काठमाडौं साउन १४ गते । सत्तारुढ भारतीय जनता पार्टीका महासचिव डाक्टर अनिल कुमार जैन र राममाधव काठमाडौं आउनु भएको छ ।
राज्यसभा सदस्यसमेत रहनु भएको जैन तीन सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै सोमबार बिहान काठमाडौं अवतरण गर्नुभएको हो ।
भाजपा अध्यक्ष अमित शाहसँग जैनको राम्रो सम्बन्ध रहेको बताइन्छ ।
उहाँहरु नेपाल भारत थिंक ट्याक समिटमा भाग लिन काठमाडौं आउनु भएको हो ।
महासचिव माधवलाई विजेपीले विदेश मामिला हेर्ने जिम्मेवारी समेत दिएको छ ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी ओलीसहितका उच्च नेतासँग भेट गर्नुहुनेछ ।
समिटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी हुनुहुनेछ ।
नेताहरु सुरेन्द्र पाण्डे, गगन थापा पनि सहभागी हुने बताइएको छ ।

No comments: