काठमाडौ साउन १८ गते । संघीय समाजवादी फोरम नेपालले स्वास्थ्य राज्यमन्त्रीका लागि महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा चुनाव जित्नु भएका डा.सुरेन्द्र यादवलाई चयन गरेको छ ।
जनकपुरमा बसेको उपलब्ध पदाधिकारी बैठकले डा.यादवलाई राज्यमन्त्रीमा चयन गरेको स्रोतले जनाएको छ ।
राज्यमन्त्रीको दौडमा प्रदीप यादव, र रेणुका गुरुङ्ग पनि हुनुहुन्थ्यो । डा.यादव चुनावअघि मात्र फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरम नेपालमा प्रवेश गर्ने वित्तिकै टिकट पाउनु भएको थियो र उहाँले चुनाव पनि जित्नुभयो ।
फोरम नेपालमा आउनु अघि उहाँ नयाँ शक्ति पार्टीमा हुनुहुन्थ्यो ।
जनकपुरमा उहाँको आफ्नै नरसिंह होम पनि रहेको छ ।

No comments: