» » वीरगञ्जको यतायात कार्यालय प्रदेश सरकारको मातहत

पर्सा साउन १८ गते । यातायात व्यवस्था कार्यालय वीरगञ्ज औपचारिक रुपमा प्रदेश नम्बर २ को सरकारको मातहतमा आएको छ ।

प्रदेश सरकारका भौतिक पुर्वाधार एवंं यातायात मन्त्री जितेन्द्र सोनलले आज एक समारोहका बीच सो कार्यालयको उद्घाटन गर्नु भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले सवारी करमा प्रदेश सरकारद्वारा एक रुपैयाँ पनि वृद्धि नगरेको दावी गर्नुयभो ।

यसरी विभिन्न कार्यालयहरु प्रदेश सरकारको मातहतमा आउनु मधेश आन्दोलनको उपलब्धी भएको बताउँदै उहाँले संघीयतालाई सुदृढ र अधिकार सम्पन्न बनाउने तर्फ प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

यसरी नै सुरक्षा, राजस्व एवं प्रशासनिक तथा सेवा प्रदायक कार्यालय एवं कर्मचारीहरु प्रदेश सरकारका मातहत हुनु पर्ने हो। सार्थक एवं अधिकार सम्पन्न प्रादेशिक सरकारको लागी प्रादेशिक सरकार एवं यहाँका जनता निरन्तर संघर्स एवं दवाब जारी राख्नु पर्छ।

अन्य प्रदेशमा रहेका मधेसी थारु लगायतका वर्गमाथी अवैज्ञानिक र अव्यवहारिक रुपले लादिएको सिमांकनलाई संसोधन गर्न एवं अन्य अधुरा अपुरा अधिकारको लागी अर्को संघर्षको आवश्यक रहेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..