» » प्रदेश सरकारद्वारा बकरिदको अवसरमा विदा, एकै दिन १८ विधेयक पारित

जनकपुरधाम, भाद्र ४ । प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद–ऊल–जोहा ९वकरिद०को अवसरमा भाद्र ६ गते बुधवार सार्वजनिक विदा दिने घोषणा गरेका छन ।


आज बसेको मन्त्री परिषदको बैठकले भाद्र ६ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
त्यसै गरि मन्त्री परिषदले ३ वटा विधेयकलाई पारित गरेको छ भने १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

मन्त्री परिषदले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक, कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक र प्रदेश सभा सचिव नियुक्ति सम्बन्धि विधेयक पारित गरेको छ । त्यसै गरि मन्त्रीपरिषदले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्बन्धि ५ वटा, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्बन्धि ९ वटा र आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्बन्धि १ वटा विधेयक लाई सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ।

मन्त्री परिषदले सैद्धान्तिक सहमति प्रदान गरेको विधेयकहरुमा प्रदेश सवारी यातायात व्यवस्थापन सम्बन्धि विधेयक, प्रदेश सडक निर्माण मर्मत सम्बन्धि विधेयक, प्रदेश सहरी विकास सम्बन्धि विधेयक, प्रदेश जलस्रोत उपयोग तथा व्यवस्थापन सम्बन्धि विधेयक, प्रदेश विद्युत सम्बन्धि विधेयक, प्रदेश भूमि व्यवस्थापन सम्बन्धि विधेयक, प्रदेश सहकारी सम्बन्धि विधेयक, प्रदेश प्राङ्गारिक कृषि सम्बन्धि विधेयक, प्रदेश पशु सेवा तथा पशु स्वास्थ्य सम्बन्धि विधेयक, प्रदेश जिवनाशक विषादी सम्बन्धि विधेयक , प्रदेश विउविजन सम्बन्धि विधेयक, प्रदेश जलचर संरक्षण सम्बन्धि विधेयक, प्रदेश सुकुम्वासी आयोग सम्बन्धि विधेयक, प्रदेश गुठी सम्बन्धि विधेयक र सुनचाँदी पसलको नियमन अनुगमन सम्बन्धि विधेयक रहेको छ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..