–रमिता यादव
हाम्रो समाज एक्काइसौँ शताब्दीमा प्रवेश गरिसकेको छ तर अहिलेसम्म पनि मानिसहरुको सोचमा भने परीवर्तन आउन नसक्नु ठूलो बिडम्बना हो । हरेक साल ठूला ठूला होटल लगायत विभिन्न स्थानहरुमा मार्च महिनाभरी भव्यताका साथ महिला दिवस मनाउने कुरा त हामीलाई ज्ञात नै छ ।
हुन त महिला ,बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि समाजमा जनचेतना जगाउनलाई र समाजलाई शिक्षित बनाउनका लागि विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरु गर्नेगरेका छन् तर त्यो बहस, त्यस्ता कार्यक्रम काठमाण्डौँ लगायत देशका विभिन्न जिल्लाको सदरमुकामसम्म मात्रै सिमित भएको छ ।
अहिले पनि तराई मधेश लगायत अन्य गाउँ ठाउँसम्म यस्ता जनचेतनामूलमक कार्यक्रमहरु लैजाने तयारी गरिएपनि खाने मुखलाई जुँङ्गाले छेक्दैन भने जस्तै को, कहाँ र कसबाट यस्ता कार्यक्रमहरु रोकिन्छन् कसैलाई कानो कान खबर हुँदैन् ।
खास यस्ता जनचेतनामूलक कार्यक्रमहरु गाउँ गाउँसम्म पुग्न पाएँ महोत्तरीको औरही गाउँपालिका, सिरहा जिल्लाको लहानस्थित बलान नदी, धनुषा जिल्लाको जनकपुर, भक्तपुर जिल्लाको जडीबुटी लागायतको स्थानमा फालिएका नवजात शिशुको अवस्था नराम्रो र आमा बुवा बिहिन हुन्थेन होला । हुन त त्यसरी फालिएका नवजात शिशुहरुमा बढी छोरी बच्चा रहेको बिभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयको भनाई छ । तर यो महोत्तरी, धनुषा ,सिरहाको घटना मात्रै नभएर यो तराई मधेश लागायत अन्य पहाडी जिल्लाहरुमा पनि नवजात छोरी जन्मिसके पछाडी पोखरीमा फ्यालदिने, बालुवा मुनि गाडिदिने, बेबारीसे छोडदिने लगायतका घटनाहरुको बिषयमा दिन प्रति दिन कुराहरु आइनै रहेको पाइन्छ ।
छोरी जन्मिसकेपछि फाल्ने घटनाहरु त आइनै रहेको छ तर अर्को तितो सत्य यो पनि हो की छोरीलाई नजन्मिदैँ कोखमै हत्या पनि गरिन्छ । हाम्रो सामाजिक संरचना पितृसतात्मक भएको हुनाले छोरा पाउँने इच्छाका कारण ती निर्दोष छोरीहरुको कोखमै हत्या गरिन्छ जसलाई हामी भ्रुण हत्या पनि भन्ने गरेका छौँ ।
भ्रुण हत्याको संख्या
लिङ्ग पहिचान गरी गर्वपतन गर्नु असंवैधानिक भएपनि त्यसरी लिङ्ग पहिचान गरी गर्वपतन गराउने महिलाको सँख्या दिन दिनै बढ्दै गइरहेको महिला अधिकारकर्मी रिता साहले बताउनु भयो । अधिकारकर्मी साहले भन्नुभयो, अहिलेको समयमा खास गरी मधेशका जिल्लामा भ्रुण हत्या एकदमै बढेको छ । केही दिन अगाडी आएको यू एनको एक रिर्पोट अनुसार १२ वटा जिल्लामा छोरीको सँख्या घट्दै आएका छन् । जसमा अधिकाँशं जिल्ला मधेशका रहेका छन् ।
पछिल्लो समयमा छोटो परिवार सुखी परिवारको नारा दिएर छोराछोरी कम जन्माउने मान्यताले पनि भ्रुण हत्याको सँख्या बढेको पाइन्छ । उहाँले भन्नुभयो, संविधानले प्रजन्न सम्बन्धी दिएका केही अधिकारमा सुरक्षित गर्वपतनलाई मान्यता दिए पनि यसको सदुपयोग हुनुको साटो दुरुपयोग हुन पुगेको मलाई लाग्छ । आजकाल त पढेलेखेका र प्रविधिकको ज्ञाताहरु नै यस्ता काममा संलग्न हुने गरेको पाइएको छ ।
सबै कुरा थाहा नै हुन्छ । डाक्टरलाई अतिकति पैसा खुवायो सबै कुरा थाह हुन्छ । तराई मधेशका जिल्लाहरुमा रहेका अस्पताल तथा क्लिनिकहरु त मानौँ भ्रुण हत्याको व्यापार केन्द्र नै बनेका छन् । महिलालाई जबसम्म वंश र अंशको अधिकार प्राप्त हुदैँन तबसम्म यस्ता निर्मम भ्रुण हत्याका घटनामा कमी आउँदैनन्, उहाँले भन्नुभयो ।
