» » नेपाल–भारतको बोर्डरका लागि परिचयपत्र लागु हुने

अन्ततः नेपाल र भारतको बोर्डरमा दुई देशका जनताले आआफ्नो देशको परिचयपत्र देखाउनुपर्ने भएको छ । सीमा वारपार गर्न दुई देशको सरकारले तय गर्ने परिचयपत्र देखाएपछि मात्र आउ जाउ गर्न पाउने बताइएको छ । यो कुरा दुई देशको प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनमा पनि उल्लेख छ । साउन १५ गते दुई देशको थिंक ट्यांकको सम्मेलन काठमाडौमा सम्पन्न भएको छ सो सम्मेलनबाट यो विषयको खुलासा भएको हो । यसको खुलासा सो समूहमा रहेका एकजना सदस्य राजन भट्टराईले गर्नुभयो ।

सो सम्मेलनमा नेपाल भारतको विभिन्न विषयमा बहस चलेको थियो । र, बहसमध्ये यो पनि एउटा विषय थियो । भारत नेपालको सुरक्षा अवस्था, विकासको अवस्था, दुई देशबीचको सम्बन्ध, चीनको चासो, सीमा सुरक्षा, व्यपार व्यवसायी, सन्धी सम्झौता लगायतको विषयमा बहस भएको थियो । त्यसमा नेपाल र भारतका प्रबुद्ध वर्ग (थिंक ट्यांक) ले आआफ्नो धारणा राख्नुभएको थियो । सुरक्षा संवेदनशिलतमा सबैले चासो लिएका छन् ।

त्यस कार्यक्रममा दुवै देशका अवकाश प्राप्त सैनिकहरुले समेत भाग लिएका थिए । उहाँहरुले आआफ्ना विभिन्न तर्कहरु दिएका छन् । कतिपयले भारतका लागि नेपालको बार्डर सुरक्षा चुनौति बनेको छ । यसमा नेपालले अझै संवेदनशिल हुनुपर्ने भनेका छन् भने कसैले बार्डरमा निगरानी अझै बढाउनुपर्ने भनेका छन् ।

त्यसमा बोर्डरमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने कुरा पनि उठेको छ । तेस्रो सत्रको अध्यक्षता गरिरहेका राजन भट्टराई जो नेकपाका नेता र प्रवुद्ध समुहका सदस्य पनि हुनुहुन्छ । उहाँले नेपाल–भारतको सीमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो । भूराजनीतिमा सुरक्षा दुविधा व्यवस्थापन विषयमा बोल्दै उहाँले भन्नुभयो, हवाई जहाज चढेर भारत जाँदा एयरपोर्टमा पासपोर्ट देखाएर जानुपर्ने तर बसमा वा अन्य साधानबाट भारत छिर्दा परिचयपत्र किन नदेखाउनुपर्ने, सरकारले यसको व्यवस्था गर्नुपर्छ मेरो सुझाव हो ।’

नेपाल–भारत सीमा सुरक्षाका लागि परिचयपत्रको व्यवस्था गर्ने चर्चा चलिरहेको बेला भट्टराईको यस्तो धारणा आएको हो । मधेश राजनीतिकका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि राजन भट्टराईले यस्तो जवाफ दिनु भएको थियो । यसैबीच, भारतका सुरक्षा सम्बन्धि अध्ययन गर्ने एक संस्था इन्स्टिच्युट फर डिफेन्स स्टडी एण्ड एनालाइसिसका रिसर्चर डा.निहार नायकले नेपालमाथि भारतले नाकाबन्दी नलगाएको दावी गर्नुभयो । 

नेपाल भारतको विभिन्न नाकामध्ये वीरगञ्ज–रक्सौल नाकामा मात्र धर्ना बसेको कारण नाकाबन्दी जस्तो देखिएको त्यसलाई नाकाबन्दी भन्न नहुने उहाँले दावी थियो । नेपाल भारतको सम्बन्ध केही तलमाथि भएको होला विभिन्न कारणले तर नेपालले भारतमाथि नाकाबन्दीको आरोप लगाउनु गलत भएको उहाँको दावी थियो ।
 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..