» » राजपा नेपाल र फोरम नेपालबीच यसरी बढ्यो दुरी

१० वर्ष लगातार सँगै संघर्ष गर्दै आएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) (राजपा नेपाल पछि गठन भएको) अहिले आएर अचानक एकाएक दुरी बढेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा (प्रदेश २) सँगै चुनाव लडेका फोरम र राजपा अहिले निकै टाढिएका छन् । अवस्था यहाँसम्म सृजना भएको कि ती दुई दलका नेताहरु बीच बोलाचाल पनि बन्द भएका छ ।  प्रदेश २ मा चुनावी गठबन्धन गरी सरकार निर्माण गरेको छ । तर, ती दलको बीचमा कुनै पनि राजनीतिक तालमेल छैन । जब कि दुवै दलको राजनीतिक मुद्दा र एजेण्डा एउटै रहेको छ ।

शुरुमा राजपा नेपाल निर्माण नभएको बेला फोरम नेपालसहितको एउटा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा थियो । मोर्चा मात्र होइन आदिवासी जनजातिलाई मिलाएर एउटा ३३ दलीय लोकतान्त्रिक गठबन्धन पनि बनाएका थियो । त्यसको संयोजक उपेन्द्र यादवलाई बनाएको थियो । सोही मोर्चा तथा लोकतान्त्रिक गठबन्धनबाट उहाँहरुले लामो आन्दोलन गर्नुभएको थियो ।

तर आन्दोलन चलिरहेकै बेला फोरम नेपालले स्थानीय तहको चुनावमा भाग लिएपछि राजपा नेपालका नेताहरु झस्किनु भएका थियो । उहाँहरु भन्नुहुन्छ, हामीलाई जानकारी नै नदिइकन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावमा भाग लिनुभयो । यो हाम्रो लागि धोका हो । चुनावमा नजाने भनि बैठकमा पटक पटक प्रतिवद्धता जनाउनु हुन्थ्यो । सार्वजनिक रुपमा भाषण गर्नुहुन्थ्यो तर एकाएक चुनावमा भाग लिएपछि हामी सक्ड भएका थियौं ।

फोरम नेपाल चुनावमा भाग लिएपछि राजपा नेपालको पहिलो केन्द्रीय समितिको बैठकले औपचारिक रुपमा मोर्चा विघटन भएको घोषणा गरेको थियो । पछि, उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएर महन्थ ठाकुरलाई राखिएको थियो । यहीबाट यी दुई दलको बीचमा मनमुटावको साथै दुरी पनि बढ्न थालेको थियो । प्रदेश २ को स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भाग लिनु उहाँहरुको बाध्यता थियो ।

 गठबन्धन बनाएर चुनाव नलडेको भए यसपाली पनि उहाँहरुो पत्ता साफ हुन्थ्यो । त्यसैले उहाँहरुको मन नमिलेपनि चुनावका लागि गठबन्धन बनाएर निर्वाचमा भाग लिए । चुनावमा सफल भएपछि बाध्य भएर संयुक्त सरकार पनि बनाए । यी सबभन्दा जनताको डरले यी दुई दलले गरे । यद्यपी उहाँहरुको मन मिलेको थिएन । सरकार गठन हुँने वित्तिकै दुवै दल आआफ्नो घर लाग्नु भयो । र, अहिले सबै कुरा लथालिगं छ । 

दुई नम्बर प्रदेशबाहेकका ठाउँमा पनि फोरम नेपाल चुनावमा भाग लिएको थियो । राजपा नेपालले त्यसको खुलेर विरोध गर्यो । यहाँसम्म कि फोरम नेपालका उम्मेदवारलाई हराउनका लागि जिल्ला जिल्लामा गोप्य सर्कुलर पनि पठाएको थियो । फोरम नेपाल चुनावमा भाग लिएपनि सोचे जस्तो नतिजा प्राप्त गर्न सकेन । त्यसपछि दुई नम्बर प्रदेशमा भएको तीनै तहको चुनावमा दुई दलले गठबन्धन बनाएर भाग लिए । र, ती दुईटै दलले सोचे अनुसार नतिजा पनि प्राप्त गरे । प्रदेश २ मा फोरम नेपाल र केन्द्रमा राजपा नेपाल ठूलो दल भयो ।
प्रदेशमा फोरम नेपाल ठूलो दलको हैसियतले राजपा नेपालको सहयोगमा सरकारको नेतृत्व गर्यो भने यता केन्द्रमा पनि सरकारमा सहभागी भयो ।

फोरम नेपालले केन्द्रीय सरकारमा सहभागी भएपछि राजपा नेपालको मन झनै भाँचियो । जुन कुरा राजपा नेपाललाई पचेको थिएन । सरकारमा सहभागी भएपछि राजपा नेपालको अध्यक्षमण्डलको बैठकले अबको दिनमा फोरम नेपालसँग कुनै पनि सहकार्य नगर्ने निर्णय नै गर्यो । जसले गर्दा दुई दलका बीचमा दुरी निकै बढ्यो । प्रदेशमा संयुक्त सरकार गठन भएपनि दुई दलको मुख दुईतिर फर्केका छन् । राजपा नेपालका सांसदहरुले फोरम नेपालको कार्यप्रति संसदमै असन्तुष्टि जनाउँछन् भने जो मन्त्री छैन त्यो सांसदले फोरम नेपाल नेतृत्व सरकारको विरोध पनि गर्छन् ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा प्रदेश २ मात्र सहकार्य गरेका यी दुई दललको संयुक्त सरकार पनि त्यहाँ रहेको छ । फोरम नेपालले सरकारको नेतृत्व गरेको छ भने राजपा नेपालले सत्ताधारी दल बनेको छ तर, सरकार सञ्चालन तथा अन्य निर्णयको विषयमा दुवै दलको बीचमा कुनै सल्लाह र सहकार्य छैन, बरु दुवै दलबीच दुरी बढेको छ ।