भ्रुण हत्याको अवस्था
नेपाल, भारत, पाकिस्तान र बंगलादेश यी देशहरुमा भ्रुण हत्या बढी हुने गरेको तथ्यांक पाइन्छ र त्यसमा पनि भारतको बिहार उत्तर प्रदेश लगायत स्थानहरुमा लिङ्ग पहिचान गरी गर्भपतन गराउने सँख्या बढी नै छ । त्यसकारण भारतमा यस्तो अवस्था सृजना भएको छ कि आफ्नो राज्यमा छोरी नपाएपछि अर्को राज्यमा गएर पनि छोरालाई विहे गरेको पाइन्छ । अर्थात छोरीको सँख्याको कमी त्यहाँ पनि देखिएको छ । यहाँसम्म कि एकैजना छोरी मान्छेसँग दुई दुईजनाले विवाह गर्ने परम्परा पनि भारतको केही राज्यमा पाइन्छ । र त्यसको प्रभाव तराई मधेशका मात्रै न भनौँ अधिकाँश शहर बजारमा पनि परिरहेको छ । । अहिलेको अवस्थामा नेपाल सरकारले ल्याएको यस सम्बन्धीको कानूनको उपयोग भन्दा पनि दुरुपयोग भइरहेको छ ।
गलत मानसिकता
नेपाल अलि बढी नै मात्रामा लिङ्ग पहिचान गरी भ्रुणहत्या हुने गरेको पाइन्छ उहाँले भन्नुभयो । अचेल अहिले सबैले कम बच्चा होस् भनि चाहन्छन् । सबैको जीवन व्यस्त हुन्छ । बच्चा हुर्काउन, लालनपालन र खर्चको कारण कम बच्चा होस् भनि चाहेका हुन्छन् । उनीहरु सकेसम्म एउटा बच्चा पाउन चाहन्छन् र त्यसमा पनि छोरा नै होस् भन्ने चाहना धेरैको हुन्छ । यो मानसिकता अहिले धैरेमा हावी भएको छ । त्यसले गर्दा पढे लेखेका, प्रविधिकका जानकार व्यक्ति र पैसा भएको, पहुँच भएको व्यक्तिले लिङ्ग पहिचान गरी भ्रुण हत्यामा संलग्न हुने गरेको पाइन्छ ।
अनुपात घटेको
२०६८ सालको जनगणनाका अनुसार खास गरेर काठमाण्डौँ र मधेशका जिल्लाहरुमा छोरा छोरीको अनुपात भएको पाइन्छ । छोरा छोरीकोे अनुपात कम भएको मतलब छोरी न पाउनु होइन की छोरी पेट मै भ्रुण हत्या गर्ने, गर्भ मै तुहाउने र अर्को छोरी बच्चा पाएपछि फ्याल्ने गरेको पाइएको छ ।
तराई मधेशका उच्च जात र मध्यम जातीमा पनि छोराछोरीको अनुपात घटेको पाइन्छ । तराई मधेशका जिल्लाहरुमा उच्च जात जस्तै राजपुत, कायस्त, देव बा्रह्म्ण, तेली, सुरी, यादव लगायतका जातमा छोराको अनुपातमा छोरीको सँख्या कम रहेको छ । काठमाण्डौँमा पनि छोराभन्दा छोरीको सँख्या कम छ । छोराभन्दा छोरीको अनुपात घटेको भन्दा पनि छोरी जन्माउन न चाहने । त्यसैगरी, जनजातीमा भने छोरीको संख्या नै बढी भेटिन्छ । पहाडतिर पनि छोरीको सँख्या बढी छन् ।
२०६८ सालको जनगणनामा पनि यो देशको कुल जनसख्याको ५१ प्रतिशत महिलाको जनसँख्या रहेको छ । मधेशी समुदायमा हेर्नुभयो भने महिलाको जनसँख्या कम छ । तुलनात्मक रुपमा मुस्लिम र दलितमा छोरीको सँख्या बढी नै हुन्छन् । किनभने उनीहरुमा जनचेतनाको कमी हुन्छ र बिहे छिटै हुन्छ, छिटै बच्चा जन्माउँछन् । परीवार नियोजनको बारेमा पनि त्यति जानकारी हुदैँन ।
छोरा छोरीलाई हेर्ने दृष्टिीकोण
लिङ्गग पहिचान गरी गर्भपतन गराउनलाई कम्तीमा पनि १० हजार जति रुपियाँ खर्च हुने गरेको छ । त्यसैले यसलाई यो भन्न सकिदैँन की गरीबीको कारणले यसको सँख्या बढ्दो छ । अर्को कुरा यो जनचेतनाको कमीले पनि होइन । हाम्रो समाजमा रहेको लैङ्गीक विभेदका कारण भ्रुण हत्या दिन प्रतिदिन बढदै गइरहेको हो । जबसम्म हाम्रो समाजको सोचमा परिवर्तन आउँदैन । जबसम्म हामीले छोरा र छोरी एउटै हो भन्ने कुरालाई स्वीकार गदैँनौँ तबसम्म यसमा कमी आउदैनन् ।
छोरीलाई किन मारिन्छ ?
