» » मोदीको भ्रमणपछि साइड इफेक्ट

-सन्तोष मेहता
विश्वमै लोकप्रिय चमत्कारिक नेता भारतीय प्रधानमन्त्री नरेन्द्रभाइ दामोदरदास मोदीको दुई दिवसीय (२८, २९ बैशाख) भ्रमण सफलतासाथ सम्पन्न भएको छ । दुबै देशका सरकारले पनि यो भ्रमणलाई उपलब्धिमुलक, ऐतिहासिक र सफल भनेका छन्।

भ्रमण सकिए पनि आलोचक र समर्थकहरु बीच कोहि नाकाबन्दी माफी नमागेको शिर्षकमा त कोहि २ न प्रदेशका मुख्यमन्त्रीले दिनुभएको मन्तव्यलाई लिएर त कोहि झन्डाको मुद्दा उठाएर त कोहि भ्रमणको शुरुवात जनकपुर बाट नै  किन जस्ता बिषय उपर आरोप प्रत्यारोपको जुहारी चलिरहेछ, कारण जे सुकै होस्, अझ केही दिन मोदीको भ्रमणको तरंग मुलुकको आन्तरिक राजनीतिमा चलिरहने संभावना छ।

 मोदी पहिलोपटक नेपाल आउदा देखि नै जनकपुर जान खोजि रहेका थिए, जनकपुर निकै उत्साहित थियो, जनकपुरले सारा तयारी गरिसकेको थियो  तर तत्कालिन सरकार सुरक्षा लगायत बिभिन्न बहानामा त्यसपटकको भ्रमण तुहाई दिएका थिए, केन्द्रप्रति जनकपुर आक्रोसित भयो  ितर यसपटक स्वम मोदीको जनकपुर आउने उतकण्ठ चाहना तथा जनकपुरधामको सरकार र  प्रदेश(२ को सरकारले जसरी पनि मोदीको जनकपुर भ्रमण होस् भन्ने चाहनाले जनकपुर भ्रमण सफल भएको हो ।


केन्द्र ९संघीय० सरकार र कठमाण्डौको मोदीको जनकपुर भ्रमणप्रति खासै उत्साह देखिएन बरु काठमाण्डौका केहि टपरटुइया बुधिजिविले मधेशले गरेको नाका केन्द्रित आन्दोलन लगायतका आन्दोलनलाई भारत र मोदी संग जोडेर मोदीले माफी माग्नुपर्ने लगायतका बकुम्फुसे अभियान चलाइरहेका थिए ।

 आम मधेसीजनमा भने यो भ्रमणप्रति निकै उत्साह देखिएको थियो। मधेशमा मोदी भ्रमणको विषयमा अत्यधिक उत्साह हुनु पछाडि खास कारण छन्। नेपाल र भारत बीच भनिएको रोटि बेटी संस्कृतिक बिशेस सम्बन्धको आधार पनि दुवै देशको सिमाबर्ती समाज नै हो यसै कारण मधेसी समाजको भारतीय समाजसँग विशेष लगाब र जुनसुकै भारत सरकारप्रति विशेष अपेक्षा रहँदै आएको छ ।

झन् यसपालीको त भारतीय नेतृत्व महामहिम  मोदीको चमत्कारिक व्यक्तित्व र नेतृत्व संगै नेपालको पछिल्लो संविधान बन्दै गर्दा र त्यसको बिरोधमा मधेसी समाजले लामो समयसम्म आन्दोलन गरिरहँदा मोदी सरकारबाट निकै राम्रो सहानुभुति प्राप्त हुनु कारण पनि यो भ्रमण मधेसी समाजका लागि उत्साहको विषय बनेको हो। यसै कारण तमाम चेकजाचको बाबजुद बिहानै १२ बिघामा लाखौ को भिड पुगिसकेको थियो  िबास्तवमा जनकपुरमा मोदीलाई स्वागत गर्न आएको जनसागर स्वस्फुर्त र अदभुत थियो।
 सम्पूर्ण मधेश खासगरी २ न प्रदेशको नागरिकको तर्फबाट जनकपुरधाम उप महानगरपालिकाले अभुतपुर्व नागरिक अभिनन्दन गरेको थियो  िअभिनन्दनको  क्रममा संघिय सरकारका रक्षा मंत्री इश्वर पोखरेल, २ न प्रदेशका मुख्यमन्त्री मो लालबाबु राउत र जनकपुरधामका मेयर लालकिशोर साहले स्वागत तथा अभिनन्दन स्वरुप मन्चमा आफ्ना मन्तब्य राखेका थिए  िहाल आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा प्रदेश नं। २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले दिएको अभिव्यक्तिलाई लिएर सुनियोजित रुपमा चारैतिरबाट टिका–टिप्पणी भइरहेको छ ।