 प्रदेश २ मा संयुक्त सरकार गठन भएपछि सरकार सञ्चालनका लागि दुई दललाई मिलाउर एउटा समन्वय समिति बनाउने निर्णय भएको थियो । तर हालसम्म त्यो समिति गठन भएको छैन । फोरम नेपालले आफ्नो तर्फबाट तीनजनाको नाम तय गरेपनि राजपा नेपालले नाम नदिएपछि समन्वय समिति गठन हुन सकेन । दुईटै दलबाट समितिमा मुखयमन्त्रीसहित तीन तीनजना राख्ने दिने निर्णय भएको थियो । फोरम नेपालबाट हरिनारायण यादव, महाजन यादव र वेचन मुखियालाई पठाएको थियो ।

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल भन्नुभयो, फोरम नेपालले समितिका लागि तीनजनाको नाम तय गरेको कुरा हाम्रो जानकारीमा छैन तर प्रदेश सरकारको नेतृत्व फोरम नेपालले गरेको हुनाले सरकार सञ्चालन लगायत सबै कुरामा त्यसको इनोसिएशन उसैले लिनुपर्छ । समन्वय समिति गठन किन भएन त्यसको जवाफ फोरम नेपालले दिनुपर्छ ।’ यता फोरम नेपालका महासचिव रामसहाय यादवले सरकार गठन हुने बित्तिकै दुईटै पार्टीको सहकार्यमा सरकार सञ्चालन गर्ने निर्णय भएको थियो ।

 तर, राजपा नेपालले सदस्यहरुको नाम नदिएको कारण समितिले पूर्णता नपाएको बताउनुभयो । प्रदेश २ मा फोरम र राजपा नेपालको संयुक्त सरकार बनेको छ । त्यसलाई कसरी सञ्चालन गर्ने, विकासका कार्यहरु कसरी गर्ने, दुई दलका मन्त्रीहरुको बीचमा समन्वय कसरी गराउने ती विषयहरुमा छलफल हुनुपर्ने थियो तर हालसम्म दुईटै दलको बीचमा त्यस्तो कुनै छलफल नभएको महासचिव यादवले बताउनुभयो ।

दुई नम्बर प्रदेशमा फोरम नेपाल नेतृत्वको सरकार छ । त्यसलाई चुस्त दुरुस्त र क्रियाशिल कसरी बनाउने त्यसको जिम्मेवारी फोरम नेपालको हुनुपर्ने राजपा नेपालको दावी रहेको छ । राजपा नेपाल त सहयोगी दल मात्र रहेको छ । यसलाई राम्रो कसरी बनाउने, सरकारलाई कसरी सफल बनाउने त्यसको बारेमा फोरम नेपालले नै अगुवाई गर्नुपर्ने राजपा नेपालको दावी छ । उपाध्यक्ष लालले भन्नुभयो, फोरम र राजपा नेपालबीच राय, विचार र तालमेल कहाँ मिलेको छैन त्यसको खोजी हुनुपर्छ त्यसमा फोरम गम्भीर देखिएको छैन । हामी फोरम नेपालको प्रतिक्षामा छौ कि कहिल्यै समन्वयकारी भूमिकामा आउँछ हेरौं ।’

बरु फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव प्रदेश २ मा गएर बेलामा मन्त्रीहरुलाई बसाएर छलफल गरेर आवश्यक निर्देशन दिनुभएको छ । तर राजपा नेपालका शीर्षस्थ नेताहरुले त्यसरी सरकारका आफ्ना मन्त्रीसँग बसेर हालसम्म कुनै पनि छलफल गरेको देखिएको छैन । यी दुई दलको बीचमा आपसी समझदारी नभएको कारणले पनि प्रदेश २ को सरकार कमजोर भएको छ ।

दुई दलका मन्त्रीहरुको बीचमा पनि समन्वयको अभाव देखिएको छ । भदौं २ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सम्बोधन गर्न गएको बेला फोरम नेपालले त्यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गर्यो भने राजपा नेपाल त्यसको विरोध गर्यो । यसैबाट पुष्टि हुन्छ कि दुई दलको बीचमा कस्तो असम्झदारी रहेको छ ।

जनकपुरका पत्रकार रामभरोस कापडीले पार्टीहरुको बीचमा सहकार्य वा गठबन्धन नभएको कारणले प्रदेश २ को सरकार प्रभावित भएको हो तर मुख्य कारण त्यति मात्र नरहेको बताउनुहुन्छ । सरकारले गरेको काम प्रभावकारी नहुनुमा कतै नकतै समन्वयकारी भूमिका कमजोर देखिएको बताउँनुहुन्छ उहाँ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..