» » को हुनुहुन्छ तीनजना राज्यमन्त्री जसले प्रदेश २ मा लिनुभयो शपथ ?

ठिक छ महिनापछि प्रदेश २ सरकारले साउन ९ गते पूर्णता पाएको छ । २०७४ फागुन ३ गते प्रदेश २ को सरकार गठन भएको थियो । त्यो दिन मुख्यमन्त्रीमा लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्र सोनलले शपथ लिनुभएको थियो ।

त्यसको एकमहिना पछि पुनः मन्त्रीपरिषद् विस्तार भएको थियो । दोस्रो पटक विस्तार हुँदा फोरम नेपालले आफ्नो तर्फबाट तीनजना मन्त्री र तीनजना राज्यमन्त्रीको टुगों लगाएपनि राजपा नेपालले तीनजना मन्त्रीको नाम मात्र टुगों लगाउन सकेका थिए । तीनजना राज्यमन्त्रीको नाम टुगों लगाएका थिएन । पाँच महिनाको खिचातानीपछि मात्र राजपा नेपालले मात्र तीनजनाको नाम टुगों लगायो ।
संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा गठन भएको प्रदेश सरकारलाई राष्ट्रिय जनता पार्टी नेपालले सहयोग गरेको छ ।

मन्त्री बाँडफाँडमा राजपा नेपालले तीन मन्त्री र तीन राज्यमन्त्री पाएको थियो । त्यसमध्ये तीनजना मन्त्री चयन गरिसकेको थियो । पार्टीमा आन्तरिक विवादका कारण राज्यमन्त्रीको निर्णय भइरहेको थिएन । संघीय संसदको संसदीय दलको नेतामा राजपा नेपालका संयोजक महन्थ ठाकुर चयन भएपछि मात्र यो राज्यमन्त्रीको टुगों लागेको हो ।

संसदीय दलको नेतामा राजेन्द्र महतोले पनि दावी गर्नुभएको थियो । र, त्यही संसदीय दलको नेतासँगै सबै कुरा जोडिएको थियो । संसदीय दलका नेताका कारणका सबै कुरा अड्केको थियो । मन्त्रीमा महन्थ ठाकुर, महेन्द्रराय यादव र राजेन्द्र महतोले आआफ्नो हिस्सामा पाएको मन्त्री बनाए भने राज्यमन्त्रीको दावीमा राजकिशोर यादव, अनिलकुमार झा शरतसिंह भण्डारीले दावी गर्नुभएको छ । प्रदेश २ मा संसदको सभामुखमा सरोज राय यादवलाई दिएको थियो ।

उहाँ राजेन्द्र महतोको पक्षका हुनुहुन्छ । राजेन्द्र महतोको भागमा एउटा सभामुख र एउटा मन्त्री परेको छ । राजेन्द्र महतोको पक्षबाट समाजिक मन्त्रीमा नवलकिशोर साह, महेन्द्र राय यादवको भागमा एउटा मन्त्री मात्र पर्नुभएको छ । पर्यटन मन्त्रीमा रामनरेश राय यादव हुनुहुन्छ । महन्थ ठाकुरले प्रदेश २ मा संसदीय दलको नेता र मन्त्री पाउनु भएको छ । जितेन्द्र सोनल नै संसदीय दलको नेता र भौतिक पूर्वाधार मन्त्री रहनुभएको छ ।

उद्योग राज्यमन्त्रीमा सुरेश मण्डललाई पार्टी चयन गरेको छ । मण्डल महन्थ ठाकुर अर्थात पूर्व तमलोपाका पक्षका नेता हुनुहुन्छ तर उहाँलाई राजकिशोर यादवले सिफारिश गरेको स्रोतको दावी छ । राजकिशोर यादव र सुरेश मण्डल सिरहा जिल्लाकै हुनुहुन्छ । दुवैजना एउटै क्षेत्रका हुनुहुन्छ ।

 प्रदेशसभाबाट सुरेश मण्डलले चुनाव जित्नुभएको छ भने राजकिशोर यादव प्रतिनिधिसभाका चुनाव जित्नुभएको छ । २०७० सालको दोस्रो सविधानसभा चुनावमा दुवैजना एक अर्काको प्रतिस्पर्धामा चुनाव जित्नु भएको थियो । तमलोपाबाट सुरेश मण्डलले चुनाव लड्नु भएको थियो भने राजकिशोर यादव मधेशी जनअधिकार फोरम गणतान्त्रिको तर्फबाट चुनाव लड्नु भएको थियो तर दुवैजनामध्ये कोही जित्नु भएको थिएन ।

