भारतको सीमामा ७० वटा नाका बनाएर परिचयपत्र लागु गर्नुपर्ने सुझाव उहाँले दिनुभएको छ । जुन कुरा प्रतिवेदनमा समेटिएको छ ।’

समूहका सदस्यहरुले नेपाल–भारतको विभिन्न नाकामा गएर त्यहाँका स्थानीयहरुसँग राय लिँदा पनि सीमा बन्द गर्नुपर्ने सुझाव आएको छ, विज्ञ श्रेष्ठले भन्नुभयो, त्यसका आधारमा समूहले सीमालाई बन्द गरि दुई देशको नागरिकलाई आउ जाउका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत दिएको छ ।’ यसको पुष्टि प्रवुद्ध समूहका सदस्य डा.राजन भट्टराईले पनि गर्नुभयो ।

 साउन १५ गते भएको नेपाल तथा भारतका थिंकट्यांकहरुको सम्मेलनमा उहाँले नेपाल–भारतको सीमा परिचयपत्र लागु गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँले खुल्ला सीमाका कारण दुवै देशमा बढ्दै गएको आराधिक घटनाका कारण यसलाई बन्द गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

सीमा विज्ञ श्रेष्ठले अपराध तथा आतकंवादलाई कम गर्नका लागि दुई देशको सीमा पूर्णरुपमा बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले त काँडेतार नै लगाउनु पर्ने बताउँदै खुल्ला बोर्डरका कारण नेपाल र भारतमा आपराधिक घटनामा वृद्धि भएको दावी गर्दै कति छिट्टो हुन्छ त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो ।


भारतमा भएका सबै ठूला ठूला आतकंवादी घटनामा नेपालको नाम जोडिएको बताउँदै उहाँले भन्नुभयो, सबै अपन बोर्डर क्लोज भयो भने आपराध आफै नियन्त्रण हुन्छ ।’ तर, यो कुरालाई डेनमार्कका लागि पूर्व राजदूत विजयकान्त कर्णले पुरै इन्कार गर्नुभयो । उहाँले भन्नुभयो, जसले काँडेतारको कुरा गर्नुहुन्छ उहाँले सीमामा रहेका तराई मधेशको समस्या पनि समाधान गर्नुपर्ने हुन्छ ।’

दिल्ली र काठमाडौले भने जस्तो सीमा बन्द गर्ने कुरा त्यति सजिलो नरहेको उल्लेख गर्दै काँडेतार लगाएपनि अपराधी गतिविधि हुँदैन भने त्यसको ग्यारेण्टी कसले लिने, काँडेतार लगाएपनि यसले आराधि गतिविधि कम नहुने बताउनुभयो ।

खुल्ला बोर्डरका कारण आतकंवादी घटना भएको होइन, दुवै देशको सरकारको सोचका आपराधिक घटनाहरु भएको बताउँदै उहाँले जबसम्म राज्यले आफ्नो सोचमा परिवर्तन ल्याउँदैन तबसम्म यस्ता निरन्तर भइरहने बताउनुभयो ।

पाकिस्तानी आतकंवादी भटकल र टुण्डा भारतबाट हिडेर वा गाडी चढेर नेपाल आउनु भएको होइन, हवाईजहाज चढेर नेपाल आउनु भएको भन्दै उहाँले नेपाल र भारतको विमानस्थलमा सुरक्षा व्यवस्था त्यत्रो कडा छ अनि कसरी जहाज चढेर उहाँ नेपाल आउनु भयो यसको जवाफ त सरकारको सुरक्षा अधिकारीले दिनुपर्ने हो । राज्यको सुरक्षा अवस्था कमजोर छ र त्यसको मार बोर्डरमा बस्ने तराई मधेशको जनताले किन सहने भनि टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, यदि बन्द सीमाका कारण आतकंवाद वा आपराधी गतिविधि रोकिन सक्थ्यो भने सबभन्दा पहिले पाकिस्तान र भारत बीचको विवाद समाधान हुन्थ्यो । भारतले सबभन्दा बढी सुरक्षाकर्मी पािकस्ताको सीमामा खटाएको छ, तर त्यहीबाट सबभन्दा बढी अपराधीहरु भारत छिर्छन् त्यसैले बोर्डरमा काँडेतार लगाएर समाधान हुँदैन ।’

भारतका लागि नेपाली पूर्व राजदूत दीपकुमार उपाध्यायले सीमा बन्द गर्नु वा खुल्ला राख्नु भनि निर्णय गर्नुभन्दा पहिले त्यसको बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सुझा दिनुभयो । उहाँ भन्नुहुन्छ, खुल्ला सीमाका कारण जति अवसर छ त्यति चुनौति पनि छन् तर त्यसलाई कसरी सदुपयोग गर्ने, त्यसलाई कसरी राम्रो बनाउने त्यसको बारेमा पनि सोच्नुपर्ने बेला आएको छ ।’

समय सापेक्ष नीति नियम परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उहाँले हिजोको नाम होइन, त्यसलै हरेक कुरामा नयाँ ढंगबाट सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल–भारतको सीमा खुल्ला राख्नुपर्छ वा बन्द गर्नुपर्छ भनि विषयमा स्पष्ट धारणा नराखे पनि त्यसको बारेमा अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो ।

