» » सिगांपुरको भ्रमणपछि प्रचण्ड भारत र चीनतर्फ

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ आफ्ना श्रीमती सीता दाहालको उपचारका लागि किन न थाइल्याण्ड गएको होस् तर त्यसको राजनीतिक उद्देश्य पक्कै थियो ।

 पछिल्लो समय नेपालका नेताहरु शक्ति केन्द्रसँग छलफल गर्न थाइल्याण्डलाई गन्तव्य बनाएको छ ।


शुरुमा प्रचण्डले आफ्ना श्रीमतीलाई उपचार गराएर फर्केपछि माधवकुमार नेपाल, उपेन्द्र यादव, मातृका यादव पनि पुगेर फर्कि सक्नु भएको छ भने अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उतै हुनुहुन्छ । उहाँ भदौं २ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

नेताहरु अनेक बाहानामा थाइल्याण्डको यात्रा गरिरहेका छन् । कसैले उपचार भनेको छ भने कसैले कार्यक्रम भनेको छ । त्यही शिलशिलामा नेताहरुको दौडा सिंगापुर अर्थात थाइल्याण्ड भइरहेको छ ।

प्रचण्ड थाइल्याण्डबाट फर्के लगतै भारत र चीनको भ्रमण गर्ने तयारीमा लाग्नु भएको थियो । अन्ततः उहाँ भारत र चीन जाने मिति पनि तय गर्नुभएको छ । भदौ २२ गतेदेखि २७ गतेसम्म भारतको भ्रमण गर्नु हुन्छ भने असोज १ गतेदेखि चीनको भ्रमण गर्नुहुनेछ । हुनत अध्यक्ष प्रचण्डले भदौ पहिलो साताबाट भारत र चीनको भ्रमणमा निस्किने तयारीमा थिए । तर पहिला कुन देश जानेमा अन्योल थियो । उहाँलाई दुवै देशको भ्रमण गर्ने निमन्त्रणा आएको थियो । तर, पहिला कुन देशको भ्रमण गर्ने तय हुन नसक्दै चीनले त्यसको तयारीमा जुटेको थियो ।

अध्यक्ष प्रचण्डलाई अगस्तको पहिलो हप्ता चीनको भ्रमण गराउने भनि तयारी जुटेको थियो । यसैबीचमा भारतले पनि प्रचण्डलाई भारतको भ्रमण पहिले गराउने लविगंमा लाग्यो । भारतीय जनता पार्टीका महासचिव राम माधव साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई भेटेर भारत भ्रमणको विषय तय गरेको थियो ।

भारतीय सरकारका लागि थिंक ट्यांकको रुपमा काम गरिरहेको इण्डिया फाण्डेशनका निर्देशक समेत रहेका राम माधवले अध्यक्ष प्रचण्डलाई भेटेर भारतको भ्रमणको औपचारिक निमन्त्रणा दिएको बताइन्छ । पहिलादेखि भारत जाने तय नै थियो तर पहिला चीन जाने कि भारत त्यसमा कुनै निर्णय भएको थिएन । भाजपाका महासचिव माधवले भेटेर भारतको भ्रमण गर्न आग्रह गरेपछि प्रचण्डको पहिलो भ्रमण भारत हुने तय भएको थियो ।

यसै विषयमा साउन १५ गते भाजपाका महासचिव राम माधव र नेकपाका स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवबीच पनि छलफल भएको थियो । महासचिव राम माधवको आगमनमा नेपालस्थित भारतीय दूतावासले साउन १४ गते राती डिनर पाटीको आयोजना गरेको थियो । सो पार्टीका नेपालका प्रमुख दलका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

यसरी नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहिलो भ्रमण चीनको गर्ने तयारीमा लाग्नुभएको थियो । चीनको भ्रमण गर्ने भनि लगभग तयारी अन्तिम चरणमा पुगेको थियो । त्यही बीचमा भारतले एकतर्फि रुपमा प्रधानमन्त्री ओलीका लागि भारत भ्रमणको मिति तय गरको थियो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि चीन जानु भएको थियो । उताबाट छलफल गरेर फर्किने दिन नै भारतले प्रधानमन्त्री ओली भ्रमणको मिति तय गरेको थियो ।

भारतले मिति तय गरेपछि नेपाल सरकारमाथि एक प्रकारको दवाव परेको थियो । र, बाध्य भएर चीनको भ्रमण स्थगित गरि प्रधानमन्त्री ओली चैत २३ गतेदेखि २५ गतेसम्म भारत भ्रमणमा जानुभएको थियो । त्यति मात्र होइन, प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा भारतका प्रधानमन्त्री मोदको नेपाल भ्रमणको मिति तय गरेको थियो । जब कि त्यति बेलासम्म भारतका प्रधानमन्त्री मोदीलाई नेपालको भ्रमण गराउने सोच कसैको बनेको थिएन ।

भारतले मोदीको भ्रमण एकतर्फी रुपमा तय गरेपछि प्रधानमन्त्री ओलीले चीनको भ्रमणलाई पछि सार्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..