यसपटक दुवैजना एउटा पार्टीबाट चुनाव लडेपछि दुवैजना जित्नु भएको छ । महन्थ ठाकुरले आफ्नो तर्फबाट अभिराम शर्मालाई राज्यमन्त्रीमा सिफारिश गर्नुभयो । भौतिक पूर्वाधार राज्यमन्त्रीमा डा.डिम्पल झा हुनुहुन्छ । उहाँ अनिल झाका श्रीमती हुनुहुन्छ । भनिन्छ, अध्यक्षमण्डलका सदस्य अनिल झाले आफ्ना श्रीमतीलाई मन्त्री बनाउनका लागि जुनसुकै कुरा त्याग गर्न तयार हुनुहुन्थ्यो ।

पार्टीको अन्य भाग्यबण्डामा पनि उहाँले चासो लिनुभएन । समानुपातिक सदस्य पनि उहाँले आफ्नो श्रीमतीलाई सिफारिश गर्नुभयो भने मन्त्री बनाउनका लागि पनि उहाँले आफ्नै श्रीमतीलाई सिफारिश गर्नुभयो । केन्द्रमा पनि भागबण्डामा उहाँले आफ्नो भागमा कसैको माग गर्नुभएन । केन्द्रमा माग्यो भने प्रदेशमा श्रीमतीको नाम कट्न सक्छ भन्दै उहाँले केन्द्रमा त्यति प्रयास गर्नुभएन ।

र, त्यही भयो । प्रदेश २ मा डिम्पल झा सांसद बन्नुभयो । सांसद बनेपछि अनिल झाले जसरी पनि मन्त्री बनाउने अडानमा बस्नुभयो । अन्ततः मन्त्री बनाउनु नै भयो ।
मन्त्री बनाएपछि अनिल झाको आलोचना केन्द्रदेखि जिल्लासम्म भइरहेको छ । सविधानसभा चुनावमा पनि एउटा सीट पाउँदा त्यतिबेला पनि उहाँले आफ्नै श्रीमतीलाई सविधानसभाका लागि समानुपातिक सदस्यमा चयन गर्नुभएको थियो र यसपटक पनि त्यस्तै गर्नुभयो ।

यसका कारणले अनिल झा आलोचित बन्नुभएको छ । उहाँकै पक्षका एक नेताले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, पार्टीमा अनिल झाका लागि उहाँका श्रीमतीबाहेक अरु कोही प्यारो भएन । समानुपातिकमा सदस्य बनाउनुसम्म ठिक थियो । तर, उहाँले श्रीमतीलाई मन्त्री पनि बनाउनु भनेको यति यति नै भयो ।

श्रीमतीलाई सांसद बनाएपछि मन्त्रीमा अरु कसैलाई सिफारिस गरेको भए एउटा मानवताको कुार हुन्थ्यो । तर उहाँले आफूबाहेक कसैलाई सोच्नु भएन ।’

बरु राजकिशोर यादवले अनिल झा भन्दा राम्रो गर्नुभयो । राजकिशोर यादवले आफ्नो पक्षबाट प्रदेशसभाको समानुपातिक सांसदमा नेत्र विक्रम साहलाई सिफारिश गर्नुभएको थियो तर मन्त्रीमा सुरेश मण्डललाई सिफारिश गर्नुभयो । कमसे कम दुईटा नेतालाई त उहाँले उद्धार गर्नुभयो । तर अनिल झाका लागि उहाँका श्रीमती नै प्यारो हुनुभयो । समाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माले चयन हुनुभएको छ । उहाँले तमलोपाका पूर्व कार्यकर्ता हुनुहुन्छ । महन्थ ठाकुर पक्षधर मानिनु भएका उहाँ अहिले पनि राजपा नेपालका जिल्ला संयोजक हुनुहुन्छ ।

सुरेश मण्डल
सिरहाबाट प्रदेशसभा सदस्य जित्नु भएका सुरेश मण्डल राजपा नेपालका सहमहामन्त्री पनि हुनुहुन्छ । वामपन्थी विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा शुरु गर्नुभएका सुरेश मण्डल मण्डल अखिलबाट सिरहा क्याम्पसमा राजनीतिक शुरु भएको थियो ।

 हुन त उहाँ आठ कक्षामा नै अध्ययन गर्दा स्कूलमा विद्यार्थी संगठन निर्माणमा लाग्नु भएको थियो । भन्नुपर्दा उहाँ स्कूले जीवनबाट राजनीतिकमा लाग्नुभएको थियो भन्दा गलत हुँदैन । सिरहा क्याम्पसबाट ब्याचलर सकाएपछि एमएड पढ्न काठमाडौ आउनु भएका उहाँ यसरी फूल टाइमर राजनीतिक कार्यकर्ता बन्छु भनि सोच्नु नै भएको थिएन ।

