» » महन्थ ठाकुर किन जानु भयो दिल्ली


काठमाडौ साउन १३–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक महन्थ ठाकुर आज भारतको राजधानी दिल्ली जानु भएको छ ।

स्वास्थ्यको फ्लोअपका लागि उहाँ दिल्ली जानु भएको पार्टीले जनाएको छ । चैतको अन्तिम साता त्यहाँको मेदान्त अस्पतालमा भर्ना भइ उपचार गराएर वैशाखको पहिलो हप्ता नेपाल फर्किनु भएको उहाँ डाक्टरको सुझाव अनुसार फ्लोअपका लागि आज साँझ इण्डियर एयरलाइन्सबाट दिल्ली जानु भएको हो ।

उहाँको साथमा उहाँका ज्वाई र छोरी पनि जानु भएको स्रोतले जनाएको छ ।

बैशाखमा उपचार गराउँदा उहाँको एन्जियोग्राफी गरी छातीमा तीनवटा स्टेन राखेको थियो ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहका अनुसार नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुग्नु भएका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उहाँलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको थियो ।

रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको थियो । एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको थियो ।

केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उहाँले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उहाँले दुई वर्षदेखि नियमित जाँच गराउनु भएको थिएन ।

पछि जाँदा त्यस्तो समस्या देखिएको थियो । बैशाख पनि जाँच गराएर फर्केका ठाकुरलाई एक महिना पछि फ्लोअपमा आउन भनेको थियो । तर, दुई महिना ढिलो जानु भयो । 

दिल्लीमा रहेको बेला त्यहाँका उच्च तहका नेतालाई भेट्ने कार्यक्रम पनि रहेको पार्टी स्रोतले जनाएको छ । तर को कोसँग भेटनु हुन्छ तय भएको छैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..