» » भ्रण हत्याले लैगिंक असन्तुलन (सम्पादकीय)


अहिले भ्रुण हत्याको घटना बढ्दै गएको कारण लैगिंक असन्तुलन बिग्रिने हो कि चिन्ता बढ्दै गइरहेको छ । भ्रुण हत्या गैरकानुनी हो तैपनि यसको क्रम रोकिएको छैन । नेपालमा गर्भपतनले कानुनी मान्यता पाएपछि गर्भपतन गर्नेको सँख्या बढ्दो छ । आर्थिक वर्ष २०७४÷२०७५ मा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ । तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाई छ ।

महाशाखा अन्तर्गत सुरक्षित मातृत्व शाखाकी प्रमुख डा.पुण्या पौडेलका अनुसार औषधी पसलबाट औषधी किनेर मेडिकल एबोर्सन गर्नेहरुको सँख्या जोड्ने हो भने गर्भपतनको तथ्यांक अझ बढ्नेछ । आफै औषधी किनेर गर्भपतन गर्नेहरुको सँख्या थाह छैन, उनले भनिन्, हरेक औषधी पसलमा उपलब्ध डाक्टर प्रेस्किप्सनविना पनि बेचिरहेका छन् ।
यसबाट प्रष्ट हुन्छ कि भ्रुण हत्याको अवस्था कस्तो भयावह रहेको छ । यो त विभिन्न सरकारी तथा नीजि क्लिनिक र अस्पतालबाट आएको तथ्यांक मात्र हो तर यसबाहेक दुरदराज गाउँघरमा यसको अवस्था झन भयावह छन् ।

 तथ्यांकलाई केलाउने हो भने छोरीको कारण भ्रुण हत्याको सँख्या बढी देखिएको छ । पुरुष प्रधान देशमा छोरीको चाहना नराख्ने दम्पत्तीले लिंक पहिचान गरी गर्भपतन गराउने गरिएको देखिएको छ । आधुनिक प्रवेश तथा पुरुषात्मक समाजका कारण भ्रुण हत्याले गर्दा महिलाको सँख्या दिनदिनै कम हुँदै गइरहेको छ । एक तथ्यांकका अनुसार नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै गइरहेको छ ।


शुरुमा छोरा जन्मिए छोरी जन्मिन्छ कि भनि त्रासले अर्को सन्तान नजन्माउने जमात देखिएको छ । यदि पहिलो पटक छोरी जन्मियो भने दोस्रो सन्तान जन्माउन निकै नै सावधानी अपनाएको हुन्छ । अस्पतालमा गएर लिंक पहिचान गराउँछन् । छोरा छ भने ठिकै छ, छोरी भयो भने गर्भपतन गराउनेको सँख्या अत्याधिक देखिएको छ । छोरा छ फेरि छोरा जन्मन थालेको छ भनि थाह पाएर कसैले गर्भपतन अथवा भ्रुण हत्या गराउनेको सँख्या एकदमै कम देखिएको छ । अर्थात छोराको चाहना बढी हुने भएकाले छोरीको जन्मदर घट्दै गएको हो ।

केन्द्रीय तथ्यांक विभागको २०६८ को राष्ट्रिय जनगणनाका अनुसार १२१ छोरा जन्मिँदा एक सय छोरी मात्र जन्मिने गरेको छ । यो खतरनाक अवस्था रहेको छ । यही अवस्थामा रहदै रह्यो भने छोरालाई बुहारी खोज्न गाह्रो हुन्छ । लैगिक समानता नै खल्बलिन्छ । प्रसूतिगृहको हालैको तथ्यांक अनुसार ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकनुसार आर्थिक वर्ष ०७३÷७४ मा देशभर एक लाख ७७ हजार २५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो ।

त्यस्तै, आर्थिक वर्ष ०७२÷७३ मा एक लाख ८६ हजार ८१७ छोरा जन्मिँदा एक लाख ७३ हजार ४९६ मात्र छोरी जन्मिए । आर्थिक वर्ष ०७१÷७२ मा एक लाख ४७ हजार ४२४ छोरा जन्मिए भने एक लाख ४३ हजार ४१६ मात्र छोरी जन्मिए । हरेक वर्ष चार गर्भधारणमध्ये एउटा गर्भाधारण पतनमा अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र गुटम्याचर इन्स्टिच्युटको रिपोर्टमा उल्लेख छ । ल्यान्सेटमा प्रकाशित सो रिर्पोट अनुसार हरेक वर्ष ५ करोड ६० लाख भ्रुण हत्या हुने गरेको छ ।

तथ्यांक अनुसार विश्वभर सन् १९९० देखि १९९४ मा बर्सेनी ५ करोडले गर्भपतन गरेकोमा सन २०१० देखि २०१४ मा यो सँख्या ५ करोड ६० लाख पुगेको उल्लेख छ । यो धनी देशभन्दा पनि विकासन्मुख देशहरुमा यो सँख्यामा निकै बृद्धि भएको बताइएको छ । जनसँख्या बृद्धि, छोराको चाहना र सानो परिवारको चाहनाले यो सँख्यामा बृद्धि भएको रिपोर्टमा उल्लेख छ । गरिब क्षेत्रमा गर्भपतनको दर बढेको देखिन्छ भने धनी मानिस बसोबास गर्ने क्षेत्रमा भने हरेक १ हजार महिलामा गर्भपतन दर २५ बाट १४ ले झरेको छ ।

गर्भपतनलाई प्रतिबन्ध लगाउने कानूनले गर्भपतनको संख्यालाई घटाउनुको सट्टा असुरक्षित हुने गैरकानूनी गर्भपतन खोज्न मानिसलाई उत्प्रेरित गरेको छ । अध्ययन अनुसार ल्याटिन अमेरिकी मुलुकमा हरेक तीन जनामध्ये एक जनाको गर्भ पतन हुने गरेको छ । यो अवस्था विश्वका अन्य मुलुकको भन्दा विकराल छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..