तराई मधेशमा रहेका सामाजिक कुरीतीका कारणले गर्दा पनि मानिसहरु छोरी जन्माउन चाहदैनन् । दाइजो प्रथाका कारण छोरी जन्माउनबाट डराउँछन् । जति छोरी जन्मियो त्यति खर्च बढ्छ भन्ने सोचका कारण पनि समाजमा कतिपयले छोरीलाई यो धर्तीमा आउन दिन मान्दैन । समाजमा देखिएको दाइँजोको भयावह रुपका कारणले पनि कतिपय छोरीहरुले धर्तीमा पाइला टेक्न पाउँदैनन् ।
छोरीलाई पढाउनुपर्ने त्यसबाहेक पनि विहे गरेर अर्काको घरमा पठाउनु पर्दा लाखौं रुपियाँ खर्च गरेर पठाउनु पर्ने । त्याये डरले छोरीलाई भ्रुणमै हत्या गर्छ । अर्को कुरा छोराभन्दा छोरीमा प्रतिष्ठाको विषय जोडिएको हुन्छ । घरको समाजको इज्जत प्रतिष्ठा छोरीसँग नै जोडिएको हुन्छ । कुनै घरमा यदि एकजना छोरी छन् भने पुरै घर भइभित हुन्छन् । छोरी कलेज पढ्न गएका छन् अथवा बाहिर निस्केका छन् भने उसका आमा बुवामा एक प्रकारका भय हुन्छन् कि छोरीलाई केही भइ नजाओस् ।
तर त्यही छोरा हुन्छन्, छोरासँग त्यति मतलब हुँदैन । जहाँ गएपनि हुने, जुनबेला आएपनि हुने जस्तो गरेपनि हुने अर्थात छोरी भन्दा छोरालाई बढी फ्रिडम हुन्छ ।
त्यो कारणले पनि सकभर छोरी नहोस् भनि चाहना धेरैको पनि हुन्छ । अर्को कुरा हाम्रो समाज धर्मकर्ममा धेरै विश्वास गर्ने समाज हो । दानपुण्य, पाप कर्ममा निकै विश्वास गर्ने समाज हो । मृत्युपछि छोराले नै दागवत्ती दिनुपर्ने समाज हाम्रो रहेको छ । छोराले दागबत्ती दियो भने स्वर्गमा बास हुन्छ भने मान्यता बोकेको हाम्रो समाज हो । त्यस कारणले पनि हाम्रो समाजमा छोरीलाई स्वीकार गरिदैन ।
राज्यपक्षबाट यसको अनुगमन
यदि राज्यले चाह्यो भने जे कुरा पनि रोकिन सक्छ । राज्यले बनाएको कानुन, नीति, विधि विधान कतिको लागु भइरहेको छ । त्यसको अनुगमन गरि कडाईका साथ लागु गर्यो भने समस्या समाधान हुन्छ । यहाँ कानुनको अभाव छैन । त्यसको कार्यान्वयनको अभाव छ । भएका कानुनलाई ठिकसँग कार्यान्वयन गर्यो भने यस्तो समस्या आउँदैन । नजन्मदै छोरी मारिदैन । भ्रुण हत्या गैर कानुनी हो भन्छन् तर सरकारले सुरक्षित गर्भपतनको व्यवस्था गरेको हुन्छ ।
तीन चार तहमा यसका लागि काम गर्नुपर्छ । अवैधानिक रुपमा कहाँ कहाँ गर्भपतन भइरहेको छन् । त्यस्ता किल्निक, अस्पतालको अनुगमन गरी त्रुटी भेटिएका तत्कालै कारवाही गर्नुपर्छ । । छोरा छोरीको बीचमा हुने विभेदलाई कानुन बनाएर नै अन्त्य गर्नुपर्छ । त्यो अनुसारको नीतिहरु ल्याउनुपर्छ । छोरीका लागि बिशेष कानुनको व्यवस्था हुनुपर्ने, दाइजो उन्मुलन गर्न कडा कानुन ल्याउनुपर्ने, लिङ्गग पहिचान गरी हुने गरेको भ्रुण हत्यालाई हत्या जस्तै मान्यता दिइ काडा कारवाही गर्नुपर्छ ।

No comments: