» » मलेठ घटनाप्रति प्रधानमन्त्री किन दुखाउनु भयो चित्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको मलेठ घटनाको बारेमा पहिलो पटक चित्त दुखाउनु भएको छ । प्रायः मधेश आन्दोलनको बारेमा काडा रुपमा प्रस्तुत भइरहने प्रधानमन्त्री केपी शर्मा पहिलो पटक यसरी नरम भएर बोल्नुभएका जानकारहरु बताउँछन् । मलेठ घटनामा आफूलाई र आफ्नो पार्टीलाई जवर्जस्ती मुछिएको प्रधानमन्त्री ओलीको दावी छ ।

दुई नम्बर प्रदेशको प्रदेशसभामा भदौं २ गते आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले मलेठ घटनाको दोषी आफू नरहेको दावी गर्नुभयो । तराई मधेशमा आफ्नो पार्टीप्रति नाकारात्मक धारणा बन्दै गएको र त्यही धारणा स्पष्ट पार्नका लागि आफू मधेश झरेको तर कताबाट त्यस्तो घटना आफूलाई थाह नभएको उहाँको धारणा थियो । कार्यक्रम अवधिभरि केही भएन तर जब कार्यक्रम सकाएर आफूहरु त्यहाँबाट हिडे अनि गोली चल्यो त्यसको दोषी आफू र आफ्नो पार्टी कसरी भयो त, यसमा जबर्जस्ती दोष थुपारेको उहाँको आरोप थियो ।

२०७३ फागुन २३ गते मेची महाकाली अभियानको क्रममा प्रधानमन्त्री ओली सप्तरीको मलेठमा आयोजित सभालाई सम्बोधन गर्न पुग्नु भएको छ । थए । सो सभालाई ओलीले सम्बोधन गरेर फर्किने क्रममा आन्दोलनकारी र प्रहरी बीच झडप हुँदा पाँचजनाको ज्यान गएको थियो ।

 कार्यक्रमको तयारी भए लगतै त्यहाँ नगर्न तत्कालिन एमालेलाई पटक पटक आग्रह गरिएको थियो । सुरक्षा अधिकारीदेखि लिएर राजनीतिक दलले पनि सप्तरीमा कार्यक्रम नगर्न सुझाव दिएको थियो । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका नेताहरु तत्कालिन एमालेका अध्यक्ष ओलीलाई सरकारमा सप्तरीमा कार्यक्रम नगर्न सुझाव दिइएका थिए । शुरुमा आमसभाको कार्यक्रम राजविराजमा नै राखिएको थियो । तर, आन्दोलनको दवावका कारण औद्योगिक क्षेत्र परिसरमा सारिएको थियो ।

मेची महाकाली अभियान सुनसरीमा आउँदा आन्दोलनले कडा रुपमा लिएको मधेशीहरुले त्यसको काडा विरोध गर्न थालेका थिए । सुनसरीमा कार्यक्रम सकाएर सप्तरी फर्किने बेलामा फोरम नेपालकी नेतृ सरिता यादवले एमालेका नेताहरु चढेको ट्रकमाथि चप्पल प्रहार गर्नुभएको थियो । त्यहीबाट संकेत दिइसकेको थियो कि सप्तरीमा नराम्रो घटना हुन्छ ।

सुनसरीमा त्यस्तो घटना भयो भने आन्दोलनको उदगमस्थल सप्तरीका लागि नारम्रो संकेत हो भनि कुरा सबैले अनुमान गरिसकेका थिए । त्यसपछि सप्तरीमा सुरक्षा अवस्था निकै कडा पारिएको थियो । मानव अधिकारकर्मीहरु खटिसकेको थियो । सो कार्यक्रमको अनुगमनका लागि काठमाडौबाट पत्रकारको टोली र मावन अधिकारसँग सम्बन्धित संघ संस्थाहरु पनि सप्तरी पुगिसकेको थियो किनभने केही होला भनि भवितव्यको अनुमान सबैले गरिसेका थिए ।

र, कार्यक्रम अन्तिम अन्तिमतिर आएर दुर्घटना हुन गयो जसमा पाँचजनाको ज्यान गएको थियो । यो घटनाले केपी शर्मा ओली र तत्कालिन एमालेको निकै आलोचना भएको थियो । तराई मधेशका पार्टी तथा त्यहाँका जनताले तत्कालिन एमालेलाई नै त्यो घटनाको दोषी देखाएको थियो । घटनापछि तत्कालिन एमाले अभियानलाई स्थगित नै गरेको थियो । तराई मधेशका कुनै पनि जिल्लामा त्यतिबेला सो दलले कार्यक्रम गर्ने आँट गरेको थिएन । पछि हेटौडाबाट आफ्नो कार्यक्रम शुरु गरेको थियो ।

