» » ओलीको बोली अब प्रदेश २ को प्रदेशसभामा गुन्जिने


प्रधानमन्त्री केपी शर्मा ओली भदौ २ गते मधेश पस्ने तयारी भएसँगै उहाँको विरोध शुरु भएको छ । प्रदेशसभाका सांसद एवं राजपा नेपालका सांसद उपेन्द्र महतो र सोही दलका महासचिव एवं प्रदेशसभा सासंद मनिष सुमनले विरोध गर्नुभएको छ । मधेशसँग राम्रो सम्बन्ध नरहेको प्रधानमन्त्री केपी शर्मा ओली मधेश जाने भएपछि चर्चाको विषय बनेको छ । उहाँ प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्नुको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीको साथमा अर्का अध्यक्ष प्रचण्ड पनि बरमझिया जाने हुनेछ । 

पाँच वर्षपछि प्रधानमन्त्री ओलीको यो पहिलो औपचारिक मधेश भ्रमण हो । २०७० पछि औपचारिक रुपमा भदौं २ गते मधेश जाने भएपछि त्यसलाई विशेष बनाउनका लागि पार्टी पंक्ति लागि परेका छन् । मधेशप्रति तिखो टिका टिप्प्णीका कारण उनी त्यहाँ विवादमा परेका थिए । विवादमा परेको कारण उहाँ मधेश प्रदेशका ८ वटा जिल्लामा कहिल्यै प्रवेश गर्न सक्नुभएन ।

आन्दोलनको बेला पनि उहाँ मधेशमा गएर कार्यक्रम गर्ने तयारी नगरेको होइन । त्यसका लागि निकै प्रचार प्रसार भएको पनि थियो । तर, मधेशवादी दलका नेता तथा कार्यकर्ताको चेतावनीका कारण उनी कहिल्यै मधेश छिर्न सकेका थिएनन् । २०७३ फागुन २३ गते मेची महाकाली अभियान लिएर केपी शर्मा ओली जवर्जस्ती सप्तरी पसेका थिए । सुरक्षा निकायदेखि हरेक क्षेत्रबाट ओलीलाई सप्तरी नजान आग्रह गर्दा गर्दै जवर्जस्ती गएपछि त्यहाँ पाँचजनाको ज्यान गएको थियो ।

२०७० पछि २०७५ बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएको बेला प्रधानमन्त्री जनकपुर पुग्नुभएको थियो । त्यो दिन पनि अ‍ोलीको विरोध हुने तयारी थियो त्यहाँ । तर उहाँ हेलिकप्टरबाट उच्च सुरक्षा घेरामा रहेर जानकी मन्दिर पुग्नुभएको थियो । मोदीसँग जानकी मन्दिरमा समय विताएका ओली जानकी मन्दीरबाट नै काठमाडौ फर्किनु भएको थियो ।

२०७१ पुस २१ गते सरकार र तत्कालिन मधेशी मोर्चाबीच बालुवाटारमा वार्ता चलिरहेको बेला प्रधानमन्त्री अ‍ोलीसँग विवाद भएपछि सम्बन्ध चिसिएको थियो । त्यसपछि ओलीले मधेशप्रति लगातार व्यग्यं गर्नुभएको थियो । त्यसपछि विवाद बढ्दै गयो र ओलीका लागि मधेश निषेधित क्षेत्र नै भयो । ओलीका लागि मात्र नभएर मधेशमा एमालेका नेता र उसको पार्टी कार्यालयहरु पनि मधेशी नेता तथा कार्यकर्ताको ‘टार्गेट’ मा पर्यो ।
तर, ओली पनि के कम । ओलीले पनि मधेशको बारेमा आफ्नो उखान टुक्कामार्फत जिस्काई रहनुभयो ।

ओलीलेले २०७२ असोज १७ गते अर्को अभिव्यक्ति दिए ‘माखे साङ्लो’ । मधेश आन्दोलनको क्रममा ५४

जनाभन्दा बढीको मृत्यु हुँदा ओलीले ‘दुई चारवटा आँप झरेर केहि हुदैन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्ति त्यो बेला दिनुभएको थियो जुनबेला मधेशमा प्रहरीको गोलीबाट मान्छे मारिरहेको थियो ।

ओलीको त्यो अभिव्यक्तिले मधेशी जनता झन आक्रोशित भएको थियो ।  तत्कालिन एमालेका नेता र अहिलेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो ट्वीटमा ‘जस्ता काला मान्छे, त्यस्तै कालो दिवस मनाउदै छन्’ भनि लेखेका थिए । तत्कालिन एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि ‘आफूले लगाउने धोती जस्तै प्रदेश मागेको’ भनि अभिव्यक्ति दिनुभएको थियो । यसरी तत्कालिन एमालेका नेताहरुबाट मधेशको बारेमा एकपछि अर्को अभिव्यक्ति आउन थालेपछि मधेश झन उत्तेजित भएको थियो ।

अ‍ोली पहिलो पटक प्रधानमन्त्री नियुक्त भएको बेला नेपाल–भारत सीमा नाकामा नाकाबन्दी थियो । मधेशी नेताहरु सीमामा धर्ना बसेका थिए र आन्दोलन चर्केको थियो । ती मधेशी नेताहरुलाई फकाउनका लागि अ‍ोलीले निकै प्रयास गरे । त्यति नै बेला ओलीले राजेन्द्र महतोलाई फोन गरेर बोलाउँदा आन्दोलन छाडेर उहाँलाई भेट्न रातारात बालुवाटार छिर्नुभएको थियो । त्यसबेला मधेशमा महतोको निकै टिकाटिप्पणी भएको थियो ।
ओलीले प्रधानमन्त्री हुँदा मधेशवादी दलसँग ३६ पटक वार्ता गरेका थिए । तर, सहमति हुन सकेको थिएन ।

वार्ताका प्रकृया चलिरहेकै बेला ओली नेतृत्वको सरकार ढल्यो र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । मधेशवादी दलले नै आफ्नो नेतृत्वको सरकार ढालेको भन्दै ओली मधेशप्रति झन कडा हुनुभयो । सविधान संशोधनको मुद्दा लिएर आन्दोलन गरिरहनु भएका मधेशी दल र एमाले आमुने सामुने भयो ।

प्रचण्ड नेतृत्वको सरकारले सविधान संशोधनको मस्यौदा तयार गरेपछि एमालेले त्यसको खुलेर विरोध गर्यो । ती मस्यौदालाई राष्ट्रिय अखण्डतासँग जोडेर विश्लेषण पनि गर्यो । सविधान संशोधन कुनै पनि हालतमा हुन नदिने एमालेले घोषणा नै गर्यो । संशोधनका लागि पटक पटक प्रयास भयो । अन्ततः स्थानीय चुनावको समयमा आएर संसदमा लगेर संशोधन विधेयकलाई विसाउने काम भयो । जसमा तत्कालिन एमालेको मुख्य भूमिका थियो भने कुरा मधेशी नेताहरुले निष्कर्ष निकाल्नुभएको थियो । त्यसपछि मधेशमा ओलीको झन विरोध हुन थाल्यो ।

अहिले माहोल अहिले सुध्रिएपछि उनी मधेश पस्न लाग्नुभएको हो । राजपा नेपालले माग गरे बमोजिम प्रदेश २ का सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मालाई आदालतबाट साधारण तोरखमा रिहाय गर्न लगाउनुभयो भने केही दिन पहिले जनकपुरका केही उद्योगी व्यवसायीलाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..