» » प्रदेश सरकारले चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउने

धनुषा साउन १६ गते । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार मानव अधिकार संरक्षणको लागि प्रतिवद्ध रहेको बताउनु भएको छ ।

इन्सेकले आयोजना गरेको २४ औ प्रकाश मानव अधिकार पुरस्कार २०७४ प्रदान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजिक न्यायको लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकोले प्रदेश सरकार चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको बताउनु भयो ।

समाजिक विकृतिहरुले मानव अधिकारलाई चुनौति दिदै आएको उल्लेख गर्नु हुँदै उहाँले समाजिक विकृति अन्तको लागि महिलालाई शिक्षित हुनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘ महिला शिक्षित नभए सम्म समाजिक विकृति अन्त हुन सक्दैन त्यसैले प्रदेश सरकार  ‘बेटी पढाउ,बेटी बचाउ अभियानलाई प्राथमिकतामा राखेर अघि बढेको छ । ’

मानव अधिकार आयोग समावेशी नभएकै कारण आयोगको काम कर्तव्य प्रति प्रश्न उठने गरेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मानव अधिकार आयोगलाई समावेशी बनाउन सम्बन्धित पक्ष संग आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा मुख्यमन्त्री राउतले २४ औ प्रकाश मानव अधिकार पुरस्कार २०७४ रौतहटका मानवअधिकार कर्मी मो। मकसुद राँकीलाई प्रदान गर्नु भएको हो ।

इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, राष्ट्रपतिका मानवअधिकार सल्लाहकार सुशिल प्याकुरेल सहितको उपस्थिति रहेको थियो 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..