कालपानी र सुस्ता नेपालका लागि भारतको काश्मिर जस्तै विवादास्पद ठाउँ रहेको उल्लेख गर्दै यता, परराष्ट्र विज्ञ प्रद्युमन विक्रम शाहले लेनदेनको आधारमा यसलाई दुवै देशले समाधान गर्नुपर्ने सुझाव दिनुभयो । दुवै देशले आफ्नो गोरुको बाह्रै टाका भनेर हुँदैन, उहाँले भन्नुभयो, जब भारत र बंगालादेशको बीचमा सीमा विवाद समाधान हुनसक्छ भने नेपाल र भारतबीचको विवाद किन समाधान हुँदैन, एक ठाउँमा लिएर अर्को ठाउँमा दिएर पनि त्यसको समाधान गर्नुपर्छ ।’

समाधानका लागि बीचको बाटो खोजिरहेको बेलामा अर्का कुटनीतिक विज्ञ इन्द्राकुमारी अधिकारीले सुरक्षाको दृष्टिकोणले भएपनि नेपाल–भारतको सीमामा परिचयपत्र लागु गर्नुपर्ने धारणा राख्नुभयो । सीमा आउने जानेको बारेमा जानकारी राख्नु ठूलो कुरा होइन, पोष्ट खाडा गरेर त्यसको तथ्यांक राख्न सकिने उहाँले सुझाव दिनुभयो । नेपालमा मुस्लिमको सँख्या बढ्छ र मदर्साहरु खुल्छ भने त्यसमा भारतलाई टाउको दुख्छ यी सब खुल्ला बोर्डका कारणले हुने गरेको उहाँले सुनाउनुभयो ।

सीमा विद बुद्धिनारायण श्रेष्ठले नेपालमा चिनियाँ लगानी बढीरहेको कारण भारतलाई तनाव भएको उल्लेख गर्दैै चिनियाँहरु नेपाली भाषा सिकेर खुल्ला बोर्डरको कारण भारत पस्ने गरेको दावी गर्नुभयो । तामाङ्ग, लामा जस्तै देखिने चिनियाँहरु भारतीय सीमामा नेपाली बोलेर आफू नेपाली हुँ भन्दै भारत छिरेको भेटिन्छ भन्दै उहाँले दावी गर्नुभयो ।

अर्का सीमा विज्ञ डा. उद्धव प्याकुरेलले मनिस आवत जावत सन्दर्भमा पनि नेपाल र भारतका सीमानमा सीमा पिच्छे फरक फरक नीति अपनाइएको भेटिएको धारणा राखे । इलामाको पशुपतिनगर चेक प्वाइन्टमा मानव आवत जावतको रेकर्ड राख्ने गरिएको उल्लेख गर्दै उहाँले तेस्रो देशका मानिसहरुलाई सीमा पार गर्न सुविधा नै नभएपनि नेपाली र भारतीय नागरिकलाई पनि आउँदा जाँदा दुवै देशले तयार पारेको रजिष्टरमा नाम दर्ता गराउने गरेको भेटिएको बताउनुभयो ।

त्यस्तै, बनबासा सीमा पाँच घण्टाका लागि मात्र खुल्ने गर्दथ्यो र त्यहाँ भारततर्फको २५० मिटरको दुरीमा दुईवटा छुट्टा छुट्टै चेक प्वाइन्ट रहेको छ । नेपाल आउने बेलामा मालसमान भारतीय प्रहरीद्धारा चेक हुने र पछि महाकाली नदी पार गरिसकेपछि नेपालहरुले चेक गर्ने गरेको छ ।

त्यस्तै, झुलाघाट र दार्चुला सीमामा रहेको महाकाली नदीको झोलुगें पुलमा दुवै देशको गेट बनाएर ताल्चा लगाउने चलन रहेको छ । सो सीमा सर्वसाधारका लागि दिनमा १२–१३ घण्टा मात्र खुल्ने गर्छ । त्यसमा जाडो मौसममा ६ वजे विहानदेखि छ वजे साँझसम्म र गर्मीको महिनामा विहान ६ वजेदेखि साँझ ७ वजेसम्म मात्र खोलिने गरेको छ । त्यसबाहेकको समयमा त्यो झुलुगें पुलमा दुवैतर्फबा सुरक्षाकर्मीले ताल्चा लगाएर आवत जावतमा रोक लगाउँने गरेको छ ।

यसरी विभिन्न नाकामा ताल्चा लगाउनुदेखि लिएर काँडेतार लगाएकै छन् तर तराई मधेशको बोर्डरमा परिचयपत्र अथवा राहदानी प्रयोग गर्न लगाएर बोर्डरमा कडाई गरेपछि त्यसले नेपालको लागि अर्कै मोड लिनसक्ने धेरैको बुझाई रहेको छ ।

भदौ २८ गते सीमा विवाद समाधान गर्न गठन भएको एक समूहसँग प्रधानमन्त्री केपी शर्मा ओलीले यसै विषयमा छलफल गर्नुभयो । खुल्ला सीमाका कारण दुवै देशका लागि सुरक्षा चुनौति बढेको कुरा राख्दै ओलीले यस विषयमा अध्ययन गर्न सो समूहलाई निर्देशन दिनुभयो । आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरिरहेको कुरा राखेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..