» » पसलमा चोरी गर्ने दुईजना पक्राउ

राजविराज, साउन १६ गते । सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–४ का १९ वर्षीय भगवतीकुमार राम र रुपनी गाउँपालिका–९ का २० वर्षीय रामकुमार मण्डल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

दुवैजनाले राजविराज–४ स्थित एउटा होटलबाट विभिन्न पेय पदार्थसहित रु ३५ हजार तथा सोही स्थानमा रहेको मोबाइल पसलबाट रु दुई लाख मूल्य बराबरका मोबाइल र एलसिडि टेलिभिजन चोरी गरेका थिए ।

होटल तथा पसल सञ्चालकले गरेको उजुरीको आधारमा दुवैजनालाई चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..