» » सर्पको टोकाईबाट आठ वर्षीया बालकको मृत्यु

महोत्तरी साउन १५ गते । महोत्तरी जिल्लाको बर्दिवासमा फेरि एउटा बालकको सर्पको डसाइबाट मृत्यु भएको छ ।

पश्चिम नेपालको कैलाली जिल्लाको अत्तरिया घर भई आफन्तको आश्रयमा बर्दिवास–१४ स्थित सिद्धार्थ आवासीय विद्यालयमा युकेजीमा अध्ययनरत आठ वर्षीय बालक दशरथ ऐरको आज सर्पको डसाइबाट ज्यान गएको हो ।

विद्यालयको छात्रावासमा सुतेकै बेला सर्पले डसेको ऐरलाई आज बिहान मात्र सर्पदंश उपचार केन्द्र बर्दिवास पु¥याइएको थियो ।

केन्द्रमा पु¥याइँदा नै प्राविधिकले बालक जीवित नरहेको बताएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत अर्का १३ वर्षीय आशीष ढकाललाई पनि सर्पले डसेको थियो । आशीष भने सघन उपचारले ठीक भएका छन् । उनलाई भेण्टि

लेटरसहितको सुविधा भएको ठाउँमा थप उपचारका लागि अभिभावकले जनकपुर अस्पताल पु¥याएका इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

करीब तीन साताअघि बर्दिवासमा एकै दिन सर्पको डसाइबाट चार जनाको मृत्यु भएको छ । वर्षाकाल शुरु भएसँगै बर्दिवास क्षेत्रमा विषालु सर्पको बिगबिगी बढेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..