» » दलित र मुस्लिम अगुवासँग छलफल

जनकपुर साउन १३ गते । प्रदेश सरकारले ल्याउन लागेको दलित सशक्तिकरण तथा मदरसा शिक्षाबोर्ड सम्बन्धि विधेयकमा सरोकारबलासँग आज छलफल गरेको छ ।

प्रदेश २ का समाजिक विकास मन्त्रालयको आयोजनामा भएको सो छलफल कार्यक्रममा दलित र मुस्लिम अगुवाहरुले सम्बन्धित विधेयकमा आ–आफनो सुझाव प्रस्तुत गर्नुभएको थियो ।

केही दिन अघि मात्र मन्त्रीपरिषदको बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको यी दुबै विधेयक माथि सरोकारबलाहरुले राखेको सुझावलाई समेटी विधेयक ल्याइने जनाइएको छ ।

छलफलमा मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, मन्त्रालयका सचिव लगायत दलित तथा मुस्लिम अगुवाहरुको व्यापक सहभागिता थियो ।

प्रदेश सरकारले दलितहरुको समग्र विकासको लागि दलित सशक्तिकरण ऐन र मुस्लिमहरुको मदरसा शिक्षालाई व्यवस्थित तथा आधुनिकीकरण गर्दै प्रदेशको शिक्षाको मुल प्रवाहमा ल्याउन मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक ल्याउन लागेको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..