» » डोमको घरमा लगाए मुख्यमन्त्री राउतले झाडु

जनकपुर साउन १३ गते  । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको लक्ष्मिनियाँ गाँउपालिका वडा नं. ३ बनिगामामा स्थित दलितबस्तीमा हिजो झाडू लगाउनु भएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री राउतले कुसे मरिकको घरमा झाडू लगाउदै स्थानीयवासीहरुलाई स्वच्छता अभियानमा जुटन आग्रह गर्नु भएको हो ।

परड्याप्स संस्थाको तत्वाधानमा संचालित खानेपानी योजनाको शिलान्यास गर्न पुग्नु भएका मुख्यमन्त्री राउतले मरिककै घरमा चापाकलको शिलान्यास समेत गर्नु भयो ।

अविरल वर्षाका विच आयोजना गरिएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार विकासका साथ साथै समाजिक रुपान्तरणलाई मुख्य आधार बनाएर अगाडी बढि रहेको बताउनु भयो ।

दलित बस्तीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले स्वच्छता र शिक्षा विकासको मुल आधार रहेको बताउनु हुँदै यसमा लाग्न सर्वसाधारण आग्रह समेत गर्नु भयो ।

यस खानेपानी आयोजना अन्तर्गत १४२ वटा चापाकलका साथै स्वच्छतासँग सम्बन्धित विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।

कार्यक्रममा मुख्यमन्यायधिवक्ता दिपेन्द्र झा, शेषनारायण यादव, लक्ष्मिनियाँ गाँउपालिको अध्यक्ष विन्देश्वर यादव सहितको उपस्थिति थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..