पछि मानव अधिकार आयोगले यसको छानविन गरि प्रतिवेदन पनि सार्वजनिक गर्यो तर त्यसलाई मधेशवादी दलका नेताहरुले स्वीकार गरेन । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा दुईटै पक्षका दोषी देखाएको छ । मोर्चाले कार्यक्रम गर्नै नदिने र एमालेले जसरी पनि कार्यक्रम गर्ने हठका कारण यो घटना हुन गएको आयोगले ठहर गरेको थियो । त्यसलाई मधेशवादी दलले अस्वीकार गरेको छ ।

प्रदेश २ का सरकारले मलेठ घटनाको बारेमा आफै छानविन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरि अध्ययन गरेको छ । त्यसको प्रतिवेदन आउन बाँकी छ ।   

सम्बोधन वहिष्कार
प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो घटनाको दोषी आफू नरहेको र आफ्नो कारणले सो घटना नभएको स्पष्ट पार्न खोज्नु भएको थियो । उहाँ प्रदेशसभामा मन्तव्य दिने क्रममा राजपा नेपालका तीनजना प्रदेश सांसद उपेन्द्र महतो, गौरीनारायण साह र विक्की यादवले मलेठ घटनाको विषय उठाउनु भएको थियो । मलेठ घटना लगायत आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, सविधान संशोधनको माग गर्दै प्रधानमन्त्री ओलीको सम्बोधन वहिष्कार गरेर निस्किनु भएको थियो ।

 प्रधानमन्त्री ओलीले सविधान संशोधनको विषयमा पनि आफ्नो प्रष्टिकरण पनि दिनु भएको थियो । उहाँले भन्नुभयो, ‘सविधानसभाबाट निर्माण भएको सविधानमा कही कतै विभेद देखिएको छ भने भन्नुस् त्यसलाई हामीलाई सम्बोधन गर्छौं । संविधान, कानून हामीले बनाएको हो । कहीँ कतै हेरफेर गर्नु परे नगर्ने भन्ने कहाँ हुन्छ ? संघीय सरकारले सविधान संशोधनको प्रस्ताव लगेर त्यसलाई पास गराउँछ ।’

उहाँले आफूले सविधान संशोधन गर्न नचाहेको भनेर कसैकसैले कपी ओलीले सविधान संशोधन गर्न नचाहेको अफवाह फैलाएको आरोप लगाउँदै यस्ता कुराहरु सुनेर आफूलाई दुख लागेको पनि बताउनुभयो । उहाँले जीवनको ५० वर्षभन्दा बढी समय राजनीतिमा खर्चेको बताउँदै सविधान संशोधन हुनै सक्दैन भनि सोच्न पनि नसकिने बताउनुभयो ।

प्रधानमन्त्रीलाई जरिवाना
प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेसभामा गरेको सम्बोधन सविधान विपरित रहेको भन्दै उहाँलाई पाँचहजार जरिवाना तिर्न लगाउने पर्ने माग आउन थालेको छ । भदौं ३ गते राजधानीमा आयोजना भएको एक कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रियसभाका सांसद वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचहजार जरिवाना गर्नुपर्ने पर्ने माग गर्नुभएको छ । 
प्रदेशसभामा संविधानविपरित अनधिकृत रुपमा प्रवेश गरी सम्बोधन गरेको आरोप लगाउँदै उहाँले प्रदेशसभा सदस्यबाहेक अरु व्यक्ति प्रदेशसभामा अनधिकृत रुपमा प्रवेश गर्नुभयो भने ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकाले प्रधानमन्त्री ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेशसभामा अनधिकृत रुपमा प्रवेशको साथै सभामा अंगरक्षकलाई पनि बर्दी लगाएर प्रवेश गराएको आरोप लगाउँदै उहाँले मर्यादापालक हुँदाहुँदै अंगरक्षकलाई बर्दीमा उभ्याउनु गलत भएको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो, प्रधानमन्त्रीको ओलीको यो कदम प्रदेशसभाको स्वायत्तता, अक्षुणता र संसदीय अभ्यास विपरित हो । ओलीजीले गम्भिर गल्ती गर्नुभयो ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..