राज्यसत्ताको भाषा बोल्ने केही सञ्चारजगत त्यही कुरालाई उचालेर मुख्यमन्त्रीलाइ रास्ट्रद्रोहीरअपरिपक्ब देखाउन उद्धत देखिएका छन्  ।

२८ गते शुक्रबार मोदीका लागि जनकपुरको रंगभूमि मैदान बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधान र सरकारको विरोध गरेका थिए। राउतले सम्बोधनको क्रममा बिबादित भएको भनिएको मन्तव्यको अन्स यस्तो थियो  – ‘यो प्रदेश आर्थिक रूपमा अत्यन्त पिछडिएको हो । राज्यद्वारा मधेसीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेसका जनता तुलनात्मक रूपले अत्याधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शाषित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेस विकासको मामलामा निकै पछाडी परेको हो ।

 हाम्रो सङ्घर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ, तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् ।


जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ ।’

कार्यक्रम भए यता नेपालका रास्ट्रीय मिडिया भनिएकाहरु, प्रतिपक्ष दलका नेता संसद, सत्तारुढ दलका संसद यहासम्म कि प्रधानमन्त्री केपी ओली स्वमले संसदमै, प्रदेश २ का मुख्यमन्त्रीले गरेको राजनीतिक टिप्पणीप्रति लक्षित गर्दै त्यो राष्ट्रिय तथा कूटनीतिक मान्यताविपरीत रहेको भनाइ राखे।
 त्यसको प्रतिवाद गर्दै मुख्यमन्त्री लालबाबु राउतले आफूले पहिलेदेखि उठ्दै आएको राजनीतिक विषयको चर्चामात्रै गरेको भन्दै त्यसो गर्नु सही कदम भएको टिप्पणी गरेका छन्। त्यसयता मुख्यमन्त्रीको भनाइ जायज वा नाजायज भनेर  पक्ष  बिपक्षमा बहश जारि छ  िवहाको बक्तब्यलाइ लिएर लगाइएका बिभिन्न आरोपहरुबाट सिर्जित भ्रमको निवारणको प्रयाश गरेको छु  ि

१। घरेलु समस्या बहिरका सामु राख्नुहुन्न भन्नेहरुका निम्ति जवाफ( ‘मधेस र देशको समस्याबारे भारत अनविज्ञ छ र रु, ‘संविधान निर्माणको बेला सबैलाई समेट्न र जारी भइसकेपछि कमजोरी सच्याएर सर्वस्वीकार्य बनाउन भारतले नेपाल सरकारलाई आग्रह गरेकै हो।

भारत मात्र कहा हो र अमेरिका, बेलायत, सयुक्त रास्ट्र संघ लगायत नेपालसंग सरोकार राख्ने विश्वका को चाही मधेश आन्दोलन र संबिधान निर्माण प्रक्रियासंग अनभिज्ञ छ रु संबिधान निर्माण ताका भएको एतिहासिक भिसण आन्दोलन र राज्यले गरेको नश्लीय नर संहारबाट को चाही अनभिज्ञ छ र रु आजसम्म गुपचुप रहेको देशको इज्जत मुख्यमन्त्रीले उदांगो गरिदिएको भए बहस आवश्यक थियो।

तर, यहाँ त्यस्तो ठूलो कुनै मुद्दा नै छैन।’ परिवारका अभिभावकसँग बारम्बार गुनासो गरे पनि नसुनेको जस्तो गरिरहे पनि बच्चाले काकालाई आफ्नो घरको समस्या सुनाउने परम्परा नेपाली समाजको रहेकै छ  िमुख्यमन्त्रीले पनि त्यही त गरेको हो।


२। निर्वाचनमा गइ सके पछि सबै मिलिसक्यो नि ठान्नेहरुका निम्ति ( रास्ट्रीय जनता पार्टी नेपाल र संघिय समाजवादी फोरम निर्वाचनमा सहभागी भएपछी सम्पूर्ण समस्या हल भो ठान्नेहरु ठुलो भ्रममा रहेका छन्  िबास्तवमा यी पार्टीहरु संबिधान संशोधन लगायतका मुद्दाहरु लिएरै निर्वाचनमा सहभागी भएका हुन्  िसयौ मधेशी नागरिकको बलिदानीको जगमा उभिएर चुनावबाट विजयी भई आज मुख्यमन्त्री स्थानमा बसेको व्यक्तिले यी मुद्दाहरुलाई भुल्ने कुरै भएन । जनताले यी मुद्दाहरुलाई भुल्नका लागि विजयी गराएर पठाएका हुदै होइनन् । यो मुद्दालाई स्थापित गर्नका लागि पठाएका हुन् ।

