» » स्थानीय तहको बारेमा राजपा प्रमुख र उपप्रमुखसँग छलफल गर्दै

काठमाडौं भदौ ११ गते । राष्ट्रिय जनता पार्टी (राजपा( नेपालले आज पार्टीको तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गरिरहेका छन् ।

बबरमहलस्थित पार्टी कार्यालयमा भइरहेको छलफलमा करको विषयमा  धारणा राखिरहेका छन् ।

स्थानीय तहले जथाभावी कर लगाउँदा सरकार तथा पार्टीको आलोचना हुन थालेपछि राजपा नेपालले त्यस बारेमा जानकारी लिन  स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौ बोलाएर छलफल गर्न लागेको हो ।

२५ वटा स्थानीय तहमा राजपा नेपालले जितेको छ । जसमा एक उपमहानगरपालिका सहित १४ वटा नगरपालिका ११ वटा गाउँपालिकामा राजपाको नेतृत्व छ । यस्तै ३० स्थानीय तहमा  राजपाका उपप्रमुख रहेका छन् ।  १७ वटा नगरपालिका र १३ वटा गाउँपालिका राजपाको तर्फबाट उपप्रमुख रहेका हुन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..