अखिलबाट राजनीतिक शुरु गर्नुभएका उहाँ काठमाडौ अध्ययनका लागि आएपछि अखिल विद्यार्थीकै संगतमा लाग्नु भएको थियो । त्यतिबेला मधेशको राजनीतिक शुरु भएको थिएन । मधेशी जनअधिकार फोरम नेपाल काठमाडौमा आएर कार्यक्रम गर्न थालेपछि सक्रिए भए जस्तो देखिएको थियो त्यसपछि विस्तारै विस्तारै उहाँ त्यतितिर लाग्नुभएको थियो । किर्तिपुर अध्ययन गरिरहेको बेला उहाँ पत्रकारितातिर पनि ढल्किनु भएको थियो । केही दिन पूर्वसाप्ताहिकमा पनि काम गर्नुभयो । तर, काम गर्दै गर्दाको अवस्थामा फोरम नेपालका विद्यार्थी संगठनमा सहभागी भएर उहाँ काम गर्न शुरु गर्नुभएको थियो ।


शुरुमा विद्यार्थीको उपाध्यक्ष बन्नुभयो । पछि अध्यक्ष नै हुनुभयो । त्यही बेला मधेश आन्दोलन शुरु भयो । पहिलो मधेश आन्दोलनपछि भाग्यनाथ गुप्तालगायतका नेताले फोरम नेपाल विभाजित गरेपछि सुरेश मण्डलपनि उतैतिर लाग्नुभयो । उपेन्द्र यादवको साथ छाडेर उहाँ भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल र रामकुमार शर्माको साथमा जानुभयो । पछि जितेन्द्र सोनल र रामकुमार शर्माले भाग्यनाथ गुप्ताको साथ छाडेर तमलोपामा जानुभयो । उहाँहरुको साथमा सुरेशमण्डल पनि तमलोपामा जानुभयो । सुरेश मण्डल त्यहाँ विद्यार्थीको अध्यक्ष बन्नुभयो ।

 विद्यार्थी अध्यक्ष रहेकै बेला दोस्रो सविधानसभा चुनावमा भाग लिनुभयो । यद्यपी उहाँ जित्नुभएन । चुनाव नजिते पनि उहाँ पार्टीमा सक्रिय रहनुभयो । तमलोपाको महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य चुनिनुभयो । जब कि उहाँले सहमहामन्त्रीका लागि उम्मेदवारी दिनुभएको थियो । केन्द्रीय सदस्य दिएकोमा उहाँ पार्टीमा निकै असन्तुष्ट हुनुभयो । पार्टी असमावेशी रहेको भन्दै उहाँले लेख रचना तथा समाजिक सञ्जाल फेसबुकबाट निकै विरोध गर्नुभयो ।

अन्ततः उहाँ सहमहामन्त्री बन्नुभयो । सहमन्त्री बनेपछि उहाँ स्थानीय तहको चुनावमा भाग लिने सोच बनाउनु भएको थियो । तर, पछि उहाँले आफन्तहरुको सल्लाहले गर्दा चुनाव लड्नु भएन । प्रदेशसभामा चुनाव लड्दा उहाँ जित्नुभयो । अहिले उहाँ प्रदेश २ को उद्योग राज्यमन्त्री हुनुहुन्छ ।

डा.डिम्पल झा
डा.डिम्पल झाका श्रीमान राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट अलग भएर संघीय सद्भावना पार्टी खोलेपछि सक्रिय हुनुभएको थियो । उहाँ त्यतिबेला त्यतिकै सक्रिय हुनुभएको थिएन । २०७० को दोस्रो सविधानसभा चुनावमा भाग लिएपछि संघीय सद्भावना पार्टीले एउटा सीट समानुपातिकमा पाउनु भएको थियो । समानुपातिकमा एउटा सीट पाएपनि उहाँले सो सीट आफ्ना श्रीमतीलाई दिनुभएको थियो । समानुपातिकमा सांसद भएपछि डिम्पल झा राजनीतिकमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँ आयुर्वेदका डाक्टर हुनुहुन्थ्यो । उहाँको सरकारी जागिर थियो । समानुपातिक हुने भएपछि उहाँले जागिरबाट राजिनामा दिनुभयो । समानुपातिक सदस्य भएपछि उहाँ राजनीतिकमा सक्रिय हुनुभएको थियो । उहाँका श्रीमान अनिल कुमार झा सद्भावना पार्टीबाट अलग भएपछि संघीय सद्भावना पार्टी गठन गनुभएको थियो ।

