काठमाडौ साउन १९ । मिथिला कला सँस्कृतिलाई प्रचार प्रसार गर्नका लागि आजदेखि मिथिलायें आर्ट ग्यालेरीमा मिथिला चित्रकाला प्रदर्शन गरिएको छ ।
नेपाल तथा भारतका १८ जना कालाकारको चित्रकाला प्रदर्शनमा राखिएको छ । यो चित्रकाला प्रदर्शनीले नेपाल भारतको सम्बन्धलाई बलियो बनाउनुको साथै नयाँ नयाँ कलाकारको प्रचार प्रसार पनि हुने ग्यालेरीका प्रमुख श्यामसुन्दरले बताउनुभयो ।
चित्रकला प्रर्दशनीको उद्घाटन नेकपाका नेतृ एर्व प्रतिनिधिसभा सदस्य बोधमाया यादवले गर्नुभएको थियो भने विशिष्ट अतिथी डा.रामदयाल राकेश हुनुहुनुन्थ्यो ।्
ग्यालरीमा आरधना चौधरी, वविता गरु, जुली साह, फुला साह, सरस्वती साह, सुलोचना साह, उर्मिला यादव, वविता साह, सोनु निसान्त, अञ्जली साह, बबी मिश्र, मुन्नी खातुन, रेणु कर्ण, सुलेखा साह, सुनिता शर्मा, बन्दना सिंह, सीमा निसान्त र रन्जिता झाको चित्रकाला प्रदर्शनीमा रहेको छ ।
No comments: