» » मुख्यमन्त्री राउतद्वारा मालपोत कार्यालयको निरिक्षण

जनकपुर असोज ४ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार मालपोत कार्यालय धनुषाको निरिक्षण गर्नुभएको छ ।

मालपोत कार्यालयको कार्यसम्पादन, सेवाग्राहीको समस्या र त्यसको समाधानबारे मुख्यमन्त्री राउतले जानकारी लिनुभयो ।

निमित्त कार्यालय प्रमुख मो. इजहाराले कार्यालयको कार्य सम्पादन बारे ब्रिफिङ गर्नुभएको थियो । कार्यालय अस्तव्यस्त रहेकोमा मुख्यमन्त्री राउतले तत्काल सुधार ल्याएर सेवा प्रवाहमा तिव्रता ल्याउन निर्देशन दिनुभयो ।

कार्यालयको शौचालय जीर्ण रहेको बताउँदै उहाँले तत्काल मर्मतसम्भार गरेर सफाईमा ध्यान दिन निमित्त प्रमुख इजहारालाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राउतले सोभैm सेवाग्राहीको गुनासो सुन्दै तत्काल समाधान गर्नको लागि निर्देशन समेत दिनुभयो ।

मुख्यमन्त्री मालपोत कार्यालयमा आउनुभएको सुइको पाएर सेवाग्राहीको भिड लागेको थियो । मालपोत कार्यालयमा काममा हुने गरेको ढिलाई प्रायः सेवाग्राहीको गुनासो थियो ।

काममा तदारुकता ल्याउन पहलको लागि सेवाग्राहीले मुख्यमन्त्री राउतसमक्ष आग्रह गर्नुभयो ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..