 केही बुद्धिजीवी र केही सञ्चारकर्मीहरु मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतले उठाएको संविधान संशोधनको मुद्दा बेमौसमी हो भन्छन् । अचम्म लाग्दो कुरो के हो भने यही मुद्दाको आधारमा नै राजपा नेपाल र ससफोका प्रतिनिधिहरुले चुनाव जितेका हुन् ।

अनि जुन मुद्दा उठाएर जनताले अत्याधिक बहुमत दिएर विजय गराएपछि यो मुद्दा अब जसरी पनि पूरा गर्नुपर्ने होइन र रु निर्वाचन पश्चात पनि प्रदेश सभाको  पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीको तर्फबाट जितेन्द्र सोनल र सङ्घीय समाजवादी फोरमका तर्फबाट लालबाबु राउतले सम्बोधन गर्दा स्पष्ट र कडा शव्दमा संविधानमा व्यापक संशोधन हुनुपर्ने सन्देश दिएकै थिए । मन्त्रिपरिषदको सपथ ग्रहण पश्चात पनि दुवै दलका मन्त्रीहरुले समेत प्राय जसो सभाहरुमा संबैधानिक संघर्षको बारेमा बोलेकै छन् । ओली सरकारलाई समर्थन दिदाको शर्त पनि संबिधान शंसोधनको मुद्दा नै हो ।

यो कुनै नौलो र आश्चर्यको विषय होइन ।  मुख्यमन्त्री राउत जी ले राजपा र फोरमको चुनाबी घोषणा पत्र बमोजिम नै मन्तब्य दिने कार्य गरेका छन्  ियो उनको धर्म पनि हो  ि

३ कुटनैतिक मर्यादा बिपरित भयो भन्नेहरुका निम्ति( संबिधान संशोधनको निम्ति प्रधानमन्त्री केपी ओलीको पछिल्लो कार्यकालमा परराष्ट्र मन्त्री कमल थापाले दिल्ली र कठमनडौ  बीच आदान–प्रदान गरेका चारबुँदे ‘नन–पेपर’ र विशेषदूतका रूपमा प्रदीप ज्ञवालीले गर्नुभएका प्रयासलाई कुटनैतिक मर्यादाको उलंघन भएको रुपमा नहेर्ने  तर आफ्नै देशका संघिय९केन्द्रिय ० सरकारका प्रतिनिधिहरुको सामुन्ने, तिनै छिमेकि राष्ट्रका प्रमुखको उपस्थितिमा, आफ्ना नागरिकको बिचमा नागरिकहरुकै तर्फबाट नागरिकहरुकै अवाज आफनै भूमिमा राखीदा कसरि कुटनैतिक मर्यादाको उलंघन हुन्छ रु महामहिम मोदी ज्युलाई बिदेशी रास्ट्रका प्रमुख मात्रै ठानिनु हुन्न, वहा हाम्रा छिमेकि देश भारतका प्रमुख हुनुहुन्छ, नेपाल र भारतको बिचको सम्बन्ध कुटनैतिक मात्र होइन अपितु राजनैतिक र परिवारिक पनि हो ।

स्वम मोदीले पनि सम्बन्धको नया आयाम सबै नीति भन्दा फरक नीति देबनितीको  कुरा गर्नु भएको थियो, यस्तो सम्बन्ध रहेको मुलुकसंग केवल कुटनैतिक सम्बन्ध मात्रै रहन सक्तैन । 

त्यसैले मुख्यमन्त्री राउत जी ले उपयुक्त जायज कार्य गर्नुभएको छ
ि४। संबैधानिक पदमा बसेर त्यहि संविधानको बिरोध गर्नु हुन्न भन्नेहरुका निम्ति (  हामी सबैलाई ज्ञात हुनुपर्ने हो कि करिब ९ महिना पहिले नै अहिलेको  मौजुदा संबिधान बहुमतले अस्वीकृत गरिसकेको छ, अर्थात् संबिधान संसोधन गर्ने पक्छमा संबिधान बनाउनेहरु मध्ये बाट नै ६३ ५ सभासद थिए  िकूल ५५३ मत खसेको मत मध्ये संबिधान संशोधनको उक्त प्रस्तावको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो। तर पक्षमा परेको मत संसदमा तत्काल कायम सभासद सदस्य संख्याको दुई तिहाई नपुगेकाले सो विधेयक अस्वीकृत भएको थियो ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र तथा मधेश केन्द्रीत दलहरुले उक्त विधेयकको पक्षमा मत दिएका थिए। तर प्रमुख प्रतिपक्षी नेकपा एमाले, तथा केही साना दलले उक्त विधेयकको विपक्षमा भोट दिए। संबिधान संशोधन बिधेयक निर्णयार्थ संसदमा पेश भएपछी मात्र तिनै तहको चुनाव सम्भव भएको हो जुन राजपा नेपालको चुनावमा सहभागी हुने पुर्वशर्त थियो ।

