» » सिरहामा क्यान्सर अस्पताल खुल्ने

काठमाडौं–११ गते । सिरहामा  भरतपुर क्यान्सर अस्पतालको शाखा खोल्न पहल सुरु भएको छ । त्यसका लागि अस्पताले प्रक्रिया सुरु गरेको बताइएको छ ।

स्थानीय समाजसेवी रेणु यादवको पहलमा अस्पतालका उपप्रमुख निर्मल लामिछाने नेतृत्वको टोलीले लहान र आसपासको क्षेत्रमा जग्गा हेर्नुका साथै आवश्यक छलफल गर्नु भएको बताइएको छ ।

 छलफलबाट वस्तीपुरमा शाखा खोल्ने निष्कर्ष निकालिएको बताइएको छ ।  त्यसका लागि त्यहाँका स्थानीय ३० विघा जग्गा उपलब्ध गराउन राजी पनि भएको रेणु यादवले बताउनुभयो ।

यसैबीच यही प्रक्रिया अघि बढिरहेकै बेला अस्पतालले केहि पहिले स्थानीयका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । सो शिविरमा ६५० जनाले स्वास्थ्य परीक्षण गराएको बताइएको छ ।
त्यसमध्ये ६६ जनामा पाठेघरको समस्या थियो भने ८ जनामा आङ खस्ने समस्या । त्यस्तै ८ जना महिलाका पाठेघरमा मासु पलाएको थियो । यस्तै क्यान्सरबाट संक्रमण भएका एकजना पनि फेला परेको यादवले बताउनुभयो ।

शिविरमा स्वास्थ्य जाँच गराएका अधिकाँशको आर्थिक अवस्था राम्रो छैन । त्यही भएर भरतपुर अस्पतालले शिविरमा जाँच गराएका विरामी अस्पतालमा भर्ना भएपछि एक लाखसम्मको छुट दिने प्रतिवद्धता जनाएको रेणु यादवले बताउनुभयो ।

पछिल्लो समय स्थानीयले छिटोभन्दा छिटो सिरहामा क्यान्सर अस्पतालको शाखा खोल्न दवाव दिन थालेको बताइएको छ ।  

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..