» » फोनिजले घोषणा गर्यो पुरस्कृत हुने पत्रकारको नाम

 काठमाडौ साउन १५ गते । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ छनौट समितिले पुरकारलाई छनौट भएका पत्रकाको नाम सार्वजनिक गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुनुहुने भएको छ ।

 पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको फोनिका महासचिव मनोज मगरले जानकारी दिनुभएको छ ।

पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान गरिनेछ ।
पुरस्कारको राशी जनही ४०,००० रुपैयाँ रहेको छ । स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम साउन २७ गते अपरान्ह १ बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिनेछ ।



फोनिजका पूर्व अध्यक्ष खिम घले संयोजक रहनुभएको छनौट समितिमा परिष्ठ पत्रकार टिकाराम राई र अनिता गुरुङ सदस्य हुनुहुन्थ्यो ।


को हुनुहुन्छ पुरस्कार प्राप्त गर्ने पत्रकारहरु ?

उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गर्नु भएका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसक्नु भएको छ । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुनुहुन्छ ।

भैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गर्नु भएका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसक्नु भएको छ । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहनु भएका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उहाँले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उहाँको योगदान पु¥याउनु भएको छ ।

छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गर्नु भएका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसक्नु भएको छ । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

विमला चौधरी
२०६२ सालदेखि पत्रकारीता सुरु गर्नु भएका विमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसक्नु भएको छ । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आउनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..