अर्थात् बैधानिक रुपमै बहुमत संसदले संबिधान संशोधन आवस्यक रहेको स्वीकार गरिसकेपछि मुख्यमन्त्री राउतले विभेदकारी संबिधान बिरुद्धको संघर्ष जारि रहेको भन्नु स्वाभाविक थियो । बास्तवमा मुख्यमन्त्री ज्युले त्यसो नगरेको भए यो मुद्दा झन् भयाभह भइ अर्कै तिर मोडिने थियो । राजपा फोरमले मधेश मुद्दा छाडेको संदेश जान्थियो, मुद्दा अर्कै तिर कन्भर्ट हुन्थियो, जुन सार्वभौम देशको हितमा हुने थिएन ।


५। कुरा सहि भए पनि ठाउँ गलत भएको ठान्नेहरुको निम्ति (   जनकपुरधाममा भएको महामहिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेपाल सरकारका तर्फबाट मा। रक्षा  मंत्री इश्वर पोख्रेल ज्युले पनि स्वागत मन्तब्य राख्नु भएको थियो ।

वहाले राख्नु भएको मन्तब्यमा  ू ( हालै सम्मपन्न निर्वाचन पछि नेपाल पनि शान्ति, स्थाइत्व र समृद्धिको मार्गमा अघि बढ्दै संबिधानको प्रभावकारी कार्यनब्यानको मार्गमा अग्रसर भएको बिषय प्रस्तुत गर्न पाउदा हामीलाई खुशी लागेको छ । 

राजनैतिक मुद्दाहरुको समाधान संगै मुलुकको बिकाश र जनताको समृद्दिको काममा हामि पुर्णत कार्यरत छौ ।(ू भनिएको थियो । यहानिर प्रश्न उठदछ कि के साच्चै नेपालमा राजनैतिक मुद्दाको समाधान भएको हो रु तिनै तहको निर्वाचन पश्चात मधेश लगायत उत्पीडित छेत्रले उठाउदै आएको मुद्दा बिसर्जन भइ मुलुक समृद्दिको मार्ग र संबिधान कार्यान्ब्यानको मार्गमा अघि बढेको हो रु अवस्य पनि यो सत्य होइन ।

 माननीय इश्वर पोख्रेलले राख्नु भएको फतुर कुरा पश्चात माननीय मुख्यमन्त्रीले सत्य कुरा त्यस फोरममा नराखेको भए अनर्थ हुन्थियो तसर्थ वहाले राख्नु भएको कुरा र ठाउँ दुवै जायज मात्र होइन अपितु आवश्यक पनि थियो ।
अतस् मुख्यमन्त्रीको वक्तव्यलाई लिएर अहिले अनावश्यक वाहियात बहस चलाइएको छ ।

अन्त्यमा महामहिम भारतीय प्रधानमन्त्री ज्युको नेपाल भ्रमण पूर्णरुपमा सफल भएको छ ।  जनकपुर आउने उहाको पुरानै आकन्क्षा त थियो नै तर भारतबाट सिधै जनकपुर आएर दिन खोज्नु भएको संदेश मधेस र देशले बुझेको हुनुपर्छ र मधेशले पनि वहालाई दिएको अपार माया स्नेह र सम्मानको अर्थ एवं जनकपुरले दिन खोजेको संदेश पनि वहाले बुझ्नु भएकैले नै सायद ध्यान अन्यत्र मोडनको निम्ति राज्यद्वारा प्रायोजित रुपमा अनावश्यक धुन्दता र भ्रम  सिर्जना गर्न खोजिएको हो ।

 यो सफलताको श्रेय एव धन्यवाद जनकपुरधामका प्रमुख लालकिशोर साह र २ न प्रदेश प्रमुख मो लालबाबु राउत गद्दी ९जो मुस्लिम भएर पनि बहुसंख्यक हिन्दुहरुको आस्थाको सम्मान गरेका छन् ० लाइ दिनुको साटो उल्टै अनावश्यक विवाद सिर्जना गर्न खोजिदै छ जुन निन्दा योग्य छ ।  वाहियात रड्डाको मच्चाउन खोजिएको हो । जुन भार्त्सना योग्य छ ।
ड्ड लेखक राजपा नेपालका प्रवक्ता हुन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..