» » के गर्दैछन् चिनियाँ नेता वाङ या चिङ नेपालमा ?

काठमाडौं साउन १४ गते । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङ केही दिनदेखि नेपालको भ्रमण गरिरहनु भएको छ ।


उहाँले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीदेखि विभिन्न मन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटिसक्नु भएको छ । सोमबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।


भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउनुहुँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।


अध्यक्षले उपमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।


अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ ।’


सो अवसरमा उपमन्त्री चिङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाउनु भएको थियो ।

उहाँले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायीत्व कायम भएकोमा बधाई दिनुभयो । उपमन्त्री चिङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताउनुभयो । बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको उहाँको भनाई थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..