डिम्पल झा भारतका हुनुहुन्छ । उहाँले अनिल झासँग विहे गर्नुभएको हो । डिम्पल झालाई राजनीतिकमा आगाडी बढाउनमा श्रीमान अनिल झाको ठूलो हात रहेको छ । डिम्पल झाले जेजति गर्नुभएको छ ती सबै अनिल झाको सहयोगले गर्नुभएको छ । डिम्पल झाको काठमाडौको लैनचौरमा आफ्नै घर छ ।

उहाँका एउटा छोरी र एउटा छोरा छन् । केही वर्षपहिले उहाँको छोरीले आत्महत्या गरेकी थिइन् । श्रीमतीलाई समानुपातिक कोटामा सभासद् बनाएपछि त्यतिबेला पनि अनिल झाको निकै आलोचना भएको थियो । पार्टी र पार्टीभित्र अनिल झाको आलोचना भएपछि डिम्पल झा राजनीतिक सक्रिय भएर देखाउनु भएको थियो ।

त्यसपछि डिम्पल झा अनिल झाको छायाँ जस्तै हुनुभयो । डिम्पल झा अनिल झाको व्यक्तिगत जिवनमा मात्र होइन, राजनीतिक जीवनमा पनि जिवन संगनी हुनुभयो । दुवैजना जहाँ जहाँ जानु हुन्थ्यो सँगै जानु हुन्थ्यो । चाहे जिल्ला जानु परोस् वा काठमाडौमा बस्नु पर्यो दुवैजनासँगै हुन्थ्यो । भारत जाँदा पनि उहाँ दुवैजना सँगै जानु भयो । त्यहाँ कुनै नेतासँग भेट्नु पर्यो भने सँगै भेट्ने गर्नुहुन्थ्यो ।

संघीय सद्भावना पार्टीमा उहाँ प्रवक्ता हुनुहुन्थ्यो । छवटा मधेशवादी दल मिलेर राजपा नेपाल बनेपछि उहाँ सो पार्टीको पनि प्रवक्ता हुनुभएको थियो । अनिल कुमार झा आफू रौतहटबाट प्रतिनिधिसभा सदस्यको चुनाव जित्नुभएको छ । डिम्पल झा समानुपातिकमा प्रदेश सांसद भएरपछि उहाँको क्षेत्र र केन्द्रमा पनि केही दिन आलोचना भयो । अहिले राज्यमन्त्री भएपछि झन आलोचना शुरु भएको छ । डिम्पल झा अनिल झाको श्रीमती भएकै कारणले आलोचना भइरहेको छ । यदि श्रीमती नभएको भए सायद कुनै आलोचना हुने थिएन । पछिल्लो समय डिम्पल झा पनि राजनीतिकमा निकै सक्रिय हुनुभएको छ । मधेश आन्दोलनदेखि पार्टीको हरेक गतिविधिमा उहाँ निकै सक्रिय भएर राजनीतिकमा लाग्नुभएको छ ।

अभिराम शर्मा
महोत्तरीबाट प्रदेशसभा सांसद हुनुभएका अभिराम शर्मा समाजिक विकास राज्यमन्त्रीमा शपथ लिनु भएको छ । राजपा नेपालको महोत्तरीको संयोजक समेत रहनु भएका उहाँ मधेश आन्दोलनमा निकै सक्रिय हुनुहुन्थ्यो । तमलोपाका समेत जिल्ला अध्यक्ष रही सक्नुभएका उहाँ मधेशमा युवा नेतामध्येका मानिन्छ । मधेश आन्दोलनको क्रममा थमन विकको हत्या भएको थियो । त्यो हत्यामा अभिराम शर्मालाई समेत मुछेको छ । प्रहरीको वान्टेड सूचीमा रहनु भएका अभिराम शर्मालाई राज्यमन्त्रीमा पार्टीले सिफारिस गरेपछि अहिले उहाँको निकै चर्चा भइरहेको छ ।

अभिराम मधेस आन्दोलनमा सक्रिय भएर लाग्नु भएको थियो । त्यतिबेला जलेश्वरमा घाइते भएका प्रहरी हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप उहाँमाथि छ । अदालतले उहाँलाई पक्राउ गर्ने आदेश समेत दिएको छ । प्रहरीले उहाँलाई खोजिरहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..