» » अन्ततः विनोद सिंह राजपा नेपालका महासचिव

काठमाडौ साउन १३ गते । मधेशी निजामति कर्मचारी मंचको संस्थापक अध्यक्ष विनोद सिंह राष्ट्रिय जनता पार्टी नेपालमा महासचिवका लागि मनोनित हुनुभएको छ ।

उहाँलाई राजपा नेपालका संयोजक महन्थ ठाकुराले मनोनित गर्नुभएको छ । मनोनित गर्ने निर्णय साउन ७ गते भएपनि आज पत्र बुझाएको छ ।

प्रतिनिधिसभामा चुनाव लड्ने भनि जागिरबाट राजिनामा दिनुभएका विनोद सिंह राजपा नेपालमा समानुपातिक उम्मेदवार हुनुभएको थियो तर पार्टीले उहाँलाई बनाएन ।

उहाँलाई समानुपातिक सदस्य नबनाएपछि त्यसको आक्रोशमा मंचका कार्यकर्ताहरुले पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।

राजपा नेपालको पार्टी कार्यालय बबरमहलस्थित मञ्चको भवनमा रहेको छ । विनोद सिंहलाई समानुपातिकमा नदिएपछि राजपालाई कार्यालय सार्न पनि दवाव परेको थियो ।

विनोद सिंहलाई राष्ट्यि सभाको सदस्य दिने पनि चर्चा चलेको थियो तर उहाँले त्यो पनि पाउनु भएन ।

अन्ततः अहिले आएर पार्टीको महासचिवमा मनोनित हुनुभएको छ । उहाँलाई जंगिलाल राय यादवको ठाउँमा राखिएको बताइएको छ । जंगिलाल राय यादव यसअघि नै पार्टी छाडेर हिडिसक्नु भएको छ । उहाँ अहिले काँग्रेसमा हुनुहुन्छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..