» » नेपाल बालिका सम्मेलन सम्पन्न

काठमाडौ भदौ २ गते । दोश्रो नेपाल बालिका सम्मेलन २०१८ सम्पन्न भएको छ ।
को प्रदेश २ को राजधानीमा साउन ३१ गतेदेखि भदौ १ सम्म भएको सो सम्मेलनले पाँचबुँदे घोषणापत्र जारी गरेको छ ।
नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्यका साथ भएको सम्मेलन प्रदेश २ का सामाजिक विकास मन्त्रालयको नेतृत्वमा २१ वटा नागरीक सामाजिक संस्थाहरुको सहकार्यमा आयोजना गरिएको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी गराउनुभयो ।

सम्मेलनमा प्रदेश २ का आठ जिल्ला र काठमाडौंबाट गरी ७५० भन्दा बढी बालिका, बालक, स्थानीय जनप्रतिनिधी, प्रदेश सांसद, सरकारी कर्मचारी, गैरसरकारी संस्थाहरु, नागरिक समाज, अभियन्ता, सहयोगी निकाय, संचारकर्मीको सहभागीता थियो ।

कार्यक्रमको अध्यक्ष प्रदेश २ सरकार, सामाजिक विकास मन्त्रालयको सचिव देवी राम भण्डारीले गर्नुभऐका थियो भने प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउत हुनुहुन्थ्यो । आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कमार यादव, अर्थ मन्त्रालयको सचिव डा. किरण रुपाखेती, डिएफआईडी नेपाल प्रमुख रुडिक मार्सडेन, युनिसेफ नेपाल राष्ट्रिय प्रतिनीधि टोमो हाजुमी, युएनएफपिए नेपाल, जनकपुर फिल्ड अफिस प्रमुख डा. नरेन्द्र मिश्र र बालिकाहरुको तर्फबाट सलिता सदा सो सम्मेलनको विशेष अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

सम्मेलनको पहिलो दिन ३१ श्रावण २०७५ प्रदेश २ का आठ जिल्लाबाट ६५ जना स्थानीय जन प्रतिनिधीहरु सित बाल विवाह एवम् दाइजो विषयमा संवाद र पहल कार्यक्रम संचालन गरिएको थियो । त्यस संवाद र पहल कार्यक्रमको अन्त्यमा सबै जनप्रतिनीधिहरुले आफनो आफनो पालिकामा बाल विवाह एवम् दाइजो अन्त्य गर्न विभिन्न प्रतिबधता जाहेर गरेका थिए । उक्त प्रतिबधताहरु स्थानीय जन प्रतिनीधिहरुले सम्मेलनको मुख्य समारोहको उदघाटन सत्रमा सार्वजनिक गरेको थियो । 

सन् २०१४ मा संयुक्त अधिराज्य सरकार तथा युनिसेफले लण्डनमा आयोजना गरेको पहिलो बालिका शिखर सम्मेलन, २०१४ मा नेपाल सरकारको मन्त्री स्तरको प्रतिनिधिमण्डलले भाग लिई बालविवाह, कलिलो उमेरमा हुने विवाह तथा जबरजस्ती विवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो ।

सोहि सम्मेलनको निरन्तरताको रुपमा मन्त्रालयले युनिसेफ नेपाल र अन्तराष्ट्रिय विकास विभाग मार्फत युकेएडको प्राविधिक तथा वित्तीय सहयोग तथा नागरिक समाज संस्थाहरुको साझेदारीमा पहिलो बालिका सम्मेलन २०१६ आयोजना गरिएको थियो । यसैक्रमलाई निरन्तरता दिदै, यस वर्ष २०१८ को अक्टोबर महिनमा राष्ट्रिय स्तरको दोश्रो नेपाल बालिका सम्मेलन २०१८ काठमाडौंमा आयोजना हुन लागेको छ । राष्ट्रिय स्तरको सम्मेलन आयोजना पूर्व प्रत्येक प्रदेशमा प्रदेश स्तरीय नेपाल बालिका सम्मेलन २०१८ पनि आयोजना हुन गई रहेकोछ ।

सम्मलेनमा बाल बालिकाहरु सहित स्थानीय कलाकारहरुले बाल विवाह, दाइजो, महिला हिंसा, बालिका शिक्षा लगायतका विषयमा केन्द्रित विभिन्न मनोरन्जनात्मक र सांस्कृतिक प्रस्तुती गरेका थिए । यस सम्मेलनको प्राविधिक सत्रको रुपमा किशोर किशोरीहरु तथा वयस्क सरोकारवालाहरु बिच बाल विवाह एवम् दाइजो विषयक अन्तरपुस्ता संवाद संचालन भएको थियो ।

उक्त अन्तरपुस्ता संवादमा प्रदेश २ का ८ जना किशोर किशोरीहरु तथा प्रदेश सांसद, स्थानीय जन प्रतिनीधी, अभियन्ता, कानुनविद्, मानवअधिकारकर्मी लगायतका ८ जना व्यस्क सरोकारवालाहरु प्यानलिष्टको रुपमा सहभागी थिए । अन्तरपुस्ता संवादको मोडेरेसन भोरका अध्यक्ष राज कुमार महतोले गर्नुभएको थियो । 

प्रदेश नम्बर २ मा बाल विवाह अन्त्य गर्ने कार्यलाई योजनाबद्ध र सुदृढ तवरले अगाडी बढाउन बाल विवाह अन्त्य गर्न प्रदेश स्तरीय रणनीति तयार गर्नुको साथै यसलाई प्रभावकारी र सफल कार्यान्वयन गर्न कार्यान्वयन निर्देशिका तयार पारी बाल विवाह अन्त्यको कार्य दुर्त गतिमा अगाडी बढाउने निर्णय गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री अभियान बेटी पढाउ, बेटी बचाउको कार्य विधी तयार गरी समुदाय स्तरमा कार्यान्वन गर्नुका साथै प्रदेश २ मा बाल विवाहको प्रमुख जड कारणको रुपमा रहेको दाइजो जस्तो कुप्रथालाई नियन्त्रण गर्न कानुनको प्रभावकारी कार्यान्वन गराउने पनि निर्णय सम्मेलनले गरेको छ ।

बालिका र महिलाको जीवन समृद्धि बिना प्रदेश र देशको समृद्धि सम्भव नभएकोले बालिकाको जीवन रक्षा, सशक्तिकरण र सम्मान रक्षा गर्न प्रदेश २ मा विषेश योजनाहरु ल्याउने र यसको ठोस कार्यान्वन गर्ने सम्मेलनले ठहर गरेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..