» » नेपाल र भारतका कालकारले मिथिला पेन्टिङ् प्रदर्शन गर्ने

काठमाडौ साउन १६ गते । मिथिला कला, सँस्कृतिको सम्वद्र्धन र विकासका लागि मिथिलायें आर्ट ग्यालेरीमा सामूहिक मिथिला पेन्टिङ्ग प्रदर्शन हुने भएको छ ।

नेपाल तथा भारतका मिथिला पेन्टिङ्ग गर्ने कलाकारहरुले आआफ्नो पेन्टिङ्ग प्रदर्शन गरिने ग्यालेरीका प्रमुखका श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

पेन्टिङ प्रदर्शनीमा नेपालका सिरहा र जनकपुरका १३ जना र भारत विहार मधुवनीका सात जना कलाकारको पेन्टिङ प्रदर्शनीमा राखिने बताइएको छ ।

मधुवनीका सोनु निशान्त, सीमा निशान्त, वविता साह, रन्जित झा, बन्दाना सिंहको सहभागीता रहनेछ भने नेपालबाट आराधाना चौधरी, फुलो साह, मुनी खातुन, रेणु कर्णलगायतको सहभागीता रहने बताइएको छ ।

साउन १९ गते उद्घाटन हुने सो प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभा सदस्य बोधमाया यादवले गर्नुहुन्छ भने आतिथिको रुपमा सँस्कृतिविद डा.रामदयाल राकेशको उपस्थिति रहने कलाकार श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

यसअघि उहाँले चुरे संरक्षणको उद्देश्यका पेन्टिङ प्रदर्शनी गर्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..