» » अनिल झाद्धारा लालबकैया नदीमा भएको दुर्घटनाको बारे छानविन गर्न माग

काठमाडौ भदौं १० गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले रौतहटको लालबकैया नदीमा भएको दुर्घटनाको बारेमा छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

संघीय संसदमा बोल्नु हुँदै अध्यक्ष झाले शनिवार साँझ लालबकैया नदीमा भएको डुगां दुर्घटनामा ४० जना हाताहाती भएको र त्यसमध्ये अझै पाँचजना बेपत्ता रहेको धारणा राख्नुभयो ।

पाँचजनामध्ये कोही फेला नपर्नुमा उनीहरु जिवित छन् कि छैनन् शंकाको अवस्था छ, उनले भने, यदि मृत फेला पर्यो भने उनीहरुलाई राहत दिनु माग गर्दछौं । मृतक परिवारलाई १०–१० लाख दिन माग गर्दछौं ।’ 

संसद शुरु भएदेखि लालबकैया नदीको पुलको बारेमा कुरा उठाउँदै आएको धारणा राख्दै उहाँले २०७० सालमा पुलको निर्माण कार्य शुरु भएको थियो तर अहिले २०७५ सालसम्ममा तयार हुन नसकेको गुनासो गरे । 

पुल बनाउन शुरु गरेको छ तर यत्रोसम्म बित्दा पनि निर्माण कार्य सम्पन्न भएको छैन तर किन भएन सरकारले नकुनै सोधखोज गरेको छ न कुनै कारवाही गरेको उहाँको गुनासो थियो । लालबकैया नदी सानोतिनो नदी हो त्यो भन्दा ठूलो नदी बागमतीको पनि त्यही अवस्था छ, उहाँले भन्नुभयो, वागमती नदीमा पनि मान्छे मरिरहेको छ । मैले दर्जनौ पटक कुरा उठाए तर जवाफ आएको छैन । कहिलेसम्म पुल बन्छ, कहिलेसम्म मान्छे मरिरहन्छ ?

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..