काठमाडौ भदौ ३१ गते । संघीय समाजवादी फोरम नेपालले सविसविधान दिवसको अवसरमा कुनै पनि विरोधका कार्यक्रम नगर्ने भएको छ ।
सविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी भएको फोरम नेपालले आधिकारीक कुनै निर्णय सार्वजनिक नगरेपनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘संघीय समाजवादी फोरम नेपालले आफ्ना माग र विमतिप्रति कायम रहँदै संविधान दिवसको दिन असोज ३ गते विरोध वा समर्थनमा कुनै कार्यक्रम नगर्ने भएको छ।’
केन्द्रमा सरकारलाई विश्वासको मत दिएको राजपा नेपालले देशैभरि त्यो दिन विरोधका कार्यक्रम गर्ने भएको छ । त्यसका लागि कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
हुन त फोरम नेपालका मधेश प्रदेश समितिले आज एक विज्ञप्ति जारी गरी प्रदेश २ का जनप्रतिनिधिलाई सविधान दिवसको अवसरमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूले प्रदेश समितिको होइन, केन्द्रीय समितिको निर्देशन मात्र मान्न बताउनुभयो ।

No comments: